Author: महेन्द्रनगर पोष्ट

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले तीन करोड नेपाली जनताको शिर झुक्न नदिने गरी काम गर्ने बताउनुभएको छ । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्डले भक्तपुरमा आजदेखि सुरु गरेको छैठौँ भक्तपुर औद्योगिक सांस्कृतिक पर्यटन तथा व्यापार मेलाको उद्घाटन कार्यक्रममा उहाँले आफू पदमा रहँदा कुनै पनि विचलन हुने काम भए तत्कालै पद छाड्ने बताउनुभयो । देशका गलत तत्वलाई ठेगान लगाउन आफू मन्त्री भएको बताउँदै उहाँले कहीँकतै त्यस्ता तत्व भए खबर गर्न आह्वान गर्नुभयो । विगतका प्रत्येक मन्त्रीले क्यासिनो सञ्चालकसँग करोड लिने गरेको आरोप लगाउँदै मन्त्री आलेले भन्नुभयो, “क्यासिनोको कर उठाउन मैले पटकपटक सूचना निकालेर ताकेता गरेँ, तर…

Read More

काठमाडौं- सशस्त्र प्रहरी १० जना सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवाका लागि सिफारिस भएका छन् । बढुवा समितिको बैठकले साधारण समूह, लेखा उपसमूहतर्फ रिक्त स्थानमा १० जना इन्स्पेक्टरलाई डीएसपीमा बढुवाको सिफारिस गरेको हो । सिफारिस हुनेमध्ये पहिलो नम्बरमा गणेशबहादुर मल्ल रहेका छन् । त्यसैगरि दोस्रो र तेस्रो नम्बरमा क्रमशः करबहादुर घर्तीमगर र रमेश थापा छन् । सूची

Read More

काठमाडौं- बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बागमती प्रदेशका सबै छोरीलाई अब प्रदेश सरकारले उच्च शिक्षा अध्ययन गराउने बताउनुभएको छ । गैर सरकारी संस्था महासङ्घ बागमती प्रदेशको दोस्रो अधिवेशन तथा तेस्रो साधारणसभा उद्घाटन गर्दै उहाँले प्रदेश सरकारले आगामी आर्थिक वर्षबाट सामुदायिक विद्यालयबाट एसइई उत्तीर्ण गरेका सबै छात्रालाई सामुदायिक क्याम्पसमा उच्च शिक्षा पढाइदिने बताउनुभयो । उहाँले प्रदेशका ११९ वटै पालिकाले एक जनाका दरले दलित, जनजाति र पिछडिएका समुदायको छात्र वा छात्रालाई प्राविधिक शिक्षाका लागि सिफारिस गर्ने र प्रदेश सरकारले पढाउने व्यवस्था मिलाइने जनाउनुभयो । साथै जनताको हित हुने कार्यक्रमको प्रस्ताव ल्याउनका लागि मुख्यमन्त्री पाण्डेले गैससलाई निर्देशन दिनुभयो । त्यसैगरी बागमती प्रदेश सांसद…

Read More

नवलपुर- नाबालिकामाथि बलात्कार गरेको आरोप लागेका कलाकार पल शाहलाई पुर्पक्षको लागि थुनामा राख्न नवलपुर जिल्ला अदालतले आदेश दिएको छ । नवलपुर जिल्ला अदालतमा शाहसँग मङ्गलबार र बुधबार लिएको थुनछेक बहसपछि उक्त अदातलतले पूर्पक्षको लागि थुनामा राख्न आदेश दिएको हो । न्यायधीश अर्जुन अधिकारीको इजलासले मुद्दाको किनारा लगाउने समयसम्मको लागि थुनामै राख्न आदेश दिएपछि कलाकार शाहलाई पुनः बुधबार राति कारागारमा ल्याई राखिएको तनहुँ कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । कावासोतीस्थित नवलपुर जिल्ला अदालतले तनहुँ कारागारमा नै थुनामा राख्न आदेश भएकोले बुधबार राति १२ः३० बजे तनहुँ कागारमा राखिएको उहाँले बताउनुभयो । कलारका शाहलाई तनहुँका अतिरित्त पूर्वी नवलपरासीमा पनि बालिकामाथि यौन…

Read More

नुवाकोट- नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशरण महतले सत्तारूढ दलहरुबीच स्थानीय तहको आसन्न चुनावमा गर्न लागिएको तालमेलले टिकट भाग नआउला भनेर निराश नहुन आग्रह गर्नुभएको छ । नुवाकोटको सूर्यगढी गाउँपालिका–४ स्थित हल्देकालीमा रहेको कालिका माध्यमिक विद्यालयको आज आयोजित ६१औँ वार्षिकोत्सव कार्यक्रममा उहाँले तालमेलले राजनीतिक दलबीच सौहार्दपूर्ण वातावरण तयार गरेर कांग्रेसलाई नै फाइदा हुने भन्दै उम्मेदवारको टिकट भाग नपुग्ला भनेर निराश नहुन युवा पङ्क्तिलाई आग्रह गर्नुभयो । “दलबीचको एकता अहिलेको आवश्यकता हो”, उहाँले भन्नुभयो, “अवस्था अफ्ठ्यारो छ । सबै दल मिलेर सरकार सञ्चालन गरिरहेका छौँ । यसलाई कायम राख्न र अर्को चुनावसम्म गठबन्धनका उम्मेदवारलाई चुनाव जिताउन पार्टीहरुबीच गठबन्धन र तालमेल गर्न लागिएको…

Read More

सिमिकोट- धमाधम विद्यार्थी बिरामी पर्न थालेपछि विद्यालय बन्द गरिएको छ । हुम्लाको दक्षिण भेगमा रहेको सर्केगाड गाउँपालिका–४ मा रहेको हिमज्योति माध्यमिक विद्यालयका विद्यार्थी धमाधम बिरामी थालेपछि विद्यालय बन्द गरिएको हो । कक्षा ६ देखि १० सम्मका विद्यार्थीमा अनौठो बिरामी देखिएको छ ।- सुरुको दिन कक्षा ६ मा अध्ययनरत एक छात्रामा हात खुट्टा बाउँडिने समस्या देखिएको भए पनि अहिले २० जनाभन्दा विद्यार्थीमा यो समस्या देखिएको प्रधानाध्यापक जयबहादुर धामीले बताउनुभयो । छात्रा बिरामी हुँदा छात्रहरुमा देवता आउनुका साथै अनौठो बिरामी देखापरेको प्रधानाध्यापक धामीले बताउनुभयो । छात्राछात्रमा काँप्ने, रुने, कराउने र चिच्याउने गर्नुका साथै शरीर बाउँडिने समस्या देखा परेको हो । पहिलो दिन…

Read More

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले फोहोरबाट बिजुली र ग्यास उत्पादन गर्न सकिने बताएका छन् । बिहीबार विश्व स्वास्थ्य दिवसको अवसरमा काठमाडौंमा आयोजित टाइफाइडविरुद्धको खोप अभियान सुरु गर्दै प्रधानमन्त्री देउवाले फोहोरबाट बिजुली र ग्यास उत्पादन गरेर फोहोर व्यवस्थापन गर्नुपर्ने बताएका हुन् । प्रधानमन्त्री देउवाले धरानमा फोहोरबाट बिजुली र ग्यास उत्पादन गरी टेम्पो जस्ता साना सवारीसाधनहरु संचालन गरिएको भन्दै काठमाडौँको फोहोरलाई पनि त्यसैगरी व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिए। उनले भने,‘फोहोर व्यवस्थापनको कुरा उठेको छ । यसको व्यवस्थापन गर्न अति जरुरी भइसकेको छ । म केही दिनअघि धरान गएको थिएँ । त्यहाँ ट्रिटमेन्ट प्लान्ट राखेर फोहोर व्यवस्थापन गरेर ग्यास निकालेर दिएका थिए…

Read More

काठमाडौं – पछिल्लो २४ घण्टामा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४६६८ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हाल १०६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । देशभर हाल सक्रिय संक्रमितको संख्या ७४७ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर २५ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।कोरोना संक्रमणका कारण आज कसैको मृत्यु भएको छैन ।नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ ।

Read More

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पदभार ग्रहण गरेका छन् । सिंहदरबार पुगेर मन्त्री बडूले बिहीबार पदभार ग्रहण गरेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले मन्त्री बडूलाई आजै नयाँ जिम्मेवारी तोकेकी हुन् । पदभार ग्रहणका क्रममा मन्त्री बडूले साना तथा मझौला उद्योग महाशाखा गठन र नयाँ नीति निर्माण संगठन तथा व्यवस्थापनका लागि मन्त्रालयमा कार्यदल गठन गर्ने निर्णयमा हस्ताक्षर गरेको उनको सचिवालयले जनाएको छ । यसैगरी, मन्त्री बडूले मुलुकको अर्थतन्त्रसँग जोडिएको मन्त्रालयका सबै समस्या एवं चुनौतीहरु समाधान गर्नुपर्नेमा जोड दिए । उनले आयात र निर्यातको चेन सन्तुलनका लागि तात्कालिक र दीर्घकालीन योजना निर्माण गरेर अघि बढ्ने…

Read More

मलङ्गवा – सर्लाहीको गम्हरियाबाट पाँच दिनदेखि हराइरहेका एक बालकको शव छिमेकीको घरको सेप्टिक ट्यांकीमा भेटिएको छ । मलङ्गवा नगरपालिका–१२ स्थित गम्हरियाबाट हराएका जितेन्द्र ठाकुरका अन्दाजी १० वर्षीय छोरा आकाश ठाकुर भनिने मिठुको शव आज बिहान छिमेकी जगदीश ठाकुरको सेप्टिक ट्यांकीमा भेटिएको हो । आकाश गत चैत २० गते आइतबार राति ८ बजेदेखि हराएका थिए । बालक हराएको सम्बन्धमा सोही राति ११ बजे मृतकका परिवारले जिल्ला प्रहरी कार्यालयमा खबर गरेको थियो । बालकको शव परीक्षणका लागि सदरमुकाम मलङ्गवास्थित प्रादेशिक अस्पतालमा ल्याइएको छ । प्रहरीले बालकको हत्यामा संलग्न भएको आरोपमा जगदीश ठाकुरसहित उनका परिवारका सातजनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी…

Read More