धनगढी : दार्चुलाको शैल्यशिखर नगरपालिकाका मेयर विजय सिंह धामीसहित ४ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।
मेयर धामीसहित उनका छोरा पुष्कर सिंह धामीसहित चार जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जतीको मुद्दा दर्ता गरिएको हो।
अधिवक्ता बीरभद्र जोशीद्वारा दायर उक्त मुद्दामा तीन वर्ष कैद सजायको माग गरिएको छ।
अदालतले उनीहरूलाई २१ दिनभित्र हाजिर हुन आदेश दिएको छ।
मुद्दामा आरोपित अन्य व्यक्तिहरूमा शैल्यशिखर नगरपालिकाका सवारी चालक सुरेश बिष्ट र लेखा शाखामा कार्यरत रामसिंह धामीसमेत छन्।
फराद-पत्र अनुसार, अधिवक्ता जोशीले आफ्नो मानहानी भएको भन्दै उक्त मुद्दा दर्ता गरेका हुन्।
Facebook Comments Box