Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा चढेको विमानभित्रैबाट प्रत्यक्ष प्रशारण गरेको घटनामा पत्रकार ऋषि धमलालाई प्रेस काउन्सिल नेपालले स्पष्टीकरण सोधेको छ । कर्मचारीले रोक्दारोक्दै निषेध गरिएको स्थानमा बलजफती प्रवेश गर्नुको कारण २४ घण्टाभित्र पेस गर्न काउन्सिलले धमलालाई पत्र पठाएको छ । उनी प्रधानमन्त्रीसँग कुराकानी गर्ने भन्दै जहाजका कर्मचारीलाई पेलेर इकोनोमी क्लासबाट बिजनेस क्लासमा प्रवेश गर्दै गरेका भिडियो सामाजिक संजालमा भाइरल भएको छ ।

Read More

काठमाडौं – एमालेमा प्रवेश गरेकै भोलिपल्ट माओवादीमै फर्किएका धादिङ रोराङ बेनिघाट गाउँपालिका अध्यक्ष हरि डल्लाकोटीले परिबन्दले आफू एमालेमा प्रवेश गर्न पुगेको बताएका छन् । माओवादी त्यागेर एमाले प्रवेश गरेको भोलिपल्टै फेरि उनी माओवादीमै फर्किएका हुन् । माओवादीमा फर्किएको घोषणा गरेपछि बुधबार बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न उनी खुमलटारमा पुगे । खुमलटार पुगेर डल्लाकोटीले अध्यक्ष प्रचण्डसँग आफू परिबन्दमा परेर बालकोट पुगेको भए पनि पुनः माओवादीमै फर्किएको जानकारी दिएका छन् । एमालेमा प्रवेश गर्नु आफ्नो गल्ती भएको भन्दै उनले एमालेमा गएपछि आफ्ना कार्यकर्ता र जनताले दुई दिनसम्म सुत्नसमेत नदिएको प्रचण्डसामु बताएका छन् । अध्यक्ष प्रचण्डसँग डल्लाकोटीले गरेको कुराकानी उद्धृत गर्दै प्रचण्डका…

Read More

वासिङ्टन – कम्प्युटर कम्पोनेन्ट र इलेक्ट्रोनिक उपकरणहरूको विश्वको सबैभन्दा ठूलो उत्पादक मध्ये एक अमेरिकी टेक्नोलोजी कम्पनी इन्टेलले युक्रेनको अवस्थालाई लिएर रुसमा आफ्ना सबै प्रकारका व्यापारिक गतिविधिहरू स्थगित गरेको जनाएको छ। ‘तत्काल हामीले रुसमा सबै व्यापार सञ्चालनहरू निलम्बित गरेका छौं,’ कम्पनीले भनेको छ। ‘हामी रुसमा रहेका हाम्रा १,२०० कर्मचारीहरू सहित हाम्रा सबै कर्मचारीहरूलाई यो कठिन परिस्थितिबाट सहयोग गर्न आग्रह गरिरहेका छौं। हामीले हाम्रा विश्वव्यापी सञ्चालनहरूमा अवरोध कम गर्न व्यापार निरन्तरताका उपायहरू पनि लागू गरेका छौं,’ यसले भन्यो। रुसले युक्रेनमा गत फेब्रुअरी २४ मा डोनेट्स्क र लुहान्स्क जन गणतन्त्रहरूले युक्रेनी सेनाको तीब्र आक्रमणबाट सुरक्षाका लागि गरेको आह्वानको जवाफमा युक्रेनमा विशेष सैन्य कारबाही…

Read More

काठमाडौं – बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । मंगलबारको तुलनामा आज बुधबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको हो । मंगलबार प्रतितोला ९८ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९८ हजार ५०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । हिजो प्रतितोला १०० रुपैयाँले बढेको थियो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि घटेको छ । हिजो मंगलबार प्रतितोला १ हजार ३४० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

Read More

खोटाङ – दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजनाका लागि तीन जिल्लामा करिब २५ हजार रोपनी जग्गा अधिग्रहणको काम सुरु भएको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने दूधकोसी आयोजनाका लागि खोटाङको १३ हजार रोपनी, ओखलढुङ्गाको नौ हजार रोपनी र सोलुखुम्बुको ५०० रोपनी जग्गा अधिग्रहणको प्रक्रिया अघि बढाइएको हो । खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुङ्गाको चिसङ्खुगढी गाउँपालिका–६ भदौरेको सिमानामा पर्ने दूधकोसीस्थित रभुँवाघाटमा ६३५ मेगावाट क्षमताको जलविद्युत् आयोजनाको काम अघि बढ्दैछ । ओखलढुङ्गाको जग्गा प्राप्ति (अधिग्रहण)का लागि गत फागुन २३ गते गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरिएको थियो । जलविद्युत् आयोजना सञ्चालनका लागि सरकारी जग्गाबाहेक करिब २० हजार रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने अनुमान गरिएको आयोजनाका…

Read More

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले ‘यात्रुमैत्री प्रहरी व्यवहार’ प्रवर्द्धन कार्यक्रम सुरु गरेको छ । उक्त कार्यक्रमअन्तर्गत पहिलो चरणमा यहाँ कार्यरत प्रहरी कर्मचारीलाई प्रशिक्षण दिन थालिएको छ । प्रशिक्षणमा यहाँ कार्यरत २६५ प्रहरी हवल्दार र जवान सहभागी छन् । विमानस्थलमा आउने सेवाग्राहीलाई शिष्ट, सभ्य र नम्र व्यवहार प्रदर्शन गरी यात्रुमैत्री सेवा प्रदान गर्नका लागि मङ्गलबारदेखि प्रशिक्षण थालिएको हो । समस्यामा परेका यात्रुलाई आवश्यक सहयोग प्रदान गर्न र हवाई यात्रुलाई सुरक्षाको प्रत्याभूति दिलाएर सुरक्षित गन्तव्यसम्म पुग्न सहजीकरण गर्ने उद्देश्यले उक्त कार्यक्रम थालिएको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । यसबाट अन्तर्राष्ट्रियस्तरमा समेत नेपाल प्रहरीको छवि उच्च हुने…

Read More

काठमाडौं- विश्वका नयाँ अर्बपतिको सूची सार्वजनिक भएको छ । इलोन मस्क विश्वकै धनाढ्य बन्न सफल भएका छन् । फाबर्सले गएराति सार्वजनिक गरेको नयाँ सूचीमा २१९ अर्ब डलर सम्पत्ति रहेका मस्क नम्बर एक धनी बन्न सकेका हुन् । उनी पृथ्वी र अन्तरीक्षसम्म रकेटमार्फत् यातायातमा क्रान्ति ल्याउन लागेका छन् । उनी विद्युतीय कार निर्माता टेस्लामा २१ प्रतिशत सेयर लगानीकर्ता हुन् । उनको ट्वीटरमा पनि सेयर छ । स्पेस एक्स, मस्कको रकेट कम्पनी समेत छ । दक्षिण अफ्रिकामा हुर्किएका उनी १७ वर्षमा क्यानडामा बसाईं सरेका थिए । अमेरिकाको पेन्ससिल्भानियामा विद्यार्थीका रुपमा पुगेका थिए । विज्ञानका विद्यार्थी उनले भौतिकशास्त्रको सिद्धान्तलाई आत्मासाथ गरेको बताएका छन्…

Read More

काठमाडौं- नेपालका एकमात्र डलर अर्बपति बिनोद चौधरीको सम्पत्ति बढेर डेढ अर्ब डलर पुगेको छ । सन् २०२२ मा मंगलबार राति सार्वजनिक विश्वका अर्बपतिको सूची अनुसार चौधरी १९२९औं नम्बरमा परेका छन् । फोबर्सले सार्वजनिक गरेको सूचीमा चौधरीको कुल सम्पत्ति डेढ अर्ब उल्लेख छ । उनको सीजी कर्पोरेट ग्लोबल, नेबिल बैंक, सीजी फुड्समा लगानी रहेको भनिएको छ । ६६ वर्षीय चौधरीको वाइ वाइ चाउचाउ मुख्य ब्रान्ड रहेको फोबर्सले उल्लेख गरेको छ । वाइ वाइको उत्पादन नेपालमा मात्र नभई भारत, सर्विया, बंगलादेशसम्म फैलिएको छ । इजिप्टमा पनि वाइ वाइ उत्पादनको प्रक्रियामा छ । सीजीको होटलमा पनि लगानी रहेको छ । भारतको ताल होटल…

Read More

बैतडी- बैतडीको दुर्गम तल्लोस्वराडका दुई गाउँपालिका पञ्चेश्वर र शिवनाथले आफ्नो भवन निर्माण गरेका छन् । पञ्चेश्वरले आमचोरामा र शिवनाथले सुल्लेखानमा भवन निर्माण गरेका हुन् । चार वर्षसम्म भाडाका घरमा सञ्चालन हुँदै आएका दुवै गाउँपालिकाको कामकाज प्रशासकीय भवन निर्माणपश्चात सहज भएको छ । भवन निर्माण भएपछि गाउँपालिकाले अब आफ्नै भवनबाट सेवा प्रदान गर्नेछ । पञ्चेश्वर गाउँपालिकाको १६ कोठे भवन महादेव कन्सट्रक्शनले करिब रु दुई करोडको लागतमा निर्माण गरेको हो । यस्तै शिवनाथको पनि सोही परिमाणको लागतमा भवन निर्माण गरिएको हो । आर्थिक वर्ष २०७५÷७६ को गाउँसभाबाट कार्यालय भवन निर्माणका लागि रु दुई करोड विनियोजन गरिएको थियो । विसं २०७६ मा ठेक्कामार्फत…

Read More

काठमाडौं- नापी कार्यालय चाबहिल अन्तर्गत बूढानीलण्ठमा कार्यरत दुई जना कर्मचारी १ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । जग्गाको हालसाबिक गर्ने क्रममा सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले चाबहिलको १ नं. नापी टोली, बुढानीलकण्ठमा कार्यरत सर्वेक्षक विनोद के.सी. र अमिन प्रकाशराज भट्टलाई सेवाग्राहीबाट एक लाख घुस लिइसकेको अवस्थामा घुस रकमसहित पक्राउ गरेको हो । उनीहरूलाई ललितपुर महानगरपालिका–५, लगनखेल, महालक्ष्मी मार्गबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

Read More