Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – तीन दिने नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फर्किएका छन् । विदेशमन्त्री वाङ आज आइतबार अपरान्ह स्वदेश फर्किएका हुन् । वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका कर्मचारीले विदाई गरेका छन् । शुक्रबार काठमाडौं आएका वाङले शनिबार र आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा।नारायण खड्का, एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरुसँग शिष्टाचार भेटवार्ता गरेका थिए ।

Read More

दार्चुला – जिल्ला प्रशासन कार्यालय दार्चुलाले इजाजत लिई राखिएका हतियार बुझाउन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी दीर्घ राज उपाध्यायले इजाजत लिई राखिएका हतियार बुझाउन आग्रह गरेका हुन् । अगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर राख्दै इजाजत लिएका हतियार चैत मसान्तसम्म जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी चौकीमा बुझाउन आग्रह गरिएको उनले बताए । स्थानीय तहको निर्वाचनलाई भरपर्दो विश्वसनीय बनाउन इजाजत लिएर राखिएका हतियार बुझाउन आग्रह गरिएको उनले बताए । तोकिएको समयमा हतियार नबुझाएमा कानुन बमोजिम कारबार्हि भई जाने समेत उनले बताए ।

Read More

काठमाडौं – राष्ट्रिय वाणिज्य बैंकले राष्ट्रिय समाचार समिति (रासस) का कर्मचारीलाई सहुलियत कर्जा उपलब्ध गराउने भएको छ । रासस केन्द्रीय कार्यालय भद्रकाली प्लाजामा आइतबार आयोजित कार्यक्रममा सहुलियत कर्जा उपलब्ध गराउनेसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । ‘पेशाकर्मी सरल कर्जा’ नाम दिइएको सो कार्यक्रमले राससमा कार्यरत कर्मचारीलाई सहजरुपमा कर्जा लिन मार्ग प्रशस्त भएको छ । द्विपक्षीय सम्झौतामा राससकातर्फबाट महाप्रबन्धक सिद्धराज राई र वाणिज्य बैंक शाखा कार्यालय थापाथलीका तर्फबाट शाखा प्रबन्धक विक्रममान श्रेष्ठले हस्ताक्षर गरे । वाणिज्य बैंकले आधार दरमा थप चार प्रतिशत प्रिमियम थप गरी सहुलियत कर्जा उपलब्ध गराउनेछ । सरकारी स्वामित्वका संस्थान, समिति एवम् सङ्गठित संस्थामा कार्यरत कर्मचारीलाई सहजरुपमा कर्जा…

Read More

काठमाडौं – साताको पहिलो कारोबारको दिन (आइतबार) नेपाल स्टक एक्सेन्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसुचक ४१.४३ अंकले घटेर २५७२.२३ को बिन्दुुमा पुगेको छ । यस दिन सेन्सेटिभ परिसूचक ९.५५ अंकले घट्दै ४७९.३९ विन्दुमा झरेको छ । आइतवार कुल २ सय ३२ कम्पनीको ८९ लाख २३ हजार १४ कित्ता शेयर ४ अर्ब ९८ करोड ९५ लाख १४ हजार ४१५ रुपैयाँ बराबरमा किनबेच भएको छ । निर्जीवन बीमाबाहेकका सबै उपसमूह घटेका छन् । बैंकिङ २१, विकास बैंक १४५, फाइनान्स ६२, होटल तथा पर्यटन ६६, जलविद्युत ७६, उत्पादन १४५, लघुवित्त ३९, अन्य ९३ र व्यापार उपसमूह ५५…

Read More

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सशक्त रूपमा अगाडि बढिरहेको बताएका छन् । उनले स्थापनाकालमै आफ्नो पार्टी सुदूरपश्चिम, मधेस प्रदेश र कर्णाली प्रदेशमा एमालेभन्दा अगाडि रहेको बताए । उनले भने, ‘सुदूरपश्चिममा त हाम्रो पार्टी एक नम्बरमा छ । केपी ओलीको पार्टी भुईँमा पछारिएको छ । माओवादी २ नम्बर, काँग्रेस ३ नम्बर, केपी ओली बिचरा बेहाल !’ त्यसै गरी मधेस प्रदेशमा पनि नेकपा (एस) भन्दा एमाले धेरै पछाडि परेको उनले दाबी गरे । उनले भने, ‘दुई नम्बर प्रदेशमा हामी सशक्त भएर अगाडि छौँ । केपी ओलीको पार्टी त कहाँ हो कहाँ ।’ राष्ट्रियसभाको निर्वाचनमा एमालेलाई धूलिसाथ बनाएको…

Read More

काठमाडौं – प्रदेश नंं. १ मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेशसभाको चालू हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले आज राति १२ बजेबाट हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को बैठकका निर्णयबारे जानकारी दिनुहुँदै यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले प्रदेश सभाको चालू हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखको कार्यालयमा पत्र पठाउने निर्णय भएको जानकारी दिए। प्रदेश नं.१ मन्त्रिपरिषद्को सिफारिस बमोजिम प्रदेश प्रमुख परशुराम खापुङ्गले नेपालको संविधानको धारा १८३ को उपधारा–२ बमोजिम आज राति १२ बजेदेखि प्रदेश सभाको नवौं तथा चालू हिउँदे अधिवेशन अन्त्य गरेका हुन् ।

Read More

काठमाडौं – नेपाल राष्ट्र बैंकले २२ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । बैंकले चैत १५ गते २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिल जारी गर्ने भएको हो । ट्रेजरी बिलको बोलकबोल चैत १४ गते हुनेछ । राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ । यो ट्रेजरी बिल २०७९ वैशाख १३ गते परिपक्व हुनेछ ।यसैगरी ९१ दिनका लागि ९ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल केन्द्रीय बैंकले जारी गर्नेछ। यो ट्रेजरी बिल २०७९ असार १४ गते परिपक्व हुनेछ । त्यस्तै बैंकले १८२ दिनका लागि ३ अर्ब…

Read More

दार्चुला – दार्चुला सदरमुकाम खलंगा बजारको खानेपानी समस्या तत्काल समाधान गर्न अनेरास्ववियु दार्चुलाले माग गरेको छ । दार्चुलाका प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायलाई ज्ञापनपत्र बुझाएर नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु दार्चुलाले खानेपानी समस्या तत्काल समाधान गर्न अनुरोध गरेको हो । खानेपानी उपभोक्ता समिति, नगरपालिका, खानेपानी कार्यालय लगायत सरोकारवालाहरुले खानेपानी समस्या समाधान नगरे थप संघर्षका कार्यक्रम गर्ने अखिलले जनाएको छ । प्रजिअलाई बुझाइएको अनेरास्ववियु दार्चुलाका सचिव नरेन्द्रप्रसाद जोशीद्धारा हस्ताक्षरीत ज्ञापन पत्रमा भनिएको छ, सवैधानिक हक अधिकारलाई स्थानीय तह, सम्वन्धित निकाय र राज्यले समतामुलक रुपमा सम्वोधन गर्नु पर्दछ भन्ने कुरामा अनेरास्ववियु जिल्ला कमिटी दार्चुला प्रतिवद्ध छ । गाँस, बास, कपास, शिक्षा,…

Read More

काठमाडौं – लगानी बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघबीच लगानी सम्बन्धि विस्तृत सम्झौता पत्र (एमओयू)मा हस्ताक्षर भएको छ। आइतबार महासंघ र बोर्डबीच लगानी सम्बन्धि विस्तृत सम्झौता पत्रमा हस्ताक्षर भएको हो। उक्त सम्झौता पत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र उद्योग वाणिज्य महासंघ अध्यक्ष शेखर गोल्छाले हस्ताक्षर गरे। कार्यक्रममा लगानी बोर्डका सीइओ शुशील भट्टले महालेखा परीक्षकले लगानी प्रतिबद्धता अनुसार नआएको भन्दै बेरुजु लेख्न थालेकोमा दुःख लागेको बताए। उनले नेपालले गुणस्तरीय विदेशी लगानी खोजेको बताए। भट्टले अहिले विदेशी लगानी प्रतिवद्धता धेरै भए पनि लगानीमा परिणत नभएको विषयमा अनुसन्धानको विषय भएको बताए। त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अहिलेको…

Read More

सर्लाही – सर्लाहीको फुलजोर खोलाको पुलबाट यात्रुबस खसेको छ ।  वीरगंजबाट जनकपुरतर्फ जाँदै गरेको ना.४ ख ८५५५ नम्बरको यात्रुबस आइतबार बिहान पुलबाट तल खसेको हो । बस खस्दा चारजनाको मृत्यु भएको छ भने ३ दर्जन यात्रु घाइते भएका छन् । दुर्घटनामा परेर मृत्यु भएका चारजनाको शव पोष्टमार्टमका लागि मलंगवा पठाइएको र घाइतेहरूको लालबन्दी र रानीगंजस्थित स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बसको अगाडीको चक्का पड्किएर अनियन्त्रित भई पुलबाट खसेको प्रहरीको प्रहरीको आशंका छ । अहिले पनि घाइतेको उद्धार जारी रहेको र घटनाको थप विवरण बाँकी रहेको प्रहरीले जनाएको छ ।

Read More