Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ – इलामको चुलाचुली गाउँपालिकामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । चुलाचुली गाउँपालिका–३ समृद्धि टोलका ३९ वर्षीय रामबहादुर थुकुङ राईको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । बिहान मर्निङ वाकमा निस्केका उनलाई जङ्गली हात्तीले आक्रमण गरेको थियो । बिहानै हात्तीले आक्रमण गरेपछि उपचारका लागि उनलाई झापाको दमकस्थित एड्भान्स अस्पताल भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जङ्ग बहादुर थापाले बताए। घरबाट करिब दुई सय मिटर टाढा उनलाई हात्तीले आक्रमण गरेको हो ।

Read More

काठमाडौँ – नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक सुनिल पौडेलले कम्पनीको केन्द्रीय कार्यालयमा पदभार ग्रहण गरेको टेलिकमले जनाएको छ । नेपाल सरकार मन्त्रिपरिषदले चैत्र २४ गते गरेको निर्णय बमोजिम ४ वर्षका लागि प्रबन्ध निर्देशक पदमा नियुक्त भएका हुन । नवनियुक्त प्रबन्ध निर्देशक पौडेलले पदभार ग्रहण गर्ने अवसर दिएकोमा नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयप्रति आभार प्रकट गरेका छन् । सो अवसरमा निर्देशक पौडेलले कार्यालय प्रयोजनका सबै काम कारवाहीलाई सूचना प्रविधिसँग जोडेर स्वचालित रुपमा तत्काल कार्यान्वयनमा लैजाने बताएका हुन् । उनले कम्पनीको सेवा प्रवाह, गुणस्तर र राजस्व वृद्धिमा देखिएको चुनौतीलाई सामना गर्दैै अगाडि बढ्न र कम्पनीलाई अझ मुलुककै विश्वसनीय धरोहरका रुपमा…

Read More

काठमाडौं – सरकारले रामनवमीको अवसरमा भोलि (आइतबार) सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले आज (शनिबार) सूचना प्रकाशन गरी रामनवमीको अवसरमा देशभरका सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको उल्लेख गरेको छ ।

Read More

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालको निशान, कोत तथा मौलो पुजा सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गण हेक्वा (विशेष कार्यदल) बगलामुखी हल्चोक स्वयम्भूमा आज चैतेदशैंको अवसरमा गरिएको सो पुजामा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बल नेपालको निशानमा पञ्जाछाप लगाउनुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट गर्नुभएको सो पुजा कार्यक्रममा सशस्त्र प्रहरी अधिकृत तथा जवानहरुबाट मौलो परिक्रमा गरिएको थियो । सशस्त्र प्रहरी व्याण्डको मंगलधुनबीच सुरु भएको पुजामा सशस्त्र प्रहरी बल नेपालको एक टोलीले निशान भगवती सलामी अर्पण गरेको थियो । त्यसअवसरमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले उक्त पुजा व्यवस्थापनमा उत्कृष्ट कार्यगर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई पगरी…

Read More

काठमाडौं – श्रीलंकामा अर्थमन्त्रीले आफ्नो जिम्मेवारीलाई निरन्तरता दिने जनाएका छन् । यसै साताको शुरुमा नयाँ अर्थमन्त्रीको नियुक्ति पाएको २४ घण्टा नबित्दै राजिनामा दिएका श्रीलंकाली सत्तारुढ दलका सांसद अली सबरीले आफ्नो जिम्मेवारीलाई निरन्तरता दिने बताएका हुन् । २६ मन्त्रीहरूले सामूहिक राजीनामा दिएपछि उनलाई गत सोमबार राष्ट्रपति गोताबाया राजपाक्षेले अर्थमन्त्री नियुक्त गरेका थिए । अर्थमन्त्रीको नियुक्ति पाएको एक दिनपछि सबरीले राष्ट्रपतिसमक्ष राजीनामा पेश गरेका थिए । यद्यपि राष्ट्रपतिले उनको राजीनामा स्वीकृत नगरेको बताइएको छ । सबरीले शुक्रबार संसदमा बोल्दै अर्थमन्त्रीको जिम्मेवारीलाई निरन्तरता दिने बताएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्न धेरैले आनाकानी गरेको र राष्ट्रपति गोताबाया राजपाक्षेले…

Read More

जुम्ला – जुम्लादेखि मुगुको रारासम्मको ५९ किलोमिटर म्याराथन प्रतियोगिता सुरु भएको छ । उक्त प्रतियोगिता कर्णाली सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज उद्घाटन गरेका हुन् । चन्दननाथ मन्दिर तथा जिल्ला प्रशासन कार्यालय अगाडिबाट सुरु भएको दौड प्रतियोगितामा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म गरी करिब चार सय सहभागी थिए । कीर्तिमानी म्याराथन धावक हरिबहादुर रोकायाको संयोजकत्वमा जुम्लामा तेस्रो पटक म्याराथन दौड प्रतियोगिता आयोजना गरिएको हो । दौडमा नेपालका विभिन्न १० जिल्लाका खेलाडी र भारतका खेलाडी समेत सहभागी छन् । आयोजक कर्णाली स्पोर्स्ट क्लबका अनुसार ५ किलोमिटर दौडका लागि एक सय ५६ खेलाडीले भाग लिएका छन् । मुख्यमन्त्री शाहीले जुम्ला–रारा अल्ट्रा म्याराथुनले जुम्लाको मात्रै नभई कर्णालीकै…

Read More

चितवन – बाघको आक्रमणबाट बेपत्ता भएका वृद्धको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पूर्वी चितवनको खैरहनी नगरपालिका– १२ मा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका स्थानीय वृद्धलाई बाघले आक्रमण गरी लगेको हो । उनको शव जितपुरघाटमा भेटिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ९ः०५ बजे घाँस काट्न गएका ६५ वर्षीय रामप्रसाद धमलालाई बाघले आक्रमण थियो । बाघले आक्रमण गरेर लगेपछि धमलाको खोजीका कार्यका लागि नेपाली सेना र नेपाल प्रहरीको टोली परिचालन गरिएको थियो । शव ११ः२० बजे भेटिएको हो ।

Read More

काठमाडौं- डेढ महिनाअघि युक्रेनमाथि रुसले आक्रमण थालेयता करिब एक हजार जहाजी बिचल्लीमा परेका छन् । युक्रेनी बन्दरगाह र समुद्रमा फसेका व्यापारिक जहाजहरूमा रहेका करिब एक हजार जहाजीहरूलाई मद्दत र सुरक्षा गर्न संयुक्त राष्ट्र संघका दुई एजेन्सीहरूले आह्वान गरेका छन् ।  फसेका मध्ये १०० भन्दा बढी व्यापारिक जहाजहरूले युक्रेनी बन्दरगाह छोड्न नसकेको अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र अन्तर्राष्ट्रिय सामुद्रिक संगठन (आईएमओ) का प्रमुखहरूले बताएका हुन् । उनीहरूले शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्त, रेडक्रसको अन्तर्राष्ट्रिय समिति र डाक्टर्स विदाउट बोडर्ससलाई जहाजहरूमा आपूर्तिका लागि मद्दत गर्न ‘तत्काल कदम चाल्न’ आग्रह गर्दै पत्र पठाएको समाचार संस्था एएफपीले जनाएको छ । रुसी आक्रमणका कारण युक्रेनी समुद्र तथा बन्दरगाहमा फसेका जहाजमा खानेकुरा, इन्धन, सफा पानी र…

Read More

काठमाडौँ – अमेरिकाको न्यु योर्क शहरस्थित एक विद्यालयमा भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको छ । न्यु योर्क शहरको ब्रन्क्स जिल्लामा रहेको साउथ ब्रन्क्स विद्यालयमा बन्दुकधारीले जथाभावी गोली प्रहार गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । मृत्यु हुनेमा १६ वर्षीया किशोरी रहेको जनाइएको छ । घटनामा अरु दुई जना घाइते भएका छन् । सुरक्षा अधिकारीलाई उद्धृत गर्दै एबीसी ७ न्यु योर्कले जनाएअनुसार घटना स्थानीय समय अनुसार सबेरै दुई बज्नुभन्दा अघि भएको हो । प्रहरीले बन्दुकधारीको खोजी गरिरहेको जानएको छ । अमेरिकी संविधानको दोश्रो संशोधनमै बन्दुक राख्न र बोक्न पाउने अधिकार दिइएकाले बन्दुकले अमेरिकामा एक किसिमको संस्कृति पहिचान नै स्थापना गरेको बताइन्छ…

Read More

काठमाडौं – राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारी निलम्बन गर्ने सरकारको निर्णयको निन्दा गरेका छन् । मुलुकको अर्थतन्त्रबारे गलत अफवाह फैलाएको र गम्भीर सूचना चुहाएको भन्दै मन्त्रिपरिषद्ले छानबिन समिति गठन गरेको छ भने अर्थ मन्त्रालयले अधिकारीलाई हिजो(शुक्रबार) निलम्बन पत्र थमाएको छ। यसमा टिप्पणी गर्दै थापाले निर्णयलाई अदूरदर्शी, गैर जिम्मेवार र निन्दनीय भनेका छन् । ‘अर्थतन्त्र कमजोर बन्दै गइरहेको अवस्थामा हचुवाको भरमा नेपाल राष्ट्र बैङ्कको गभर्नरलाई निलम्बन गर्ने सरकारको निर्णय अदूरदर्शी, गैर जिम्मेवार र निन्दनीय छ,’ उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन् ।

Read More