काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा चढेको विमानभित्रैबाट प्रत्यक्ष प्रशारण गरेको घटनामा पत्रकार ऋषि धमलालाई प्रेस काउन्सिल नेपालले स्पष्टीकरण सोधेको छ ।
कर्मचारीले रोक्दारोक्दै निषेध गरिएको स्थानमा बलजफती प्रवेश गर्नुको कारण २४ घण्टाभित्र पेस गर्न काउन्सिलले धमलालाई पत्र पठाएको छ ।
उनी प्रधानमन्त्रीसँग कुराकानी गर्ने भन्दै जहाजका कर्मचारीलाई पेलेर इकोनोमी क्लासबाट बिजनेस क्लासमा प्रवेश गर्दै गरेका भिडियो सामाजिक संजालमा भाइरल भएको छ ।
Facebook Comments Box