Author: महेन्द्रनगर पोष्ट

काठमाडाैं : टिकापुर घटनामा संग्लन आरोपमा तीनै तहको अदालतबाट सर्वस्वसहित जन्मकैद तोकिएका रेशम चौधरीलाई छाडिनु विवादास्पद रहेको राष्ट्रिय सभाको सांसद् हरिराम चौधरीले बताएका छन्। शुक्रबार राष्ट्रिय सभामा बजेटमाथी चलेको छलफलमा बोल्ने क्रममा चौधरीले रेशम चौधरीलाई छाडिएर सोही मुद्धामा पक्राउ परेका अरु सामान्य थारु युवा तथा नेतालाई नछोडिनुमा शंका व्यक्त गर्दै यसले समाजमा अर्को वितण्डा मच्याउने प्रयास भएको बताएका छन्। उनले भने,’टिकापुर घटनामा दुई दर्जन बढि पक्राउ परेका छन्। सर्वस्वसहित जन्मकैद पाएका रेशम चौधरीलाई छोड्दा अरु सामान्य थारु युवा तथा नेताहरुलाई किन छाडिएन रु सरकारलाई रेशम चौधरी निर्दोष लाग्छ भने सोही घटनाका अरु सामान्य थारु नेता किन जेलमा छन्?’ उनले सरकारको…

Read More

काठमाडौं : भारत सरकारले सहयोगस्वरुप दिने भनिएको १५ मुर्रा जातको राँगाबारे देशभर चर्चा छ। तर भारतबाट नेपाल आइपुग्न भने दुई महिना लाग्ने पशु सेवा विभागका सूचना अधिकारी चन्द्र ढकालको भनाइ छ। नश्ल सुधारका लागि नेपाल ल्याउन लागिएको मुर्रा जातको राँगाको प्राविधिक टोली भारत गएर अध्ययन गरिसकेपछि मात्र ल्याइने छ। नेपाल ल्याएपछि राँगालाई पशु सेवा विभाग मातहतका राष्ट्रिय पशु प्रजनन कार्यालय ९पोखरा, नेपालगञ्ज र लहान०मा व्यवस्थापन गरी वीर्य उत्पादन गरिनेछ। सूचना अधिकारी ढकालका अनुसार मुर्रा राँगाका लागि विशेष प्रकारको गोठ र उनीहरूको शारीरिक बनावटको आधारमा दानापानी व्यवस्थापनका लागि पशु विज्ञ खटिने छन्। ढकालले भने, ‘स्थानीयस्तरबाट आएको जानकारीअनुसार मुर्रा भैँसीको मूल्य रु…

Read More

डडेल्धुरा : डडेल्धुरामा जीप दुर्घटना भएको छ। निम्तोलादेखि डडेल्धुरा सदरमुकाम आइरहेको से१ज ३२९ नम्बरको जीप आज बिहान ९ बजे जिल्लाको नवदुर्गा गाउँपालिका–१ कोटेलीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डिएसपी मनोहर भट्टले बताए । दुर्घटनामा परि ९ जना घाइते भएको उनले बताए। घाइतेहरुको उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको डिएसपी भट्टले बताए। जीप चालक सोही ठाउँका ५७ वर्षीय राजबहादुर बोहरा रहेको र बाख्रालाई बचाउने क्रममा जीप अनियन्त्रित भइ सडकमै पल्टिएको प्रहरीले जनाएको छ।

Read More

कञ्चनपुर : कञ्चनपुरको बेलौरी नगरपालिकामा आजदेखि गर्मी बिदा दिएको छ। अत्याधिक गर्मी हुनथालेपछि नगरपालिकाले बिहीवार एक सूचना जारी गर्दै ५ दिन बिद्यालय बन्द गर्ने निर्णय गरेको हो। नगरपालिकाले आज ९शुक्रवार० जेठ २६ गते देखि ३० गतेसम्म बिद्यालय बन्द गर्न पालिका भित्रका सबै सामुदायिक र संस्थागत बिद्यालयलाई अनुरोध गरेको छ। अत्यधिक गर्मीका कारण शिक्षक र विद्यार्थीहरुको स्वास्थ्यमा प्रतिकुल असर परिरहेको हुँदा वर्षे विदाबाट मिलान हुने गरि यही जेठ २६ गतेदेखि ३० गतेसम्म विद्यालय बन्द गर्न पालिकाले सूचनामार्फत अनुरोध गरेको छ।

Read More

धनगढी: जिल्ला न्यायाधीशका लागि जागिर खुलेको छ । न्याय सेवा आयोगले २९ जना जिल्ला न्यायाधीश नियुक्तिका लागि जागिर खुलाएको हो ।  आज एक विज्ञापन प्रकाशित गर्दै न्याय सेवा आयोगले आन्तरिक खुलाबाट १५ जना, खुलामा ७ जना, महिला २ जना, आदिवासी÷जनजाति २ जना, मधेसी २ जना र दलित १ जना गरी २९ जनाका लागि दरखास्त आव्हान गरेको हो।  विज्ञापन प्रकाशन भएको दिन आजदेखि ३० दिनभित्र दरखास्त दिन सकिने आयोगले जनाएको छ। भदौंं १६ देखि भदौं २० सम्म परीक्षा हुने पनि जारी सूचनामा उल्लेख छ । 

Read More

धनगढी: धनगढीको कैलाली बहुमुखी क्याम्पसले बढ्दो गर्मीलाई मध्यनजर गर्दै बिदा दिएको छ। क्याम्पसले जेठ २८ गतेदेखि लागू हुने गरि असार १८ गतेसम्मका लागि गर्मी बिदा दिएको हो। तर बिदा अवधिमा पनि क्याम्पस प्रशासन भने खुला रहने जनाइएको छ।

Read More

काठमाडौँ : जिल्ला न्यायाधीशका लागि जागिर खुलेको छ । न्याय सेवा आयोगले २९ जना जिल्ला न्यायाधीश नियुक्तिका लागि जागिर खुलाएको हो । आज एक विज्ञापन प्रकाशित गर्दै न्याय सेवा आयोगले आन्तरिक खुलाबाट १५ जना, खुलामा ७ जना, महिला २ जना, आदिवासी÷जनजाति २ जना, मधेसी २ जना र दलित १ जना गरी २९ जनाका लागि दरखास्त आव्हान गरेको हो। विज्ञापन प्रकाशन भएको दिन आजदेखि ३० दिनभित्र दरखास्त दिन सकिने आयोगले जनाएको छ। भदौंं १६ देखि भदौं २० सम्म परीक्षा हुने पनि जारी सूचनामा उल्लेख छ । दरखास्तका लागि २ हजार परीक्षा दस्तुर तोकिएको छ भने समावेशी पदका लागि थप ५ सय…

Read More

लखनउ : लखनउको अदालतमा कुख्यात सञ्जीव जीवालाई गोली हानेर हत्या गर्ने विजय यादवको तार नेपालसँग जोडिएको छ ।  पुलिस हिरासतमा माफिया अतीक अहमद र अशरफको हत्याको मामिला शान्त नभएको जनाउँदै भारतीय मिडिया अमर उजालले सो गोली काण्डमा पक्राउ परेका बिजय यादव सो नेपाल आएको र त्यही डिल गरेर फर्के पछि अदालतमा गोली हानेको जनाएको छ । सो मिडियाका अनुसार उनले नेपालमा ठूला माफियासँग सम्पर्कमा रहे, जुन कुरा यादवले भारतीय प्रहरीलाई बताएका छन् । नेपालका एक व्यक्तिले उनलाई जीवाको फोटो देखाएर मार्ने ठेक्का दिएको थियो, जुन ठेक्काका लागि भारतीय २० लाख रुपैयाँमा सम्झौता भएको थियो । जसका लागि सुरुमा पाँच हजार…

Read More

एजेन्सी: अमेरिकी सैन्य सुराकी विश्लेषक तथा कूटनीतिज्ञ काठमाडौं आएकी छन् । भिक्टोरिया आन रिज्याक कतारको राजधानी दोहा हुँदै हिजो दिउँसो कतार एअरवेजको उडान नम्बर क्युआर ६४६ मा आएकी हुन् ।भिक्टोरियासँग विश्वका विभिन्न मुलुकको सैन्य सुराकीसम्बन्धी लामो अनुभव रहेको बताइन्छ । उनी कोरियास्थित अमेरिकी जल सेनाको टोलीमा सुराकी योजनाविज्ञ रुपमा सन् २०२० देखि २०२२ सम्म साढे दुई वर्ष कार्यरत थिइन् । पेरिसस्थित अमेरिकी दूतावासमा उनी असिस्टेन्ट डिटेचमेण्ट कमाण्डर रहेको बताइन्छ । सोही हैसियतमा उनी बेइजिङस्थित अमेरिकी दूतावासमा डिसेम्बर २०१७ देखि २०१८ को डिसेम्बरसम्म एक वर्ष बसेकी थिइन् । स्रोत भन्छ, ‘अन्ना मे २०१० देखि अगष्ट २०१२ सम्म अमेरिकी जलसेनाको जापानस्थित थ्रीडी…

Read More

विमल बोहरा, डडेल्धुरा: डडेल्धुरामा जीप दुर्घटना भएको छ। शुक्रबार बिहान अन्दाजी ९ बजे जिल्लाको नवदुर्गा गाउँपालिका-१ कोटेलीमा से१ज ३२९ नम्बरको जीप दुर्घटना भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डिएसपी मनोहर भट्टका अनुसार उक्त जीप निम्तोलादेखि डडेल्धुरा सदरमुकाम आइरहेको थियो। दुर्घटनामा परि ९ जना घाइते भएका छन्। उनीहरुलाई उपचारका लागि डडेल्धुरा अस्पताल ल्याइएको डिएसपी भट्टले बताए। जीप सोही ठाउँका ५७ वर्षीय राजबहादुर बोहराले चलाइरहेका थिए। बाख्रालाई बचाउने क्रममा जीप अनियन्त्रित भइ सडकमै पल्टिएको प्रहरीले जनाएको छ।

Read More