Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो आठ महिनामा विभिन्न देशबाट नेपालमा २८ अर्ब १७ करोड रुपैयाँ बढीको सुन भित्रिएको छ । २०७८ साउनदेखि फागुनसम्म २८ अर्ब १७ करोड ३२ लाख २७ हजार रुपैयाँ सुन नेपाल भित्रिएको हो । सो मूल्यमा ४ हजार ४४.५ केजी सुन नेपाल भित्रिएको भन्सार विभागले जनाएको हो । अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा नेपालमा १६ अर्ब २८ करोड ३४ लाख ४२ हजार रुपैयाँको २ हजार ३ सय केजी सुन भित्रिएको थियो । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा नेपालमा टर्की र युनाइटेड अरब इमिरेट्स (युएई)बाट मात्र सुन भित्रिएको छ । सो अवधिमा…

Read More

काठमाडौं – नेपाली बजारमा मंगलबार पहेलो धातु सुनको मुल्य बढेको छ । आज सुनको मुल्य एकैदिन ८०० रुपैयाँले बढेको छ हो । जसअनुसार सोमबार प्रतितोला ९९ हजार ५०० रुपैंयामा कारोबार भएको सुनको मूल्य आज १ लाख ३०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजावी सुनको मूल्य आज ९९ हजार ८०० रुपैंया रहेको छ । चाँदीको मूल्य पनि तोलामा २० रुपैंयाले बढेको छ । हिजो प्रतितोला १ हजार ३७५ रुपैंयामा कारोबार भएको चाँदीको मूल्य आज १ हजार ३९५ रुपैंया पुगेको महासंघले जनाएको छ

Read More

कैलाली- कैलालीका भुपेन्द्र बडुवाल हत्या प्रकरणमा जिल्ला अदालतले धरौटीमा रिहा गरेका ३ जना फेरि पक्राउ परेका छन्। उक्त मुद्दाको पुनरावेदन हसँदा उनीहरुलाई उच्च अदालत दिपायलले पुनः पक्राउ गर्न आदेश दिएपछि प्रहरीले ३ जनालाई समातेको हो। पक्राउ पर्नेमा बर्दियाको ठाकुरबाबा नगरपालिका–३ का २६ वर्षीय सन्तोष भन्ने सविनजग्ग शाही, कैलालीको लम्की चुहा नगरपालिका–३ का २८ वर्षीय विकास खड्का र बर्दगोरिया गाउँपालिका–२ का २५ वर्षीय लोकेन्द्र कुँवर रहेका छन्। उच्च अदालतले गत फागुन ५ गते पुर्पक्ष गर्ने आदेश दिएअनुसार सोमबार उनीहरुलाई पक्राउ गरी आज मंगलबार जिल्ला अदातलमा पेश गरिने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। कैलालीको लम्की चुहा नगरपालिकाका २३ वर्षीय भुपेन्द्र बडुवालको…

Read More

काठमाडौं – प्रत्येक वर्ष मार्च २२ तारिखका दिन विश्वभर मनाइने विश्व पानी दिवस आज नेपालमा पनि विभिन्न जनचेतनाका कार्यक्रम गरी मनाइँदैछ। संयुक्त राष्ट्रसङ्घको आयोजनामा सन् १९९२ मा ब्राजिलको रियो द जेनेरियोमा भएको पर्यावरण र विकाससम्बन्धी महासभाले विश्व पानी दिवसको घोषणा गरेको हो । सन् १९९२ मा एजेण्डा २१ मा समाहित गरिएको पानी दिवसको रूपरेखालाई आत्मसाथ गर्दै सन् १९९३ देखि मार्च २२ तारिखका दिन विश्वभर यो दिवस मनाउन थालिएको थियो। पञ्च तत्वमध्येको एक पानी सबै जीव र वनस्पतिका लागि आवश्यक मानिन्छ । पानी भएकै स्थानमा जीवन सम्भव हुन्छ। पानी नभएको स्थानमा जीवन सम्भव छैन। यसैले पानी नै जीवन हो भन्ने गरिन्छ।…

Read More

काठमाडौँ – नेपाल र फिलिपिन्सको दक्षिणपूर्व प्रशान्त महासागरमा अवस्थित देश गणतन्त्र पलाउबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। यो सँगै नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध भएका देशको संख्या १७४ पुगेको छ । कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्तपत्रमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र उक्त विश्व संस्थाका लागि गणतन्त्र पलाउका स्थायी प्रतिनिधि इलाना भिक्टोरिया सेडले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगमा सोमबार आयोजित एक सङ्क्षिप्त समारोहमा हस्ताक्षर गरे । दुवै देशका राजदूतले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापनाबारे जानकारी गराउने संयुक्तपत्रमा पनि हस्ताक्षर गरेको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले आज जनाएको छ । त्यस…

Read More

काठमाडौं – आसन्न स्थानीय तह निर्वाचनलाई केन्द्रित गरी नेकपा (माओवादी केन्द्र)ले जनकपुरमा आज मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्न लागेको छ । जनकपुरस्थित तिरहुतियामा आयोजना हुने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज जनकपुर जान लागेका छन् । जनकपुरधाममा पहिलोपटक हुन लागेको प्रशिक्षण कार्यक्रममा करिब दुई हजार ५०० जना नेता तथा कार्यकर्ताको सहभागिता रहने माओवादी केन्द्र मधेस प्रदेशका अध्यक्ष प्रह्लाद बुढाथोकीले जानकारी दिए। सो प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्रको मधेस प्रदेशमा रहेका केन्द्रीय सदस्यहरू, प्रदेश समितिका प्रतिनिधि, जिल्ला समितिका प्रतिनिधि, जनवर्गीय सङ्गठनका प्रतिनिधिलगायतकोे सहभागिता रहने जनाइएको छ ।

Read More

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले प्रधानमन्त्री र अर्थमन्त्रीसँग सिलाइ सामग्री खरिदमा भन्सार छुट दिने कुरा गर्ने आश्वासन दिएका छन् । नेपाल कपडा तथा सिलाइ व्यवसायीको दोस्रो साधारणसभामा मन्त्री आलेले कोभिडका कारण सिलाइ व्यवसाय धरासायी भएकाले उक्त व्यवसाय गर्दा चाहिने सामग्री खरिदमा भन्सार छुटका लागि पहल गर्ने आश्वासन दिएका हुन् । सिलाइ व्यवसाय सबैलाई उपयुक्त हुने व्यवसाय भएकाले आफू उक्त व्यवसायको सधैँ सम्मान गर्दै आएको बताए । उनले भने, ‘पेशा सबैको सम्मानित नै हुन्छ तर सिलाइ व्यवसाय भनेको झनै सम्मानित पेशा हो, सिलाइ व्यवसायीलाई सबैले सम्मान गर्नुपर्छ ।’ मन्त्री आलेले नेपाल कपडा तथा सिलाइ व्यवसायीका समस्या समाधानका…

Read More

काठमाडौं – बलिउड अभिनेत्री सोनम कपुर आमा बन्दैछिन् । सामाजिक सञ्जाल इन्स्टाग्राम आफ्नो बेबी बम्पको तस्वीर सेयर गरेकी छिन् । आफूहरु बच्चाको व्यग्र प्रतीक्षामा रहेको संकेत गर्दै उनले आफू गर्भवती रहेको जानकारी दिएकी हुन् । तस्वीरमा उनी आफ्ना श्रीमान आनन्द आहुजासँग देखिन्छिन् । सोनमले यो तस्वीर सेयर गर्दै लेखेकी छन्, ‘चार हात, जो जतिसक्दो राम्रो तरीकाले तपाईंको पालनपोषण गर्न सकुँ, यो दिल तपाईंकै लागि धड्किरहेछ । एक परिवार जसले तपाईंलाई माया र सहयोग दिन्छ । हामी तपाईंको आगमनको प्रतीक्षा गरिरहेका छौं ।’

Read More

काठमाडौँ – आईसीसी क्रिकेट वर्ल्ड कप लिग २ अन्तर्गत नेपालले मंगलबार पीएनजीको सामना गर्दै छ । यूएईको दुबईस्थित क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार सवा ११ बजे सुरु हुनेछ। यो सिरिजको पहिलो खेलमा नेपालले पीएनजीमाथि संघर्षपूर्ण जित हात पारेको थियो।सिरिजमा पीएनजीले पनि ३ खेलमा १ मात्र जित हात पारेको छ। उसले पछिल्लो खेलमा यूएईलाई हराएको थियो। लिगमा पीएनजीको यो पहिलो जित थियो। लिगको पुछारमा रहेको पीएनजीले १५ खेलबाट २ अंक जोडेको छ।नेपालले भने ११ खेलबाट १० अंक हात पारेको छ। लिगको शीर्ष तीन स्थानमा रहने टोलीले सोझै विश्वकप छनोट खेल्न पाउनेछन्।

Read More

काठमाडौं- ग्रीन भेन्चर्स लिमिटेडले आजदेखि सर्वसाधारणलाई धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारणलाई प्रतिकात्ता १०० रुपैयाँ अंकित मूल्यमा ३१ करोड २५ लाख बराबरको ३१ लाख २५ हजार कित्ता साधारण सेयर निष्काशन गरेको हो । सार्वजनिक निष्कासन गरेको सेयरमध्ये ३ प्रतिशत अर्थात ९३ हजार ७५० कित्ता कम्पनीको कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् १ लाख ५६ हजार २५० कित्ता सामुहिक लगानी कोषहरुमा बाँडफाँड गरिने कम्पनीको आह्वान पत्रमा उल्लेख छ । बाँकी रहेको २८ लाख ७५ हजार कित्ता सेयरका लागि भने सर्वसाधारणले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ छिटोमा चैत ११ गते र ढिलोमा चैत २२ गतेसम्म भर्न…

Read More