Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन आचारसंहिता आज मध्यरातिदेखि लागु हुँदैछ । आचारसंहिता पालना गर्ने प्रतिबद्धता पत्रमा राजनीतिक दलहरुलाई हस्ताक्षर गराइसकेको निर्वाचन आयोगले आज मध्यरातिदेखि मतदानको दिनसम्म कार्यान्वयन गर्न लागेको हो । आचारसंहिता लागू भएपछि कुनै पनि दल वा उम्मेदवारको पक्षमा भड्किलो प्रचार प्रसार गर्न पाइँदैन । स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थानमा सभा, जुलुस, बैठक, भेला लगायतका काम गर्न पनि बर्जित हुन्छ । कुनै कार्यक्रम गर्नुभन्दा ७२ घण्टा अगाडि प्रशासन र प्रहरीलाई जानकारी दिनुपर्छ । यसैगरी योजनाको शिलान्यास, उदघाटन, सर्वेक्षण लगायतका काम गर्न पनि पाइँदैन । यसैगरी कुनै कर्मचारी नियुक्ति, सरुवा, पदस्थापन लगायतका काम गर्न…

Read More

काठमाडौं- वैदेशिक रोजगार कार्यालय काठमाडौँले संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीबाट मात्र जारी हुने व्यवस्था गरेको छ । आगामी वैशाख २ गतेदेखि अनलाइन प्रणालीबाट मात्र संस्थागत श्रम स्वीकृति दिने निर्णय गरिएको कार्यालय प्रमुख रमेश अर्यालले जानकारी दिनुभयो । कार्यालयले पुनः श्रम स्वीकृति, संस्थागत श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको काम गर्दै आएको छ । संस्थागत श्रम स्वीकृतिका लागि म्यानपावर व्यवसायी वा उनीहरुका प्रतिनिधि कार्यालय आउने गरेकामा यो व्यवस्थासँगै कार्यालयमा भौतिक उपस्थितिबिना नै संस्थागत श्रम स्वीकृतिको व्यवस्था गरिएको हो । कार्यालयले गत माघदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिँदै आएको छ । पुनः श्रम स्वीकृति अनलाइन प्रणालीबाट मात्र हुन थालेसँगै दैनिक…

Read More

बागलुङ- बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरा बजारमा गत राति एक सहकारीसहित सात घरमा चोरी भएको छ । सिवाइसी बचत तथा ऋण सहकारी संस्थाको कुश्मीशेरा शाखासहित स्थानीय छ जनाको घरमा चोरी भएको हो । कुश्मीशेरा बजारका व्यवसायी गोविन्द अँखेलीको घरबाट दुई तोला सुन र नगद रु २० हजार चोरी भएको चेम्बर अफ कमर्श कुश्मीशेराका अध्यक्ष विष्णु आचार्यले बताउनुभयो । त्यस्तै शान्ति माध्यमिक विद्यालयका प्रधानाध्यापक यामबहादुर जिसीको घरबाट रु पाँच हजार चोरी भएको छ । कुश्मीशेरा बजारमा व्यापार गर्ने अनिल सापकोटाको पसलबाट रु २७ हजार चोरी भएको आचार्यले बताउनुभयो । चुडामणि शर्माको मेडिकल, नयनसिंह थापाको घर र मनबहादुर परियारको पसलबाट पनि चोरी भएको…

Read More

काठमाडौं- प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएशन नेपाल (पिन)को नवौँ राष्ट्रिय अधिवेशनबाट डा सुरज लामिछानेको नेतृत्वमा १५१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । समितिको उपाध्यक्षमा अमनकुमार मास्के, दुजेन्द्र बस्नेत, देउकाजी गुरुङ, डा एसपी पराजुली, शिभम पुरी र सञ्जीव रोकाहा, महासचिवमा डा भेषराज थापा, उपमहासचिवमा टेकराज सुवेदी र सौम्य भट्ट, सचिवमा प्रकाश जिसी, राजन थापा, धु्रवराज भट्टराई, अदता रेग्मी, सुमन न्यौपाने, नरेश खड्का र कोषाध्यक्षमा तेजप्रसाद धमला चयन हुनुभएको छ । अध्यक्ष लामिछानेलाई निवर्तमान अध्यक्ष शम्भुबहादुर श्रेष्ठले पदभार हस्तान्तरण गर्नुभयो । अधिवेशनको उद्घाटन यही चैत २२ गते नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको थियो । रासस

Read More

कैलाली- कञ्चनपुर क्षेत्र नम्बर १ नेपाली कांग्रेसले गठबन्धन दलसंगै चुनावी तालमेल नगरि एक्लै चुनाव लड्ने निर्णय गरेको छ । प्रतिनिधि सभा क्षेत्रीय कार्य समिति क्षेत्र नम्बर १ ले स्थानीय तहको निर्वाचनमा गठबन्धन नगर्ने निर्णय गरेको हो । स्थानीय स्तरका नेता कार्यकर्ताहरू गठबन्धनको पक्षमा नभएको भन्दै एक्लै निर्वाचनमा होमिने निर्णय गरेको क्षेत्रीय सचिव विसराम रानाले बताए । कोही पनि गठबन्धनको पक्षमा नदेखिएकाले एक्लै निर्वाचनमा होमिने निर्णय गरिएको उनले बताए । सचिव राना र सभापति गोपी प्रसाद उपाध्यायद्वारा जारी गरिएको बिज्ञप्तिमा पनि गठबन्धन नगर्न अनुरोध गरिएको छ । क्षेत्र नम्बर १ मा ४ वटा स्थानीय तह पर्छ । बेलौरी नगरपालिका, पुर्नवास नगरपालिका,…

Read More

काठमाडौं- सरकारले विभिन्न २० देशका राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । जसमध्ये १२ जनालाई राजनीतिक नियुक्तिका आधारमा सिफारिस गरिएको छ । राजदूत नियुक्तिको सिफारिसमा नेकपा एसको कोटामा सो पार्टीका अध्यक्ष माधवकुमार नेपालका बहिनी ज्वाइँ कैलाश पोखरेलदेखि ओली सरकारको नियुक्तिका कारण फिर्ता भएकी शर्मिला पराजुली ढकालसमेत परेकी छन् । पोखरेल अस्ट्रेलिया र पराजुली स्पेनका लागि सिफारिस भएको जनाइएको छ । त्यस्तै, श्रीलंकाको राजदूतका लागि सिफारिस भएका बासुदेव मिश्र ऊर्जामन्त्री तथा माओवादी केन्द्रकी नेता पम्फा भुसालकी बहिनी ज्वाइँ हुन् । चीनको राजदूतमा माओवादी कोटाबाट विष्णु पुकार श्रेष्ठ सिफारिसमा परेका छन् । त्यस्तै जसपाको कोटाबाट पूर्व सांसद नवराज सुवेदीले राजदूत बन्ने अवसर…

Read More

काठमाडौं- सामसङ इलेक्ट्रोनिक्सले तीन महिनामा हालसम्मकै धेरै आम्दानी गर्न सफल भएको छ । कम्पनीले सन् २०१८ पछि पहिलो पटक धेरै आम्दानी गरेको हो । बिहीबार सन् २०२२ को पहिलो त्रैमासिक प्रतिवेदनबारे यसबारे जानकारी दिएको छ । जसअनुसार पहिलो त्रैमासमा कम्पनीको नाफा अघिल्लो वर्षको तुलनामा ५० प्रतिशतले वृद्धि हुने देखिएको छ । यसको कारण मेमोरी चिप तथा स्मार्टफोनलाई लिइएको छ । सामसङ हाल विश्वकै सबैभन्दा ठूला मोबाइल तथा मेमोरी चिप निर्माता कम्पनीको रुपमा रहेको छ । कम्पनीका अनुसार सन् २०२२ को पहिलो तीन महिनामा कम्पनीको नाफा ११‍।६ अर्ब अमेरिकी डलर ९१४ खर्ब १३ अर्ब रूपैयाँ बढी० रहेको छ । कम्पनीको आम्दानी…

Read More

वीरगञ्ज- पर्साको बिन्दवासिनी गाउँपालिका–३ नहरचोकबाट बिहीबार सशस्त्र प्रहरीको टोलीले हतियारसहित तीन जनालाई पक्राउ गरेको छ । लङरेन्ज दुईनाले बन्दुक एक थान र सोको एक थान कार्टिजसहित उनीहरुलाई पक्राउ गरिएको पर्सा सशस्त्र प्रहरी प्रमुख एवं सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले जानकारी दिनुभयो । पक्राउ पर्नेमा पर्साको पर्सागढी नगरपालिका–५ बस्ने ४१ वर्षीय प्रेम ठाकुर, सोही स्थानका १६ वर्षीय राहुल ठाकुर र सोही स्थानका ५५ वर्षीय रामजी ठाकुर रहेका छन् । सशस्त्र प्रहरी बल नेपाल नं १३ गणका अनुसार उक्त हतियार मोटरसाइकलमा लैजाँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको थियो । रासस

Read More

काठमाडौं- नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले साहित्य, पत्रकारिता, ललितकला र सङ्गीत क्षेत्रमा विशिष्ट योगदान पुर्याउने छ जना स्रष्टालाई सम्मान र पुुरस्कार प्रदान गरेको छ । प्रतिष्ठानद्वारा बिहीबार यहाँ आयोजित समारोहमा यस वर्षको राष्ट्रिय कलाश्री सम्मानबाट विशिष्ट साहित्यसाधक प्ररशु प्रधान सम्मानित हुनुभएको छ । वरिष्ठ साहित्यकार मञ्जु काँचुलीलाई रु एक लाख राशिसहित राष्ट्रिय कलाश्री पुरस्कार प्रदान गरियो । कवि एवं अनुवादक केशव सिग्देललाई रु ७५ हजार राशिसहितको स–सिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार तथा साहित्यिक पत्रकार धीरेन्द्र प्रेमर्षिलाई रु ५० हजार राशिसहितको बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । ललितकलाका साधक मूर्तिकार ओम केसीलाई रु ६० हजार राशिसहितको थिरछायाँ राष्ट्रिय कलाश्री…

Read More

सुर्खेत- कर्णाली प्रदेश सरकारले स्वयंसेवक परिचालन कार्यक्रममा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । सामाजिक विकास मन्त्रालयले १३३ जना हेल्थ अस्टिस्टेण्ट, ल्याब असिस्टेण्ट, स्टाफ नर्स, सबइन्जिनियर, कम्प्युटर अपरेटर, प्राविधिक सहायक (शिक्षा) अनमी, अहेव, कृषि (जेटिए), असवइन्जिनियर, भेटनरी जेटिए, इलेक्ट्रिकल सबइन्जिनियर र अमिन गरी १३३ जना मागेको हो । यो कार्यक्रममा स्वयंसेवक भएर काम गर्नुपर्नेछ, प्रदेश सरकारले पारिश्रमिक र सेवा/सुविधा उपलब्ध गराउने छ । सुर्खेत, सल्यान, दैलेख, जाजरकोट र रुकुम पश्चिममा १२/१२ जना मागिएको छ । कालीकोट र जुम्ला १४/१४ जना र मुगु, डोल्पा र हुम्लामा १५/१५ जना मागिएको छ । योग्यता पुगेका नागरिकले १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

Read More