Author: महेन्द्रनगर पोष्ट

काठमाडौं- नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले साहित्य, पत्रकारिता, ललितकला र सङ्गीत क्षेत्रमा विशिष्ट योगदान पुर्याउने छ जना स्रष्टालाई सम्मान र पुुरस्कार प्रदान गरेको छ । प्रतिष्ठानद्वारा बिहीबार यहाँ आयोजित समारोहमा यस वर्षको राष्ट्रिय कलाश्री सम्मानबाट विशिष्ट साहित्यसाधक प्ररशु प्रधान सम्मानित हुनुभएको छ । वरिष्ठ साहित्यकार मञ्जु काँचुलीलाई रु एक लाख राशिसहित राष्ट्रिय कलाश्री पुरस्कार प्रदान गरियो । कवि एवं अनुवादक केशव सिग्देललाई रु ७५ हजार राशिसहितको स–सिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार तथा साहित्यिक पत्रकार धीरेन्द्र प्रेमर्षिलाई रु ५० हजार राशिसहितको बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । ललितकलाका साधक मूर्तिकार ओम केसीलाई रु ६० हजार राशिसहितको थिरछायाँ राष्ट्रिय कलाश्री…

Read More

सुर्खेत- कर्णाली प्रदेश सरकारले स्वयंसेवक परिचालन कार्यक्रममा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । सामाजिक विकास मन्त्रालयले १३३ जना हेल्थ अस्टिस्टेण्ट, ल्याब असिस्टेण्ट, स्टाफ नर्स, सबइन्जिनियर, कम्प्युटर अपरेटर, प्राविधिक सहायक (शिक्षा) अनमी, अहेव, कृषि (जेटिए), असवइन्जिनियर, भेटनरी जेटिए, इलेक्ट्रिकल सबइन्जिनियर र अमिन गरी १३३ जना मागेको हो । यो कार्यक्रममा स्वयंसेवक भएर काम गर्नुपर्नेछ, प्रदेश सरकारले पारिश्रमिक र सेवा/सुविधा उपलब्ध गराउने छ । सुर्खेत, सल्यान, दैलेख, जाजरकोट र रुकुम पश्चिममा १२/१२ जना मागिएको छ । कालीकोट र जुम्ला १४/१४ जना र मुगु, डोल्पा र हुम्लामा १५/१५ जना मागिएको छ । योग्यता पुगेका नागरिकले १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

Read More

कैलाली- सुदूरपश्चिम प्रदेशसभाको चालु हिउँदे अधिवेशन शुक्रबार (आज)देखि अन्त्य हुने भएको छ । प्रदेश मन्त्रिपरिषको बिहीवार बसेको सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीपरिषद बैठकले अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो । बैठकले चालु नवौं अधिवेशन अन्त्यकालागि प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् अन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले जानकारी दिइन् । यस्तै, मन्त्रीपरिषद बैठकले प्रदेश निजामती कर्मचारीको आन्तरिक भ्रमण (कार्यक्रम सञ्चालन) निर्देशिका २०७८ लाई स्वीकृत गरेको छ । उनका अनुसार सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यालय डोटीमा रहने गरी स्थान तोकेको छ भने गामी वर्ष २०७९ सालमा दिइने सार्वजनिक विदाहरु पनि अनुमोदन गरेको छ । यस्तै सुदूरपश्चिम प्रदेश…

Read More

काठमाडौं- द्वन्द्वकालीन मानवअधिकार उल्लङ्घनका घटनाको छानबिन तथा अनुसन्धान गर्नुपर्ने माग गरिएको छ । शुक्रबार काठमाडौँमा सम्पन्न द्वन्द्वपीडितहरूको दुईदिने राष्ट्रिय सम्मेलनपछि २४ बुँदे घोषणापत्र जारी गर्दै गठन भएको सात वर्ष भइसक्दा पनि सम्बन्धित आयोगहरूले द्वन्द्वकालीन मानवअधिकार उल्लङ्घनको एउटै घटनाको समेत छानबिन अनुसन्धान पूरा गर्न नसकेको ठहर गरेको छ । सम्मेलनले सङ्मणकालीन न्याय प्रक्रियामा पुनरावलोकन गरी आजसम्म प्राप्त अनुभव तथा सर्वोच्च अदालतबाट स्थापित सिद्धान्त एवं अन्तर्राष्ट्रिय मूल्य, मान्यता र मापदण्डसमेतका आधारमा समयसीमा र स्पष्ट कार्ययोजनासहितको सङ्क्रमणकालीन न्याय प्रक्रिया लागू गर्न अपिल गरेको छ । द्वन्द्वपीडितले मानवअधिकारका गम्भीर उल्लङ्घन तथा ज्यादतिमा क्षमादान, माफी र मेलमिलाप नहुने सुनिश्चततासहित पीडित समुदाय एवं सरोकारवालासँगको अर्थपूर्ण परामर्श,…

Read More

सुर्खेत- सुर्खेतको वीरेन्द्रनगर कोभिड–१९ विरुद्धको पूर्ण खोपयुक्त नगरपालिका घोषणा गरिएको छ । नगरपालिकाले कोभिड खोप लगाउन लक्षित जनसङ्ख्याभन्दा बढीलाई पूर्ण मात्रा खोप लगाएपछि खोपयुक्त घोषणा गरिएको हो । प्रदेश सरकारका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले बिहीबार एक समारोहका बीच वीरेन्द्रनगरलाई पूर्ण खोपयुक्त नगरपालिका घोषणा गर्नुभएको हो । सो अवसरमा उहाँले वीरेन्द्रनगरलाई पहिलोपटक कोभिडविरुद्धको पूर्ण खोपयुक्त नगर घोषणाको दिनलाई कर्णालीका लागि ऐतिहासिक दिनका रूपमा आफूले लिएको बताउनुभयो । “कर्णालीका बाँकी ७८ वटै पालिका नागरिकलाई कोरोना खोपको पहुँचमा पु¥याई पूर्ण खोपयुक्त पालिका घोषणा खोप अभियानलाई प्रभावकारी बनाउन प्रदेश सरकार प्रतिबद्ध छ”, उहाँले भन्नुभयो, “पूर्ण खोपयुक्त पालिका बनाउन आवश्यक खोप तथा जनशक्ति उपलब्ध गराइएको…

Read More

काठमाडौं- स्थानीय तह निर्वाचनका लागि कैलाली जिल्लाको म्यादी प्रहरी भर्नासम्बन्धी अन्तिम नतिजा सार्वजनिक भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले जिल्लाको म्यादी प्रहरी भर्नासम्बन्धी अन्तर्वार्तामा उत्तीर्ण उम्मेदवारहरुको अन्तिम नामावली बिहीबार सार्वजनिक गरेको हो । म्यादी प्रहरी भर्नाका लागि लिइएको अन्तर्वार्तामा उत्तीर्ण भएका मुख्य तथा वैकल्पिक उम्मेदवारहरुको नामावली यस कार्यालयको सूचना पाटी र जिल्ला प्रहरी कार्यालय कैलालीको फेसबुक पेजमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले मुख्य तर्फ उत्तीर्ण भएका उम्मेद्वारहरुले मिति २०७८र१२र२७ गते बिहान ८ बजे सक्कल नागरिकताको प्रमाणपत्र, प्रवेश पत्र, स्थायी लेखा नम्बर ९पान कार्ड० सहित नियुक्ति पत्र बुझ्नको लागि प्रदेश प्रहरी कार्यालय धनगढीको खेल मैदानमा आउन अनुरोध गरेको…

Read More

न्यूयोर्क- कीभ र चेर्निहिभ क्षेत्रबाट रुसी सेना फिर्ताको प्रक्रिया पूरा भएको छ । अमेरिकी रक्षा मन्त्रालयका एक अधिकारीले भने, “रुसी फौजहरू कीभ र चेर्निहिभ नजिकका क्षेत्रबाट फिर्ता हुने प्रक्रिया सम्पन्न भएको छ र उनीहरू बेलारुस र रूसीको क्षेत्रमा जम्मा भएका छन् ।” “हामीले कीभ र चेर्निहिभ वरपर रुसी फौजहरू देखेका छैनौँ,” पेन्टागनका प्रवक्ता जोन किर्बीले भन्नुभयो । उहाँले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो ‘रणनीतिक लक्ष्यको शून्य उपलब्धि हासिल’ गरेको दाबी गर्नुभयो । “पुटिनले थोरै जनसङ्ख्या भएका केन्द्रहरू मात्र नियन्त्रणमा लिएका तर खार्किभलगायतका स्थानलाई कब्जा गर्न नसकेको देखिएको छ,”उहाँले भन्नुभयो । रुसले आफ्नो शक्ति पूर्वी युक्रेनको डोन्बास केन्द्रित गर्ने घोषणा गरेको…

Read More

काठमाडौं- सरकारले लामो समयदेखि रिक्त रहेका २० देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । मन्त्रिपरिषद्को आज अपराह्न भएको बैठकले परराष्ट्र सेवाबाट आठ जना र सत्ता साझेदार दलहरुको सिफारिसमा १२ जनालाई विभिन्न मुलुकका लागि राजदूतमा नियुक्तिको सिफारिस गरेको हो । राजनीतिक दलबाट सिफारिस भएका राजदूतमा नवराज सुवेदी, डा. रामस्वार्थ राय यादव, नरेश विक्रम ढकाल,ज्योति प्याकुरेल, कान्ता रिजाल, डिल्लीराज पौडेल, कैलाश पोखरेल, मिलन तुलाधर (रुस), शर्मिला पराजुली ढकाल,वासुदेव मिश्र, दानबहादुर तामाङ र विष्णुपुकार श्रेष्ठ (चीन) रहेका छन् । त्यस्तै परराष्ट्र सेवाबाट दुर्गाबहादुर सुवेदी जापान, निर्मला काफ्ले, भरतकुमार रेग्मी, सुशीलकुमार लम्साल, डोरनाथ अर्याल, तीर्थराज वाग्ले, हरिषचन्द्र घिमिरे र घनश्याम भण्डारी राजदूत नियुक्तिका…

Read More

काठमाडौं- नेपाल राष्ट्र बैंकले मुलुकमा समष्टिगत अर्थतन्त्रको अवस्था भयावह नरहेको जनाएको छ । रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा बैंकका कार्यकारी निर्देशक एवं प्रवक्ता गुणाकर भट्टले वित्तीय क्षेत्रमा देखा परेको तरलताले मुद्रास्फीतिमा दबाबका साथै मूल्य वृद्धिमा चाप परेकाले अर्थतन्त्रमा केही प्रभाव परेको भए पनि अर्थतन्त्रका आधार त्यति कमजोर नरहेको बताउनुभयो । रुस र युक्रेनको युद्धका कारण विश्व अर्थतन्त्रमा प्रभाव परेको बताउँदै उहाँले भन्नुभयो, “यसको प्रभाव मुलुकमा देखिएको छ । उत्पादन क्षेत्रमा आवश्यक कच्चापदार्थको आपूर्ति प्रभावित भएको छ । आपूर्ति प्रणालीलाई समस्या परेको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि पनि भएको बताउँदै निर्देशक भट्टले विदेशी विनिमय सञ्चिति गत वर्षको तुलनामा केही…

Read More

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले तीन करोड नेपाली जनताको शिर झुक्न नदिने गरी काम गर्ने बताउनुभएको छ । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्डले भक्तपुरमा आजदेखि सुरु गरेको छैठौँ भक्तपुर औद्योगिक सांस्कृतिक पर्यटन तथा व्यापार मेलाको उद्घाटन कार्यक्रममा उहाँले आफू पदमा रहँदा कुनै पनि विचलन हुने काम भए तत्कालै पद छाड्ने बताउनुभयो । देशका गलत तत्वलाई ठेगान लगाउन आफू मन्त्री भएको बताउँदै उहाँले कहीँकतै त्यस्ता तत्व भए खबर गर्न आह्वान गर्नुभयो । विगतका प्रत्येक मन्त्रीले क्यासिनो सञ्चालकसँग करोड लिने गरेको आरोप लगाउँदै मन्त्री आलेले भन्नुभयो, “क्यासिनोको कर उठाउन मैले पटकपटक सूचना निकालेर ताकेता गरेँ, तर…

Read More