Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – आसन्न स्थानीय तह निर्वाचनलाई केन्द्रित गरी नेकपा (माओवादी केन्द्र)ले जनकपुरमा आज मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्न लागेको छ । जनकपुरस्थित तिरहुतियामा आयोजना हुने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज जनकपुर जान लागेका छन् । जनकपुरधाममा पहिलोपटक हुन लागेको प्रशिक्षण कार्यक्रममा करिब दुई हजार ५०० जना नेता तथा कार्यकर्ताको सहभागिता रहने माओवादी केन्द्र मधेस प्रदेशका अध्यक्ष प्रह्लाद बुढाथोकीले जानकारी दिए। सो प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्रको मधेस प्रदेशमा रहेका केन्द्रीय सदस्यहरू, प्रदेश समितिका प्रतिनिधि, जिल्ला समितिका प्रतिनिधि, जनवर्गीय सङ्गठनका प्रतिनिधिलगायतकोे सहभागिता रहने जनाइएको छ ।

Read More

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले प्रधानमन्त्री र अर्थमन्त्रीसँग सिलाइ सामग्री खरिदमा भन्सार छुट दिने कुरा गर्ने आश्वासन दिएका छन् । नेपाल कपडा तथा सिलाइ व्यवसायीको दोस्रो साधारणसभामा मन्त्री आलेले कोभिडका कारण सिलाइ व्यवसाय धरासायी भएकाले उक्त व्यवसाय गर्दा चाहिने सामग्री खरिदमा भन्सार छुटका लागि पहल गर्ने आश्वासन दिएका हुन् । सिलाइ व्यवसाय सबैलाई उपयुक्त हुने व्यवसाय भएकाले आफू उक्त व्यवसायको सधैँ सम्मान गर्दै आएको बताए । उनले भने, ‘पेशा सबैको सम्मानित नै हुन्छ तर सिलाइ व्यवसाय भनेको झनै सम्मानित पेशा हो, सिलाइ व्यवसायीलाई सबैले सम्मान गर्नुपर्छ ।’ मन्त्री आलेले नेपाल कपडा तथा सिलाइ व्यवसायीका समस्या समाधानका…

Read More

काठमाडौं – बलिउड अभिनेत्री सोनम कपुर आमा बन्दैछिन् । सामाजिक सञ्जाल इन्स्टाग्राम आफ्नो बेबी बम्पको तस्वीर सेयर गरेकी छिन् । आफूहरु बच्चाको व्यग्र प्रतीक्षामा रहेको संकेत गर्दै उनले आफू गर्भवती रहेको जानकारी दिएकी हुन् । तस्वीरमा उनी आफ्ना श्रीमान आनन्द आहुजासँग देखिन्छिन् । सोनमले यो तस्वीर सेयर गर्दै लेखेकी छन्, ‘चार हात, जो जतिसक्दो राम्रो तरीकाले तपाईंको पालनपोषण गर्न सकुँ, यो दिल तपाईंकै लागि धड्किरहेछ । एक परिवार जसले तपाईंलाई माया र सहयोग दिन्छ । हामी तपाईंको आगमनको प्रतीक्षा गरिरहेका छौं ।’

Read More

काठमाडौँ – आईसीसी क्रिकेट वर्ल्ड कप लिग २ अन्तर्गत नेपालले मंगलबार पीएनजीको सामना गर्दै छ । यूएईको दुबईस्थित क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार सवा ११ बजे सुरु हुनेछ। यो सिरिजको पहिलो खेलमा नेपालले पीएनजीमाथि संघर्षपूर्ण जित हात पारेको थियो।सिरिजमा पीएनजीले पनि ३ खेलमा १ मात्र जित हात पारेको छ। उसले पछिल्लो खेलमा यूएईलाई हराएको थियो। लिगमा पीएनजीको यो पहिलो जित थियो। लिगको पुछारमा रहेको पीएनजीले १५ खेलबाट २ अंक जोडेको छ।नेपालले भने ११ खेलबाट १० अंक हात पारेको छ। लिगको शीर्ष तीन स्थानमा रहने टोलीले सोझै विश्वकप छनोट खेल्न पाउनेछन्।

Read More

काठमाडौं- ग्रीन भेन्चर्स लिमिटेडले आजदेखि सर्वसाधारणलाई धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारणलाई प्रतिकात्ता १०० रुपैयाँ अंकित मूल्यमा ३१ करोड २५ लाख बराबरको ३१ लाख २५ हजार कित्ता साधारण सेयर निष्काशन गरेको हो । सार्वजनिक निष्कासन गरेको सेयरमध्ये ३ प्रतिशत अर्थात ९३ हजार ७५० कित्ता कम्पनीको कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् १ लाख ५६ हजार २५० कित्ता सामुहिक लगानी कोषहरुमा बाँडफाँड गरिने कम्पनीको आह्वान पत्रमा उल्लेख छ । बाँकी रहेको २८ लाख ७५ हजार कित्ता सेयरका लागि भने सर्वसाधारणले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ छिटोमा चैत ११ गते र ढिलोमा चैत २२ गतेसम्म भर्न…

Read More

काठमाडौँ – पूर्वमन्त्री प्रेमबहादुर सिंह र अभिनेत्री करिश्मा मानन्धर मंगलबार नेकपा एमालेमा प्रवेश गर्दै छन् । समाजवादी जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रेमबहादुर सिंहको नेतृत्वमा रहेको सिंगै दल र अभिनेत्री करिश्मा मानन्धरलगायत आज एमाले प्रवेश गर्ने कार्यक्रम रहेको छ। मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय थापाथलीमा अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई पार्टी प्रवेश गराउने कार्यक्रम रहेको छ। समाजवादी जनता पार्टीका अध्यक्षसमेत रहेका सिंहको पार्टी नै एमालेमा समाहित हुन लागेको हो। सिंह तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको मन्त्रिपरिषदमा पनि २०७३ सालमा खानेपानी मन्त्री भएका थिए। अभिनेत्री मानन्धर पहिले नयाँ शक्ति पार्टीमा सक्रिय थिइन्। उनी पनि आफ्नो समूहसहित एमालेमा प्रवेश गर्न लागेकी…

Read More

काठमाडौं – सर्वोच्च अदालतमा निर्वाचित जनप्रतिनिधिले पुनः उम्मेदवार हुन पदबाट राजीनामा दिनुपर्ने निर्वाचन आयोगको आचारसंहिता खारेजीको माग गर्दै रिट निवेदन दायर गरिएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले निर्वाचन आयोगले तयार पारेको आचारसंहिता खारेज हुनुपर्ने माग गर्दै रिट निवेदन दायर गरेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए । आयोगले बनाएको आचारसंहिता गैरकानूनी भएको तथा केन्द्र र प्रदेशको हकमा नपर्ने तर स्थानीय तहका प्रतिनिधिलाई मात्र लक्षित गरेर बनाइएको आचारसंहिता गैरकाकानूनी भएको रिट निवेदनमा छ । निर्वाचन आयोगले आगामी वैशाख ३० गते ७५३ वटै स्थानीय तहको निर्वाचन एकैपटक गर्ने तय गरेको छ भने निर्वाचनमा फेरि उठ्न चाहने जनप्रतिनिधिले…

Read More

कैलाली – डोटीमा यात्रुबाहक बस दुर्घटना हुँदा ४ जना घाइते भएका प्रहरीले जानकारी दिएको छ। जिल्लाको बडीकेदार गाउँपालिका वडा नं-१ अलाडीमा बस दुर्घटना भएको हो। दुर्घटनामा चारजना घाइते भएका र अन्य यात्रु भने सकुशल रहेका प्रहरीले जनाएको छ। घाइते ४ जनालाई उपचारका लागि धनगढी पठाइएको इलाका प्रहरी कार्यालय विपीनगरका प्रहरी निरीक्षक मोहन साउदले बताए। डोटीको घाङगलबाट कैलालीको जोशीपुरका लागि छुटेको ना ४ ख ३६०७ नम्बरको बस अलाडी स्थित मोहन्याल मन्दिर नजिक दुर्घटनामा परेको हो। प्रहरीका अनुसार बसमा २२ जना सवार थिए। घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। बस दुर्घटनाका कारण भने खुल्न सकेको छैन।

Read More

कैलाली – ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’ मा विभागीय टोली त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेशले विजयी सुरुआत गरेका छन्। धनगढीमा आजदेखि सुरु भएको प्रतियोगिताअन्तर्गत उद्घाटन खेलमा आर्मी र दोस्रो खेलमा घरेलु टोली सुदूरपश्चिम विजयी भएका हुन्। पहिलो खेलमा आर्मीले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटले हरायो। आर्मीले कर्णालीलाई २५–१८, २५–१० र २५–१६ को सेटमा हराएको हो। यस्तै दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले मधेस प्रदेशलाई २५–१७, २५–२२ र २५–२२ को सोझो सेटले पराजित गरेको छ। सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा सुरु भएको प्रतियोगिताको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरे। सो अवसरमा उनले खेलकुदलाई चलायमान बनाउनका लागि प्रदेश सरकार प्रतिबद्ध…

Read More

दार्चुला – चैत महिना शुरू भएसँगै दार्चुलामा भिटौला पर्व शुरू भएको छ । भाइबहिनीको प्रेम पर्वका रुपमा रहेको भिटौला खास गरेर दार्चुला, बैतडी र सीमावर्ती भारतीय गाउँतिर बिहे भइसकेकी चेलीबेटीलाई माइती पक्षकातर्फबाट दाजुभाइले भेट्ने चलनको रुपमा प्रचलित छ । चैत्र १ गते देखि चेलीबेटीलाई भेट्ने दिन शुरू हुन्छ । चैत महिना खडेरीको महिना पनि हो । यो महिनामा भण्डारण गरेर राखेको खाद्यान्न पनि सकिएर जाने हुनाले चेलीबेटीलाई माइतीले खानेकुरा लगेर भेट्ने चलन रहिआएको छ । लेकमका इन्द्रदेव जोशीका अनुसार अहिले भिटौला पर्वको महत्व झन बढ्दै गएको छ । पुरानो पुस्तादेखि युवापुस्तासम्म यो संस्कृतिको निरन्तरता भइरहेको छ । होली पर्वको महत्वजस्तै…

Read More