Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – एमाले अध्यक्ष केपी ओलीले आसन्न स्थानीय तहको निर्वाचन निष्पक्ष हुनेमा आशंका व्यक्त गरेका छन् । काठमाडौंमा पार्टीको पोलिट्ब्युरोको प्रथम बैठकलाई सम्बोधन गर्दै ओलीले निर्वाचन आयोग र सत्तारुढ गठबन्धनबीच मिलेमतोको आशंका गर्दै सचेत र सावधानी अपनाउन आफ्ना नेताहरूलाई निर्देशन दिएका हुन् । एमालेसँग कुनै छलफल नै नगरी आयोगले नियम र आचारसंहिता बनाएको भन्दै ओलीले चुनाव निष्पक्ष हुनेमा आशंका व्यक्त गरे । मतदानदेखि मतगणना नहुँदासम्म मतपत्रको रक्षा गर्न ओलीले निर्देशन दिएका हुन् । स्थानीय तहको निर्वाचन आउँदो ३० वैशाखमा हुँदै छ ।

Read More

काठमाडौं – अभिनेता राजेश हमालले नवलपरासी पूर्वको देवचुली नगरपालिका १७ स्थित नारायणी नदी किनारको सरसफाईमा गरेका छन् । उनी सोमबार बिहान ७ बजेदेखि ९ बजेसम्म हमालले नदी किनारमा जम्मा भएका प्लास्टिकजन्य र दाहसंस्कार गर्दा फ्याँकिएका लुगासहितका फोहोरमैला सरसफाइ र व्यवस्थापन गरेका हुन् । स्थानीय सिसवार चितवन टाइगर रिसोर्टले आयोजना गरेको नदी किनार सरसफाइ कार्यक्रममा अभिनेता हमालसहित स्थानीय समेत जुटेका थिए । कार्यक्रममा हमालले स्थानीय संस्था, ब्यवस्थापन समितिहरुलाई पनि नदी किनारको नियमित सरसफाईमा सक्रिय हुन आग्रह गरे । ‘आज हामीले एकदिन, केहीबेर सफाई गरेर सधैंका लागि यो सफल हुने त होइन, तर सबैमा सचेतनाको सन्देश फैलाउनु आजको उद्देश्य हो’ हमालले थपे ‘यहाँ…

Read More

पोखरा – पोखरामा रहेका भूमिहीन सुकुम्वासीले महानगरपालिकाले भूमिहीनको समस्या समाधान आयोगलाई असहयोग गरेको भन्दै कार्यालय घेरेका छन् । सोमबार न्यूरोडस्थित महानगर कार्यालयअघि उनीहरूले नाराबाजीसहित प्रदर्शन गरेका हुन् । उनीहरूले भ्रष्टाचारको विरोध गरेका छन् भने तत्कालै भूमिहीनको समस्या समाधान गर्न माग गरेका छन् । पोखरा महानगरपालिकामा मात्रै करिब ४० ठाउँमा सुकुम्वासी छन् । जिल्लाभर ४५ देखि ५० हजार सुकुम्वासी रहेको प्रारम्भिक अनुमान छ । काजी पोखरीको सुकुम्वासी टोलमा बस्दै आएका रमेश बल्कोटी पटक पटक ध्यानाकर्षण गराउँदासमेत महानगरले अटेर गरेको बताउँछन् । ‘यति समय भयो । धेरै मागपत्र बुझायौँ । भेटेर सल्लाह पनि गर्‍यौँ । हुन्छ भन्छन् तर काम गर्दैनन्,’ उनले भने,…

Read More

एजेन्सी – युक्रेनले मारिउपोल शहर आत्मसमर्पण गर्न रुसले दिएको चेतावनी अस्वीकार गरेको छ । युक्रेनी उपप्रधानमन्त्री इरिना भेरेश्चुकले शहरलाई आत्मसमर्पण गर्ने वा हतियार बिसाउने सवाल नै नरहेको बताएकी हुन् । यसअघि रुसी फौजका जनरल मिखाइल मिजिन्त्सेभले मस्कोको समयअनुसार सोमबार बिहान ५ बजेभित्र मारिउपोलबाट युक्रेनी फौज र ‘भाडाका विदेशी लडाकु’ ले शहर छाडेर आत्मसमर्पण गर्न अल्टिमेटम दिएका थिए । यसो गरेको खण्डमा शहरमा फसिरहेका मानिसलाई सुरक्षित स्थानमा जान दिने रुसी प्रस्ताव थियो । तर युक्रेनले सो अल्टिमेटमलाई अस्वीकार गरेको छ । हाल रुसी फौजको चौतर्फी घेराबन्दीमा परेको मारिउपोल शहरमा ३ लाख भन्दा धेरै मानिसहरू फसिरहेको अनुमान गरिएको छ । यो शहरमा…

Read More

चितवन – नेपाल पत्रकार महासङ्घका अध्यक्ष बिपुल पोख्रेलले नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)सामावेशी र सामाजिक मुद्दा उठाउने महत्वपूर्ण संस्थाका रुपमा विकास भएको बताएका छन्। देशैभरबाट राष्ट्रिय महाधिवेशनमा सहभागी हुन सौराहा आएका फोनिज सदस्यको स्वागतमा नेपाल प्रेस युनियन चितवन शाखाले आयोजना गरेको कार्यक्रममा उनले समावेशिताको अभ्यासले राष्ट्रियतालाई बलियो बनाउने बताए ।अध्यक्ष पोख्रेलले सञ्चारमाध्यमहरुबाट सबै वर्ग र समुदायको भाषामार्फत आफ्ना कुरा अघि बढाउन प्रयास गरेको फोनिजसँग महासङ्घले सहकार्य गरेर अघि बढिरहेको जानकारी दिए ।  फोनिजका वरिष्ठ उपाध्यक्ष गजुरधन राईले राष्ट्रिय एकतालाई सर्वोपरी ठानेर फोनिज पत्रकारिता क्षेत्रमा लागेको बताए । आइतबारदेखि सुरु भएको फोनिजको सातौँ राष्ट्रिय महाधिवेशनले आज नयाँ नेतृत्व चयन गर्नेछ…

Read More

काठमाडौं – नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटी बैठक कपिलवस्तुमा आज (सोमबार) पनि जारी छ । आजको बैठकमा महासचिव नेत्रविक्रम चन्द को प्रतिवेदनमाथि छलफल भइरहेको छ । तीन दिनदेखि शिवराज नगरपालिका(९ को भगवानपुरमा पार्टीको निर्माणाधिन केन्द्रीय कार्यालयमा जारी बैठक स्थानीय चुनावमा सहभागी हुने कि नहुने भन्ने निर्णयका लागि महत्वपूर्ण मानिएको छ । बैठकमा महासचिव चन्दले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी रहेको नेताहरुले जनाएका छन् । बैठकमा ६९ जना केन्द्रीय सदस्य मध्ये ६७ जना र ७ जना केन्द्रीय सल्लाहकार मध्ये ४ जना सहभागी भएका छन् ।

Read More

कर्णाली – कर्णाली प्रदेशका प्रमुख तिलक परियारले पाँच विधेयक प्रमाणीकरण गरेका छन्। उनले आइतबार ‘प्रदेश स्वास्थ्य सेवा प्रवाह सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८’, ‘कर्णाली प्रदेश व्यापार व्यवसायको दर्ता तथा सञ्चालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८’, ‘प्रदेश औद्योगिक व्यवसायका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८’, ‘कर्णाली प्रदेशभित्रको राष्टिय वन संरक्षण र सुव्यवस्था गर्न बनेको विधेयक, २०७८’ र ‘प्रदेश पर्यटन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८’ प्रमाणीकरण गरेका हुन् नेपालको संविधानको धारा, २०१ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख परियारले ती विधेयक प्रमाणीकरण भएको कर्णाली प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव भीमराज थानीले जानकारी दिए ।

Read More

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले आज मोरङ पुगेर सुन्दरहरैचा नगरको नगर अस्पताल उद्घाटन गरेका छन्। नगरपालिकाको हरैचा चोकमा निर्माण गरेको अस्पताल उद्घाटन गर्न प्रधानमन्त्री आज बिहान मोरङ पुगेका हुन्। नवनिर्मित अस्पताल ३५ शय्या क्षमताको छ। प्रधानमन्त्री देउवाले सुन्दरहरैचा नगरको भवन पनि शिलान्यास गरेका छन्। उनी आजै पाँचथर र ताप्लेजुङ पनि जाने कार्यक्रम छ।

Read More

काठमाडौं – साताको दोस्रो दिन आज सोमबार सुनको मूल्यमा सामान्य बृद्धि भएकाे छ। आज सुन प्रतितोला ३ सय रुपैयाँले बढेको हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाकाे ९९ हजार ५ सय रुपैयाँ ताेकिएकाे छ । यस्तै, तेजाबी सुनको मूल्य आज ९९ हजार रुपैयाँ कायम भएर कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा ९९ हजार २ सय रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९८ हजार ७ सय रुपैयाँ कायम रहेको महासंघले जनाएको थियो । आज सुनको मूल्य बढेको दिन चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी प्रतितोला १३…

Read More

काठमाडौँ – शुक्रबारचिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आउने भएका छन् । तीनदिने नेपाल भ्रमणको सिलसिलामा चैत ११ देखि १३ गतेसम्म नेपालको भ्रमण आउने भएका हुन् । कार्यक्रमअनुसार चिनियाँ विदेशमन्त्री वाङ चैत ११ गते बेलुकी काठमाडौँ आइपुग्ने छन् । वाङको महत्त्वपूर्ण कार्यक्रमहरु सबै चैत १२ र १३ गतेलाई राखिएको छ। नेपाल र चीन दुबै देशले वाङको नेपाल भ्रमणको आज औपचारिक घोषणा गर्दैछन्। नेपाल भ्रमणको बेला उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अन्य प्रमुख दलका शीर्ष नेताहरुसँग शिष्टाचार भेट गर्ने कार्यक्रम समेत तय गरिएको छ।

Read More