Author: महेन्द्रनगर पोष्ट

धनगढी: धनगढी उपमहानगरपालिकाका नगर प्रहरी पुनः समातिएका छन्। जिल्ला प्रहरी कार्यालयको हिरासतबाट थुनामुक्त भएका धनगढीका नगर प्रहरीहरु फेरी पक्राउ परेका हुन्। कैलालीको धनगढीस्थित त्रिनगर भन्सारका प्रमुख अनन्त तिमिल्सिनामाथि कुटपिट गरेपछि १२ जेठमा पक्राउ परेका धनगढी नगर प्रहरीका प्रमुख लक्ष्मणसिंह धामीसहितका चार जना मंगलबार जिल्ला प्रहरी कार्यालयको हिरासतबाट थुनामुक्त भएका थिए। उनीहरु थुनामुक्त भएपनि भन्सार कार्यालयले भन्सार ऐनअनुुसार अनुसन्धान अघि बढाएपछि फेरी पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले भन्सार कार्यालयले भन्सार ऐनअनुसार अनुसन्धान गरिरहेकाले नगर प्रहरीलाई फेरी हिरासतमा राखिएको बताए। पक्राउ परेका मध्ये नगर प्रहरीका सवारी चालक हसनबहादुर मल्ललाई भने स्वास्थ्य समस्याका…

Read More

धनगढीः धनगढीको बोराडाँडी चोकमा बोलेरो जिप दुर्घटना भएको छ। धनगढी छ लेन सडकको बोराडाँडी चोकमा साइकील यात्रीलाई बचाउने क्रममा तरकारी बोकेको रा १ च १२९८ नम्बरको बोलेरो जिप दुर्घटना भएको प्रहरीले बताएको छ। दाङको घोराही ७ बस्ने २३ वर्षीय बिरबहादुर चौधरीले चलाएको जिप आज बिहान दुर्घटना भएको प्रहरीले बताएको छ। दुर्घटनामा मानविय क्षति नभएको प्रहरीले जनाएको छ।

Read More

धनगढी: भ्रष्टाचार मुद्दा लागेपछि नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता दीर्घबहादुर सोडारी सांसद पदबाटै निलम्बित भएका छन्। गैरकानुनी रूपमा सम्पत्ति थुपारेको आरोपमा अख्तियारले १ करोड ८ लाख ३८ हजार ३ सय २ रुपैयाँ बिगो दाबीसहित सोडारीविरुद्ध सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गराएको हो।  भ्रष्टाचार निवारण ऐन, २०५९ मा सार्वजनिक पद धारण गरेका व्यक्तिविरुद्ध मुद्दा दर्ता भएपछि त्यो किनारा नलागेसम्म पदबाट निलम्बन हुने उल्लेख छ। योसँगै अब नेकपा एकीकृत समाजवादीको सुदूरपश्चिम संसदीय दलको नेता पद रिक्त भएको छ। अब उक्त दलमा नयाँ नेता को बन्ला भन्ने चासो बढेको छ। नेकपा एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीको उपस्थिति सुदूरपश्चिममा तुलनात्मकरूपमा बलियो छ। सुदूरपश्चिम प्रदेश सभामा नेकपा…

Read More

धनगढी: कञ्चनपुरको महेन्द्रनगर हुँदै कैलालीको अत्तरिया र धनगढी आउने भन्सार छलिका सामान बोक्ने गाडीहरुसँग प्रहरीले सेटिङ र बार्गेनिङ गर्ने गरेको खुलेको छ। प्रहरीकै स्रोतले दिएको जानकारी अनुसार घुमुवा प्रहरी (सादा पोसाकमा खटिने) को मिलेमतोमा सेटिङ हुने गरेको हो। आर्थिक चलखेलका आधारमा बार्गेनिङ र सेटिङ मौलाएको स्रोतको दाबी छ। स्रोतका अनुसार महेन्द्रनगरबाट न्यून भन्सार मूल्यांकन तथा भन्सार चोरी निकासी गरि कैलालीको अत्तरिया हुँदै सुदूरपश्चिमको पहाडी जिल्ला र धनगढीतर्फ आउने गाडीसँग घुमुवाले सेटिङ गर्ने गर्दछ। जसमा राजस्व चुहावटको सामान हुने गरेको र त्यसमा सेटिङ हुने गरेको बताइएको हो।प्रहरीले नै विभिन्न स्थानमा गाडी रोकेर पैसा बुझ्दै गाडी छोड्ने गरेको स्रोतले जनाएको छ। घुमुवा…

Read More

काठमाडौं: रोयल च्यालेन्जर्स बेंगलुरुले १८ वर्षमा पहिलोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि जितेको छ। मंगलबार भएको फाइनलमा पञ्जाब किङ्सलाई ६ रनले हराउँदै बेंगलुरुले आईपीएलको उपाधि जितेको हो। बेंगलुरुले दिएको १९१ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ७ विकेट गुमाएर १८४ रन मात्र बनायो। अन्तिम ओभरमा २९ रन आवश्यक हुँदा शशांक सिंहले ३ छक्का र चौका प्रहार गरेपनि पर्याप्त हुन सकेन। शशांक ३० बलमा ६१ रनमा अविजित रहे। जोश इङ्लिसले ३९ रन बनाए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंगलुरुले २० ओभरमा ९ विकेट गुमाएर १९० रन बनाएको थियो। विराट कोहलीले सर्वाधिक ४३ रन बनाए। त्यस्तै कप्तान रजत पाटिदारले २६…

Read More

काठमाडौं: नेपाली सेनाका प्रवक्ता फेरिएका छन्। सहायक रथी राजाराम बस्नेतलाई सैनिक प्रवक्ताको जिम्मेवारी दिइएको सैनिक स्रोतले जनाएको छ। यसअघिका सैनिक प्रवक्ता गौरव कुमार केसीलाई सरुवा गरिएको छ। उनी पूर्वी पृतना मुख्यालय इटहरीमा सरुवा भएका छन्।  बिहीबार सैनिक प्रवक्ताको जिम्मेवारी बरबुझारथ कार्यक्रम राखिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। 

Read More

धनगढी: सुदूरपश्चिममा पूर्वमन्त्रीका सचिवालयका मान्छेहरू गम्भीर आरोपमा मुछिएका छन्। सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकासमन्त्री झपट साउदका सचिवालयमा आबद्ध व्यक्तिहरू आपराधिक गतिविधिमा मुछिएका हुन्। प्रहरी स्रोतका अनुसार कोही थुनामा छन् भने कोही फरार अवस्थामा रहेको खुलासा भएको छ। अछामका पूर्वसचिवालय प्रमुखसहितका मान्छे फरार छन्। उनीहरु अहिले कुन ठाउँमा लुकेर बसेका छन् भन्ने खुलेको छैन। अर्का साउद थरी सहयोगीसमेत अहिले सम्पर्कविहीन छन्। यसैबीच, साउद निकट मीन बाब्ली मिलन बैतडीस्थित इलाका प्रहरी कार्यालयको थुनामा छन्। उनलाई सुरुमा कैलालीको सुखडबाट पक्राउ गरिएको थियो। त्यसपछि सुखडमा थुनेर डडेल्धुरा हुँदै बैतडीको पाटन पुर्‍याइएको हो। उनीमाथि ‘बजेट हालिदिने’ भन्दै लाखौं रुपैयाँ असुली गरेको आरोप लागेको छ। विभिन्न पीडितले…

Read More

दार्चुलाः दार्चुलाको सदरमुकाम खलङ्गासम्म आवतजावत गर्न नसक्ने व्याँस गाउँपालिकाका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई  उनीहरुको घरमै पुगेर नागरिकता प्रदान गरिएको छ।  सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिह धामीको टोलीले अशक्त, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण गरेको हो। व्याँस –६ का ९७ वर्षीया लालुदेवी भट्टले नागरिकता पाएपछि भनिन्, ‘घरमै नागरिकता पाउँदा खुसी लागेको छ।’ जनतालाई घरदैलोमै सेवा पुर्याउने उद्देश्यअनुरुप उनीहरुलाई पायक पर्ने स्थानमैै पुगेर नागरिता वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी धामीले जानकारी दिए। टोलीले व्याँस –३, ४, ५ र ६ का एक सय ६१ जनालाई नागरिकता र दुई सय पाँच जनालाई राष्ट्रिय परिचयपत्र वितरण गरेको थियो।…

Read More

अछामः विपद् तथा आपतकालीन अवस्थामा तत्काल उद्धार एवम् राहत सामग्री ढुवानी गर्न यहाँस्थित बान्निगढि बर्दादेवीको डाँडामा हेलिप्याड निर्माण गरिएको छ।  नेपाली सेना, गोरख बक्स गणले हेलिप्याड निर्माण गरेर बान्निगढी जयगढ गाउँपालिकालाई हस्तान्तरण गरेको हो। गणपति सङ्गम अधिकारीले बान्निगढी जयगढ गाउँपालिकाको आर्थिक सहयोगमा हेलिप्याड निर्माण गरेर हस्तान्तरण गरिएको जानकारी दिए। उनले भने, “यसबाट नागरिक र सैनिकबीचको सम्बन्धलाई कसिलो बनाउन सहयोग मिल्छ।” नवनिर्मित हेलिप्याड बान्निगढी जयगढ गाउँपालिकालाई हस्तान्तरण समेत गरिएको छ। सो अवसरमा गाउँपालिकाका  अध्यक्ष टेकबहादुर साउदले हेलिप्याड निर्माणबाट जिल्लाको पर्यटकीय एवं धार्मिक क्षेत्र बर्दादेवी मन्दिरको प्रचारप्रसारका लागि टेवा समेत पुग्ने बताए। उनका अनुसार गाउँपालिकाको एक लाख ५० हजार सहयोग र सैनिकले श्रमदान…

Read More

अछाम: अछाममा जंगली च्याउ खादा तीन जना बिरामी परेका छन्। रामारोशन गाउँपालिका–७ मा जङ्गली च्याउ खाँदा तीन जना बालबालिका बिरामी परेका छन्। घर नजिकैको जङ्गलमा खेल्ने क्रममा उनीहरूले विषालु च्याउ खाएका थिए। बिरामी पर्नेमा तारा भण्डारीका दुई वर्षीय छोरा युवराज भण्डारी, चार वर्षीया छोरी रितिका भण्डारी र सोही स्थानका चेतमान भण्डारीका चार वर्षीय छोरा जीवन भण्डारी रहेका छन्। तीनै जनालाई तत्काल उपचारका लागि न्याय हेल्थ अस्पताल, बयलपाटा लगिएको र हाल त्यहीँ उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए। प्रहरीले च्याउ विषालु भएको पुष्टि गर्दै आगामी दिनमा जङ्गली च्याउ खानु अघि सचेत रहन अभिभावकहरूलाई…

Read More