धनगढी: सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख डिआईजी रविन्द्र केसीले सीमानाकामा कडाई गराएका छन्। केसीले लगातार सीमाको निगरानीमा केन्द्रित गतिविधि बढाईरहेका छन्। यस्तै उनले मातहत प्रहरी कार्यालय र कर्मचारीलाई पनि कडाईका लागि निर्देशन दिएका छन्। हिजोमात्रै केसीले कञ्चनपुर जिल्लाका विभिन्न इलाका प्रहरी कार्यालयहरूको आकस्मिक अनुगमन गरेका थिए। केसीले बुधबार इलाका प्रहरी कार्यालय त्रिभुवनवस्ती, बेलौरी तथा अस्थायी ट्राफिक प्रहरी पोष्टहरूमा पुगेर अनुगमन गरेका हुन्। अनुगमनका क्रममा केसीले प्रहरी अधिकृत तथा जवानहरूलाई आवश्यक निर्देशन दिए। साथै उनले विपद् व्यवस्थापन तथा उद्धारका लागि सदैव तत्पर रहन र भन्सार छली तथा लागू औषध नियन्त्रणमा कडाई गर्न निर्देशन दिए। उनले तस्करहरूसँगको मिलेमतो रोक्न, सवारी दुर्घटना न्यूनीकरणका लागि…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं: तीन देशले इन्टरपोलको कार्यकारी कमिटी निर्वाचनका लागि नेपालको सहयोग मागेका छन्। उनीहरूले नेपाल प्रहरीसँग सहयोग मागेका हुन्। तीनमध्ये दुर्ई देश चीन र भारत हुन् भने अर्कोमा कतार रहेको छ। अन्य मुलुकका प्रहरीले पनि उम्मेदवारी दिने सम्भावना छ। आउँदो नोभेम्बरमा बेलायतको ग्लास्गोमा हुने अन्तर्राष्ट्रिय प्रहरी संगठनको सम्मेलनले १३ सदस्यीय कार्यकारी कमिटी गोप्य मतदानका आधारमा चयन गर्नेछ। कमिटीमा एशियाबाट ३ देश, युरोपका ४, अमेरिका ३ र अफ्रिका महादेशबाट ३ जना निर्वाचित हुनेछन्। उक्त कमिटीको कार्यकाल चार वर्षको हुनेछ। इन्टरपोलको हेडअफिस फ्रान्सको लियोनमा छ भने यसको सदस्यता १९६ मुलुकले लिएका छन्। नेपाल सरकारले भने संयुक्त राष्ट्रसंघमार्फत इन्टरपोलका निम्ति वार्षिक ०.०३ खर्च उपलब्ध…
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी संस्था बचत रकम दुरुपयोग छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिलाई बयान दिने भएका छन्। बुधबार भएको पार्टीको केन्द्रीय समितिको बैठकमा सभापति लामिछानेले समितिले आफुलाई भदौ ७ गते आफूलाई बयानको लागि बोलाएको जानकारी गराएका हुन्। यसअघि पनि पटकपटक बयानका लागि बोलाइए पनि उनी गएका थिएनन्। समितिले छानबिनको क्रममा यसअघि रास्वपाका सहमहामन्त्री विपिन आचार्यसँग बयान लिइसकेको छ। छानबिनको अन्तिम चरणमा रहेको र लामिछानेको बयानपछि प्रतिवेदन लेखेर संसदमा पेश गर्ने समितिको तयारी छ।
काठमाडौँ : भदौ लागिसक्दा समेत देशका २८ स्थानीय तहले अझै बजेट ल्याउन सकेका छैनन्। भदौको पहिलो हप्तासम्म पनि बजेट ल्याउन नसक्ने स्थानीय तहमध्ये २० गाउँपालिका र ८ नगरपालिका छन्। नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन २०७४ बमोजिम स्थानीय सरकारहरूले हरेक वर्षको असार १० गतेसम्म आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट नगर/गाउँसभामा पेस गरिसक्नुपर्ने व्यवस्था छ। पालिकाहरूले असार मसान्तसम्म बजेट पारित गरिसक्नुपर्छ। तर, २८ स्थानीय तहले भने अझै बजेट ल्याउन नसकेका हुन्। बजेट ल्याउन नसक्ने २० गाउँपालिकामध्ये सबैभन्दा बढी (१४ वटा) मधेस प्रदेशका छन्। यस्तै बजेट पास गर्न नसकेका ८ नगरपालिकामध्ये पनि सबैभन्दा…
काठमाडौं : प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले नेपाल प्रहरीको इतिहास, परम्परा, साहित्य, कला र संस्कृतिको प्रवर्द्धन, संरक्षण र जगेर्ना गर्ने कार्यमा नेपाल प्रहरीका बहालवाला तथा अवकाश प्राप्त प्रहरी स्रष्टा एवम् कलाकारहरूले निर्वाह गरेको भूमिका ज्यादै प्रशंसनीय रहेको बताएका छन् । नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित प्रहरी सर्जक तथा कलाकार भेटघाट कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताएका हुन् । सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले समाजमा अपराध नियन्त्रण, अनुसन्धान तथा शान्ति सुरक्षा कायम गर्ने कार्यको साथै साहित्य, कला, खेलकुद र सामाजिक सेवा जस्ता क्षेत्रमा विभिन्न भूमिकामा रहेर नेपाल प्रहरीले अतुलनीय योगदान गर्दै आइरहेको चर्चा…
काठमाडौं: भारतको सिक्किम सरकारले सरकारी सूचना र राजपत्रहरु नेपाली भाषामा पनि प्रकाशित गर्ने निर्णय गरेको छ। त्यहाँको गृह विभागले अबदेखि आधिकारिक सूचना र राजपत्रहरु अंग्रेजी र नेपाली दुवै भाषामा प्रकाशित गरिने जानकारी दिएको हो। विभागले आज सूचना जारी गर्दै सिक्किम आधिकारिक भाषा ऐन, १९७७ ले नेपाली भाषालाई आधिकारिक भाषाको रुपमा मान्यता दिएको जनाएको छ। भारतको संविधानले पनि नेपाली भाषालाई सूचिकृत गरेकाले त्यसको प्रयोगलाई अनिवार्य गरिएको विभागको भनाइ छ। सिक्किमे जनताको सांस्कृतिक सम्पदा र पहिचानमा नेपाली भाषाको महत्वलाई उचित रुपमा स्वीकार गर्दै सरकारी सूचना र सेवाहरुमा समान पहुँच सुनिश्चित गर्नका लागि सो निर्णय गरिएको सूचनामा उल्लेख छ। ‘सिक्किमे जनताको सांस्कृतिक सम्पदा…
धनगढी : डोटीमा श्रीमानले हँसिया प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। जिल्लाको पूर्विचौकी गाउँपालिका-५ उपरकाँडाका ५० वर्षीय पदी साउदले हँसिया प्रहार गरी बुधवार ४५ वर्षीय श्रीमती नरु साउदको हत्या गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक (डिएसपी) भिमलाल भट्टराईका अनुसार मङ्गलवार दिउँसो करिब ३ बजेतिर पदीले आफ्नै घरको आँगमा हँसियाले घाटी रेटेर श्रीमतीको हत्या गरेको जनाएका छन्। घटनामा संलग्न पदी साउदलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान भइरहेको डिएसपी भट्टराईले बताएका छन्।
काठमाडौं: नेपाल प्रहरीको ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दिइएको छ। बुधबार प्रहरीका वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठसहित २१ जना प्रहरी अधिकारीले सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन्। नेपाल प्रहरीमा ९० जना र सशस्त्र प्रहरीमा १८ जना गरी १०८ जना प्रहरी अधिकारीहरु ३० वर्षे सेवा अवधिका कारण यही १५ भदौमा अनिवार्य अवकाशमा जाँदैछन्। उमेर हद बाँकी नै रहँदा पनि ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जानुपर्ने भएपछि उनीहरु अदालत गएका हुन्। उनीहरुले दिएको रिट निवेदन दर्ता भएको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले बताए। ३० वर्षे सेवा अवधिका आधारमा अनिवार्य अवकाशको व्यवस्था खारेज गर्न र रिटको टुंगो…
धनगढी : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) कैलाली अध्यक्षमा तपेन्द्र शाह चयन भएका छन् । २१ औं जिल्ला सम्मेलनबाट शाह अध्यक्ष चयन भएका हुन । बुधबार सुखडमा सम्पन्न अधिवेशनले शाहको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला समिति चयन गरेको छ। अधिवेशनबाट उपाध्यक्षहरुमा राजु पुन मगर, सन्तोष राना क्षेत्री, बम बहादुर बि.क. र प्रिया गौतम चयन भएका छन् । यस्तै सचिवमा गोपाल रेग्मी, सहसचिवहरूमा सुनिता रोकाया, अर्जुन खत्री, नरेश जैशी, रोजि साउद र कोषाध्यक्षमा बिनिता चौधरी चयन भएका छन् । सम्मेलनले सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई बधाई दिँदै आगामी दिनमा संगठनलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
धनगढी : दार्चुलाको शैल्यशिखर नगरपालिकाका मेयर विजय सिंह धामीसहित ४ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । मेयर धामीसहित उनका छोरा पुष्कर सिंह धामीसहित चार जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जतीको मुद्दा दर्ता गरिएको हो। अधिवक्ता बीरभद्र जोशीद्वारा दायर उक्त मुद्दामा तीन वर्ष कैद सजायको माग गरिएको छ। अदालतले उनीहरूलाई २१ दिनभित्र हाजिर हुन आदेश दिएको छ। मुद्दामा आरोपित अन्य व्यक्तिहरूमा शैल्यशिखर नगरपालिकाका सवारी चालक सुरेश बिष्ट र लेखा शाखामा कार्यरत रामसिंह धामीसमेत छन्। फराद-पत्र अनुसार, अधिवक्ता जोशीले आफ्नो मानहानी भएको भन्दै उक्त मुद्दा दर्ता गरेका हुन्।