काठमाडौं– सामसङ इलेक्ट्रोनिक्सले तीन महिनामा हालसम्मकै धेरै आम्दानी गर्न सफल भएको छ । कम्पनीले सन् २०१८ पछि पहिलो पटक धेरै आम्दानी गरेको हो । बिहीबार सन् २०२२ को पहिलो त्रैमासिक प्रतिवेदनबारे यसबारे जानकारी दिएको छ ।
जसअनुसार पहिलो त्रैमासमा कम्पनीको नाफा अघिल्लो वर्षको तुलनामा ५० प्रतिशतले वृद्धि हुने देखिएको छ । यसको कारण मेमोरी चिप तथा स्मार्टफोनलाई लिइएको छ ।
सामसङ हाल विश्वकै सबैभन्दा ठूला मोबाइल तथा मेमोरी चिप निर्माता कम्पनीको रुपमा रहेको छ । कम्पनीका अनुसार सन् २०२२ को पहिलो तीन महिनामा कम्पनीको नाफा ११।६ अर्ब अमेरिकी डलर ९१४ खर्ब १३ अर्ब रूपैयाँ बढी० रहेको छ ।
कम्पनीको आम्दानी समेत गत वर्षको सोही अवधिको तुलनामा १८ प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको छ ।
Facebook Comments Box