Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुर-भारतको उत्तराखण्ड राज्यमा भारतीय जनता पार्टी (भाजपा)का नेता पुष्करसिंह धामी ले मुख्यमन्त्रीको सपथ लिएका छन्। सपथ समारोहमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंह, गृहमन्त्री अभित शाह, विजेपी अध्यक्ष जेपी नड्डा सहित भारतमा विजेपी शासितसित नेताहरुको समारोहमा उपस्थित थियो। मुख्यमन्त्रीमा धामीले दोस्रो कार्यकालका लागि सपथ लिएका हुन्। अन्य ८ जना मन्त्रीले समेत सपथ लिएका छन्। धनसिंह रावत, गणेश जोशी, रेखा आर्य, सुबोध उनियाल, सौरभ बहुगुणा, प्रेमचन्द अग्रवाल, चन्दनराम दास र सतपाल महाराजले मन्त्री पदको शपथ लिएका छन्। सपथ ग्रहण कार्यक्रम देहरादूनस्थित परेड ग्राउन्ड भएको थियो।

Read More

दार्चुला – सामुदायिक ग्रामिण विकास समाज नेपाल दार्चुलाको २९ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । ग्रामिण विकास समाज नेपाल दार्चुलाका अध्यक्ष हरि प्रसाद अवस्थीको अध्यक्षतामा भएको बार्षिक साधारण सभा कार्यक्रममा सुदुरपश्चिम प्रदेश सभा लेखा समितिका संयोजक नन्दा बमको प्रमुख आर्थित्यता तथा जिल्ला समन्वय समिति प्रमुख करविर बहादुर कार्कीको विशिष्ट आर्थित्यतामा संस्थाको २९ औ वार्षिक सधारण सभा सम्पन्न भएको हो । कार्यक्रममा सामुदायिक ग्रामिण विकास समाज नेपाल दार्चुलाका टिम लिडर असोकराज ओझाले गत आर्थिक वर्षको हाल सम्म भएका काम तथा प्रगति समिक्षाको बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा उनले संस्थालाई यहाँ सम्म पुर्याउनमा सहयोग गर्ने सम्पुर्णमा धन्यबाद दिनु…

Read More

काठमाडौं – आज बुधबारबाट भूतपूर्व सैनिक सम्मेलन–२०७८ सुरु भएको छ । दिपायलथित नं. ५ बाहिनी अड्डामा नेपाली सेना कल्याणकारी बोर्डको समन्वय तथा संयोजकत्वमा सो सम्मेलन सुरु भएको हो । प्रधानसेनापति प्रभुराम शर्माको प्रमुख आतिथ्य र नेपाली सेनाबाट निवृत्तिभरणमा रहेका भूपू सैनिक तथा तीनका एकल महिलाहरुको सहभागितामा सम्मेलन सुरु गरिएको हो । सम्मेलनमा डडेल्धुरा, डोटी, अछाम, बाजुरा, बझाङ्ग, बैतडी र दार्चुला गरी जम्मा ७ जिल्लाहरुमा बसोबास गर्ने करीब ६५० जना भूतपूर्व सैनिक तथा परिवारजनको सहभागिता रहेको थियो । सम्मेलनलाई सम्बोधन गर्दै प्रधानसेनापति शर्माले नेपाली सेनाको संस्थागत मूल्य र मान्यताहरुलाई जीवन्त राख्न अवकाश प्राप्त अग्रज सैनिकहरूले गरेको निःस्वार्थ सेवा तथा भूमिकाको प्रशंसा…

Read More

काठमाडौं – शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आज बुधबार आयोजित एक समारोहबीच महानगरीय ट्राफिक प्रहरी महाशाखालाई ट्राफिक व्यवस्थापनका उपकरणहरू हस्तान्तरण गरेकी छन् । काठमाडौं उपत्यका विकास प्राधिकरणले एक कार्यक्रमको आयोजना गरि माननीय शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीलाई २० वटा ह्‍वील लक तथा ८८ वटा म्याजिक लाईट हस्तान्तरण गरेकी हुन् । उक्त कार्यक्रममा बोल्नुहुदै माननीय शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बढ्दो सवारी साधन संगसंगै भईरहेको सवारी चाप व्यवस्थापन गर्न तथा सडक फुटपाथका अनाधिकृत पार्किङ्गलाई निरूत्साहित एवम् नियन्त्रण गर्नका लागि पहिलो चरणमा ट्राफिक व्यवस्थापनका उपकरणहरू सहयोगस्वरुप उपलब्ध गराइएको बताइन् । उनले ट्राफिक प्रहरीलाई प्रविधियुक्त…

Read More

काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले चर्चित भारतीय बलिउड अभिनेता सलमान खानसँग भर्चुअल संवाद गरेका छन् । भर्चुअल संवाद कार्यक्रममा मन्त्री आलेले सलमानलाई नेपालमा स्वागत गर्न आतुर रहेको बताए । कोरोना महामारीका कारण नेपालको पर्यटन क्षेत्रमा असर परेको भन्दै अब सबै सामान्य भएको उनकाे भनाइ थियाे । हिन्दीमा बोल्दै मन्त्री आलेले भने, ‘सलमानजी आप से मिलके हम बहुत खुस हुआ । हम आपको स्वागत करनेके लिए आतुर हे ।’ सलमानले पनि आलेसँग कुरा गर्न पाउँदा निकै खुसी लागेको बताए । आफूलाई नेपाल निकै मन पर्ने भन्दै उनले चाँडै नेपाल आउन लागेको बताए । मन्त्री आलेले सलमानलाई सगरमाथा आरोहणको निम्तासमेत दिएका छन् । जवाफमा…

Read More

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर ३८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको प्रेस ब्रिफिङमा मन्त्रालयकी प्रवक्ता डा‍।संगीता मिश्राले दिएको जानकारी अनुसार पीसीआरबाट ३४ र एन्टिजेन परीक्षणबाट ४ जनामा कोरोना पुष्टि भएको छ । यस अवधिमा ५ हजार ३७५ परीक्षण भएको छ । यसमा पीसीआर परीक्षण ३ हजार ८५५ र एन्टिजेन परीक्षण १५२१ भएको छ । २४ घण्टामा २६९ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य छ ।

Read More

काठमाडौं – तराई मधेसमा पार्टी प्रति ‘क्रेज’ बढेको भन्दै एमाले अध्यक्ष केपी ओलीले भावी दिनमा मुलुकको राजनीतिक शक्ति सन्तुलनलाई नै बदल्ने दाबी गरेका छन् । बुधबारदेखि काठमाडौंमा सुरु केन्द्रीय समितिको बैठकमा छलफलका लागि पेस गरेको राजनीतिक प्रतिवेदनमा सो विषय उल्लेख गरेका हुन् । ‘विगतमा निर्वाचन र सो भन्दा अगाडिदेखि नै नेकपा एमालेका विरुद्ध भ्रमपूर्ण प्रचार गरिएको, घृणा फैलाइएको, प्रवेश निषेध गरिएको र यसै कारणले गर्दा निर्वाचनमा अपेक्षित परिणाम हासिल हुन नसकेको मधेस प्रदेशलगायत तराई मधेसमा एमालेप्रतिको आकर्षणले आगामी राजनीतिक शक्ति सन्तुलनलाई नै बदल्ने स्पष्ट छ’ प्रतिवेदनमा भनिएको छ । तराई मधेसका जिल्लाहरुमा एमालेप्रति बढेको आकर्षणले ‘राष्ट्रिय राजनीतिवाट जातीय क्षेत्रीय संकीर्णता,…

Read More

काठमाडौं – साताको चौथो कारोबारको दिन (बुधबार) पनि शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक २०.३४ अंकले घटेको हो । सो अंकले नेप्सेमा गिरावट आउँदा परिसुचक २६३६.३६ को बिन्दुमा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक पनि ४.२२ अंकले घटेर ४९५.११ विन्दुमा झरेको छ । कारोबारमा आएका कूल २२६ वटा कम्पनीको ३९ लाख ८५ हजार ५ सय ७४ कित्ता शेयर खरिदबिक्री हुँदा २ अर्ब ४ करोड ६३ लाख ५२ हजार ५ सय ४७ रूपैयाँ बराबरको कारोबार भएको छ । ३० कम्पनीको मूल्य बढ्यो भने १५६ को घट्यो । ८ कम्पनीको मूल्य स्थिर रह्यो । बैंकिङ…

Read More

दार्चुला – गत साउन १५ गते महाकाली नदीको मालघाटस्थित तुइनबाट खसेर जयसिंह धामी वेपत्ता भएको घटना अझै सेलाएको छैन । गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको समितिले दोस्रो पटक म्याद थप गरेर अनुसन्धान ग–यो, तर दोषी माथि कारवाही अझै भएन । यसबीच महाकालीमा धेरै पानी बगिसक्यो तर धामीकी पत्नीको पीडा कम भएको छैन् । उनी न्यायको खोजीमा प्रशासन धाइरहेकी छन् । भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइनको लठ्ठा खुस्काएर धामीलाई महाकालीमा खसालेको प्रत्यक्षदर्शी कल्याण धामीलगायतले बयान दिएका थिए । तर, अहिलेसम्म सत्यतथ्य बाहिर नल्याएको भन्दै धामीकी पत्नी राजन्ती बुधवार पनि जिल्ला प्रशासन कार्यालय दार्चुलामा पुगेकी छन् । ‘सत्यतथ्य बाहिर ल्याएर…

Read More

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार तनहुँ जाने भएका छन् । जिल्लाका विभिन्न ठाउँमा आयोजना हुने कार्यक्रममा सहभागी हुन उहाँ तनहुँ जान लागेका हुन् । प्रधानमन्त्री देउवाले तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको निरीक्षण गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिए । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको जलविद्युत् आयोजनाको निरीक्षणपश्चात् प्रधानमन्त्री देउवाले निर्देशन दिने कार्यक्रम छ । त्यसपछि प्रधानमन्त्री देउवा नेपाली कांग्रेस तनहुँको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा सहभागी हुनेछन् ।

Read More