Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुर-लालझाडी गाउँपालिका–१ विनवारीका रामसिंह राना उमेरले ८० वर्ष पुग्न लागेको छ। उनका ६५ वर्षीया श्रीमती सोनावत्ती राना शारीरिकरूपमा अपाङ्गता छन्। उनीहरुका सन्तान छैनन्। सम्पत्तिका नाममा तीन कठ्ठा ऐलानी जग्गा छ। सो जग्गामा राना दम्पतीको कच्ची घर छ। दुवै ज्येष्ठ दम्पतीलाई स्थानीय बासिन्दाले खानाको जोहो मिलाउने गरेका छन्। “घरबासका लागि मात्रै जग्गा छ, त्यो पनि ऐलानी हो”, सोनावत्तीले भने, “कम्मरमुनिको भाग चल्दैन, खानाका लागि छिमेकीले जोहो मिलाउँछन्। दुःख बिराम परेका बेला दिदीको छोराले हेर्ने गरेको छ।” बस्नका लागि घर र शौचालयको व्यवस्था दिदीको छोराले गरेको उनले बताए। रामसिंहले ज्येष्ठ नागरिक सुरक्षा कार्यक्रमअन्तर्गतको भत्ताको रकम पाउने गर्छन्। सोनावत्तीले समेत अपाङ्गता भत्ता पाउछन्।…

Read More

काठमाडौं-नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितको पार्टीका शीर्ष नेता पोखरा जाँदै छन्। प्रचण्ड पोखरा आउने भएपछि प्रदेशसभा बैठक नै स्थगित गरिएको छ। पार्टीको गण्डकी प्रदेशस्तरीय राजनीतिक वैचारिक प्रशिक्षणका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरु नारायणकाजी श्रेष्ठ, देव गुरुङ, देवेन्द्र पौडेल, दिनानाथ शर्मा लगायतको नेतृत्व पोखरामा आउन लागेको माओवादी गण्डकीका अध्यक्ष गायत्री गुरुङले जानकारी दिइन्। अध्यक्ष गुरुङका अनुसार प्रशिक्षणमा गण्डकी प्रदेशमा कार्यक्षेत्र हुने पार्टीका केन्द्रीय सदस्य, केन्द्रीय आयोगका सदस्य, केन्द्रीय सल्लाहकार, केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्चका सदस्य, जबस मोर्चाका केन्द्रीय पदाधिकारी, प्रदेश समितिका सदस्य र प्रदेश सल्लाहकारहरु सहभागी हुनेछन्। प्रचण्ड पोखरा आउने भएपछि गण्डकी प्रदेशसभा स्थगित गरिएको छ। उनी…

Read More

कैलाली-निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन कार्य तालिका सार्वजनिक गरेसँगै जिल्लामा उम्मेदवार बन्नेहरूको चर्चा सुरु भएको छ।गठबन्धन भित्र पनि कांग्रेस एक्लै निर्वाचनमा होमिए दुई तिहाइ जित्ने दाबी गर्दै आईरहेको छ। ‘हामी गठबन्धन गर्ने मनसायमा छैनौँ’ नेपाली कांग्रेस कैलालीका सभापति नारायण भट्ट ‘ हामी एक्लै लड्दा पनि दुई तिहाइ ल्याउने पक्का छ। ’ यस अघि २०७४ सालको निर्वाचनमा कैलालीका धनगढी उपमहानगरपालिका, जोशीपुर गाउँपालिका, जानकी गाउँपालिका र बर्दगोरीया गाउँपालिकामा प्रमुखमा कांग्रेस विजयी भएको थियो। त्यस्तै जानकी गाउँपालिका, टीकापुर नगरपालिका, जोशीपुर गाउँपालिका र धनगढी उपमहानगरपालिका उपप्रमुखमा कांग्रेस विजयी भएको थियो। कांग्रेसको अवस्था निकै राम्रो भएको भन्दै एक्लै निर्वाचन लड्दा पनि १३ स्थानीय तहका स्पष्ट…

Read More

काठमाडौं-त्रिभुवन विश्वविद्यालय सेवा आयोगले उपप्राध्यापक पदको परीक्षा स्थगित गरेको छ। आयोगले सूचना जारी गर्दै सर्वोच्च अदालतको आदेशको कारणले परीक्षा स्थगित गर्नुपरेको जनाएको छ। ‘सर्वोच्च अदालतबाट विज्ञापन नं. ७०१/ २०७७/७८ देखि ८२८/०७७/७८ सम्मको पदमा पदपूर्ति गर्ने कार्य हाल नगर्नु नगराउनु भन्ने अल्पकालीन अन्तरिम आदेश प्राप्त भएको हुँदा आयोगको निर्णय बमोजिम उक्त परीक्षा हाललाई स्थगित गरिएको छु’ सूचनामा भनिएको छ। यही चैत ८ गतेदेखि आयोगको उपप्रध्यापक पदको लिखित परीक्षा सञ्चालन गर्ने तयारी थियो । त्रिवि आयोगले सर्वोच्च अदालतबाट अर्को आदेश प्राप्त हुनासाथ परीक्षा तालिका प्रकाशित गरिने जनाएको छ। रासस

Read More

काठमाडौं-वैशाख ३० गते स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरी भर्ना खुलाइएको छ।  आइतबार देशका सबै जिल्ला प्रहरी कार्यालयले सूचना जारी गरी तोकिएको कोटाअनुसार म्यादी भर्नाका लागि आवेदन आह्वान गरेका हुन्।  १८ वर्ष पूरा भएका र ५४ वर्ष ननाघेका नागरिकले म्यादी प्रहरीमा भर्नाका लागि यही चैत ११ गतेसम्म निवेदन दिन सक्नेछन्। भर्ना हुन अन्य स्वास्थ्य मापदण्ड प्रहरी जवान सरह हुनुपर्नेछ। ४० दिनका लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको हो। म्यादी प्रहरीमा भर्ना हुन सबै जिल्ला प्रहरी कार्यालयमा आवेदन दिन सकिनेछ। म्यादी प्रहरीले प्रहरी जवानसरह सुविधा पाउनेछन्। छनाेट भएका म्यादी प्रहरीलाई ७ दिन तालिम दिएर खटाउने सरकारको तयारी छ। ​म्यादी प्रहरीले दिनकाे…

Read More

काठमाडौं- आइतवार सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश १ लगायत बाँकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भूभागका थोरै स्थानमा मेगगर्जन र चट्याङ्गसहित हल्का वर्षाको समेत सम्भावना छ। हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको संभावना रहेको महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

Read More

काठमाडौ- भैरहवाका भुपेन्द्र थापा मगर नेपाल आइडल सिजन-४ को विजेता बनेका छन्। उनले अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै नेपाल आइडल सिजन-४ को विजेता बन्न सफल भएका हुन्। उनले ३० लाख रुपैँया र ट्रफी पाए। त्यस्तै फस्ट रनरअप झापाका नाम्गेल तामाङ भएका छन्। उनले ५ लाख रुपैँया र ट्रफी पाए भने सेकेन्ड रनरअप रामेछापका रञ्चित नेपाल भएका छन्। उनले ३ लाख रुपैँया र ट्रफी पाए। त्यस्तै झापाका विश्वास उप्रेती र मोरङकी लक्ष्मी पौडेल क्रमशः चौथो र पाँचौं भए। उनीहरुले गिटार र दस लाख बरारको बीमा पाएका थिए।

Read More

कञ्चनपुर-जिल्लाको बेदकोटमा जंगली बँदेलको आक्रमणबाट ५ जना घाईते भएका छन्। जंगली बँदेल गाउँबस्तीमा पसेर आक्रमण गरि ५ जना घाईते भएका हुन् । घाईते हुनेमा बेदकोट वडा नम्बर २ की शोभी कोली,डम्मर लुहार,वडा नम्बर ३ का पदमा कुँवर र वडा नम्बर १० की शारदा भट्ट रहेकी छन्। उनीहरुको महाकाली अस्पतालमा उपचार भैरहेको छ।

Read More

कैलाली- नेपाल बुद्धिजीवी परिषद् कैलाली जिल्लाको अध्यक्षमा पुनः रघुवीर भट्ट चयन भएका छन्। शनिवार धनगढीमा सम्पन्न नेपाल बुद्धिजीवी परिषद् कैलाली जिल्लाको ७ औँ जिल्ला अधिवेशनले अध्यक्षतामा भट्टलाई सर्वसम्मत रूपमा चयन गरेको हो। यस्तै अधिवेशनबाट उपाध्यक्षमा प्रकाश बहादुर छेडाल, सचिव एकेन्द्र भण्डारी, सह–सचिव राधा विष्ट र कोषाध्यक्ष डिल्लीराज विनाडी चयन भएका छन्। नेपाल बुद्धिजीवी परिषद्का कैलाली जिल्ला अध्यक्ष रघुवीर भट्टको सभापतित्वमा सम्पन्न अधिवेशनमा पूर्व मन्त्री माननीय नारद मुनी रानाको प्रमुख आतिथी रहेका थिए।

Read More

कञ्चनपुर-विवेकशिल साझा पार्टी कञ्चनपुरको संयोजकमा उद्धव कठायत चयन भएका छन। शनिबार महेन्द्रनगरमा सम्पन्न भएको विवेकशिल साझा पार्टीको भेलाले संयोजकमा कठायतलाई चयन गरेको हो। सहसंयोजक खगेन्द्र पाण्डेय, सचिव बिरेन्द्र कार्की,कोषाध्यक्ष प्रमोद पन्त, सहसचिव अरुण पन्त सहितका रहेका छन। विवेकशिल साझा पार्टी कञ्चनपुरका कोषाध्यक्ष प्रमोद पन्तले प्रदेशका कार्यबाहक अध्यक्ष दिनेश भण्डारीको प्रमुख आथित्यमा जिल्ला भेला भएको बताए।

Read More