Author: महेन्द्रनगर पोष्ट

काठमाडौं-धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ। शेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचक १४.६७ अङ्कले घटेर दुई हजार ६१६.५८ मा पुगेको हो।नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०का अनुसार आज बजार ०.५६ प्रतिशतले घटेको हो। यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.०१ अङ्कले ओरालो लागेर ४९४.३८ पुगेको छ। आजको बजारमा नेप्सेसँगै कारोबार रकमसमेत घटेको छ। कूल २२४ कम्पनीको ४२ लाख ८७ हजार ५६९ कित्ता शेयर रु दुई अर्ब २७ करोड ४६ लाख २६ हजार १९१ मूल्यमा खरिद बिक्री भए। नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये १२ वटा उपसमूहका शेयर मूल्य घटेका छन् भने…

Read More

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ४ हजार ६१ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिए। २ हजार ७९८ जनाको पिसिआर र १ हजार २६३ जनाको एन्टिजेन परीक्षण गरीएको हो । पछिल्लो २४ घण्टामा ३८२ संक्रमित निको समेत भएका छन्। पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ। देशभर ३ हजार २४१ जना सक्रिय संक्रमित छन्।

Read More

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट पार्टीकै नेताहरुले कम्युनिष्ट नेतृत्वको सरकार ढालेको भन्दै कटाक्ष गरेका छन् । आइतबार इलामको फिक्कलमा आयोजित जनसभालाई सम्बोधन गर्दै ओलीले ठूलो कम्युनिष्ट पार्टीलाई फुटाएर, चोइट्याएर नेपालमा कम्युनिष्टलाई थप कमजोर पारेको बताए । एमालेले गरेको कामको शक्ति देखेर आत्तिए । जनताको बीचबाट एमालेलाई सम्भव भएन । त्यसपछि पार्टी फुटाउने, चोइटाउने गरे । दुई तिहाइमा पुगेका कम्युनिष्टहरुलाई ढाल्नका लागि , कम्युनिष्ट पार्टीको खोल ओढेका अन्तरे जन्तरेहरु नै लागे’, ओलीले भने । उनले एमालेले देशको विकास गरेर भ्याइदिने भयो भनेर ती शक्तिहरूले एमालेलाई सरकारबाट हटाएको तर्क गरे । केही शक्तिहरू एमालेले लिएको वैचारिक र जबजको…

Read More

काठमाडाैं – पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध बिद्यार्थीहरुले नेपाल आयल निगमको केन्द्रीय कार्यालयमा घेराउ गरेका छन् । आइतबार विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले तत्काल पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिनुपर्ने माग राख्दै निगममा घेराउ गरेका हुन । उनीहरुले मूल्य वृद्धि खारेज गर, बढ्दो महङ्गी नियन्त्रण गर लगाएका नारा लगाएका छन् । त्यस्तै उनीहरुले पेट्रोलियम पदार्थ घटाएर बिद्युतीय सामाग्रीको प्रयोगमा प्रोत्साहन गर्नुपर्ने जनाएका छन् । पछिल्लो पटक वृद्धि भएको मूल्य अनुसार पेट्रोल प्रतिलिटर १५५ र डिजेल तथा मट्टिटेल प्रतिलिटर १३८ रुपैयाँ पुगेको छ । निगमले भने वृद्धि गर्दा पनि घाटा नै रहेको बताउदै आएको छ ।

Read More

काठमाडौं – काठमाडौंबाट अष्ट्रेलिया जान लागेकी एक युवती १९ हजार अष्ट्रेलियन डलरसहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेकी छन् । कतार एयरवेजको उडानमार्फत काठमाडौंबाट दोहा हुँदै अष्ट्रेलियाको सिड्नी जान लागेकी गोरखाको बोर्लाङ घर भई काठमाडौं बस्दै आएकी २३ वर्षीया रन्जिता श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको ह्यान्ड ब्यागेज चेकिङ एरियाको महिलातर्फको मेसिनमा जाँच गर्दा ब्यागभित्र रातो रङको पर्समा १९ हजार ६०० अष्ट्रेलियन डलर फेलापरेको जनाइएको छ । अवैध रूपमा लुकाएर बाहिरी मुलुकतर्फ लैजान लागेको अवस्थामा फेला पारिएपछि आवश्यक अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान विभाग पठाइएको विमानस्थल प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओलीलाई रुपान्तरण गर्न सकिन्छ कि भनेर एमालेसँग पार्टी एकता गरेपनि रुपान्तरण गर्न नसकिएको बताएका छन् । आइतबार पोखरामा प्रदेशस्तरीय प्रशिक्षण भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओलीलाई रुपान्तरण गर्न गरेको प्रयास सफल नभएको बताएका हुन् । ‘केपी ओलीलाई रुपान्तरण गर्न सकिएला कि भनेर हामीले पार्टी एकता गरेका होे’, प्रचण्डले भने, ‘तर त्यो सकिएन ।’ उनले जनताको बल र सहि विचारको आलोकमा माओवादी पार्टीमाथि जनताको विश्वास बढ्दै गएको पनि बताए । ‘जनताको बलमा, सहि विचारको आलोकमा हामी यहाँ आईपुग्यौं’, प्रचण्डले शान्ति प्रक्रियापछि कट्वालकाण्ड हुदै पार्टी विभाजनको श्रृखंला शुरु भएको बताए । ‘त्यसपछि पार्टी…

Read More

काठमाडौं – साताको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १४ दशमलव ६७ अंकले घटेर २ हजार ६ सय १६ अंकमा झरेको हो । क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ०१ अंकले घटेको छ । दिनभर भएका ३५ हजार २१२ कारोबारबाट २२४ कम्पनीका ४२ लाख ८७ हजार ५६९ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम २ अर्ब २७ करोड ४६ लाख २६ हजार १९१ रुपैयाँमा रोकिएको छ । कुल १४१ कम्पनीको मूल्य घट्यो भने ४६ को बढ्यो, ६ को स्थिर रह्यो । बैंकिङ ८, विकास बैंक…

Read More

काठमाडौं – नेपाली काँग्रेस बागमती प्रदेश कार्यसमितिमा नेताहरुको मनोनयन भएको छ । सभापति इन्द्र बानियाँले पार्टीको विधान बमोजिम नेताहरुलाई मनोनयन गरेका हुन् । मनोनित हुनेमा निमा लामा सिन्धुपाल्चोक, कृष्णलाल भँडेल भक्तपुर, सन्तवहादुर प्रजा मकवानपुर, प्रभात तामाङ्ग रसुवा, कल्पना नेपाली नुवाकोट, तिलक प्रसाद रुवाली धादिङ्ग, छिरिङ्ग दोर्जे लामा काठमाडौं रहेका छन् । यस्तै अर्जुन न्यौपाने नुवाकोट, कैलाश कोइराला चितवन, राजु खरेल काठमाडौं, गौरी दवाडी काठमाडौं, रमेश कुमार वखती ललितपुर, हरिहर अधिकारी काठमाडौं, राजेश महर्जन ललितपुर, प्रभुराम श्रेष्ठ दोलखा र भगवती कुमारी खड्का काठमाण्डौंलाई समेत मनोनित भएका छन् ।

Read More

काठमाडौं – माओवादी केन्द्रले कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक ठम्मर बहादुर विष्टलाई दलको सदस्यबाट निलम्बन गरेसँगै एमालेमा प्रवेश गरेका छन् । नेकपा एमालेले आइतबार वीरेन्द्रनगरमा रहेको सिटी हलमा आयोजना गरिएको बृहत् कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उनलाई स्वागत गर्ने भएका हुन् । विष्टसहित जिल्ला कमिटीका सदस्यलगायत अन्य दलहरूबाट पनि एमालेमा प्रवेश गरेका छन् ।

Read More

काठमाडौं – मन्त्रिपरिषद् बैठक आज दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै छ । मन्त्रिपरिषद् बैठक आह्वान गरिएको सहरी विकास मन्त्री राम कुमारी झाँक्रीले जानकारी दिइन् । सोमबार र बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्दै आए पनि आज आइतबार बैठक बोलाइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाए पनि बैठकका एजेन्डाबारे केही जानकारी भने नभइसकेको उनले बताइन् ।

Read More