काठमाडौं – प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले नेपालीहरूको महान् पर्व फागु पूर्णिमा होलीका अवसरमा देश, विदेशमा बस्ने सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन्। मुख्यमन्त्री राईले आज जारी गरेको शुभकामना सन्देशमा सो अवसरमा सबैको सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गरेका छन। बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले भरिपूर्ण सुन्दर देश नेपालमा मनाइने विभिन्न चाडपर्वले सुदृढ सामाजिक एकता कायम गर्ने विश्वास रहेको कला र संस्कृतिले भरिपूर्ण नेपालमा देशैभर उत्साहका साथ मनाइने फागु पूर्णिमा होली यस वर्ष हिमाली तथा पहाडी जिल्लामा चैत ३ गते र तराईका जिल्लामा चैत ४ मा मनाइँदै छ। रङहरूको पर्वका रूपमा मनाइने होली पर्वका बेला…
Author: महेन्द्रनगर पोष्ट
हेटौंडा – मकवानपुरको हेटौंडा–१६ हटियास्थित शिवम् सिमेन्ट उद्योगमा च्यापिएर एक मजदुरको मृत्यु भएको छ। सिमेन्ट उद्योगमा कार्यरत भारतीय मुलुकका अन्दाजी २० वर्षीय एक युवकको काम गर्ने क्रममा च्यापिएर मृत्यु भएको हो। उद्योगको प्लान्टमा रहेको मेसिनमा च्यापिएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता निरीक्षक राजकुमार सापकोटाले जानकारी दिए। नाम नखुलेका उनको उपचारको क्रममा आज हेटौंडा अस्पतालमा मृत्यु भएको उनले निरीक्षक सापकोटाले बताए।
एजेन्सी – कोरोनाभाइरसको संक्रमण फेरि संसारभरि बढ्न थालेको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनवरी अन्तिमपछि गत साता संसारभर कोरोना संक्रमण ह्वात्तै बढेको बताएको छ। अघिल्लो साताको तुलनामा गत साता (मार्च ७-१३) मा संसारभर कोरोना संक्रमण ८ प्रतिशतले बढेको छ। यो अवधिमा एक करोड १० लाख नयाँ संक्रमित थपिएको र ४३ हजारले ज्यान गुमाएको समाचार संस्था रोयटर्सले जनएको छ। सबैभन्दा बढी संक्रमण चीन र पूर्वी एसियाली मुलुकमा फैलिएको छ। प्रशान्त महासागर क्षेत्रका मुलुकहरूमा संक्रमण दर २५ र मृत्युदर २७ प्रतिशतसम्मले बढेको छ। अफ्रिकामा १२ र युरोपका २ प्रतिशतले संक्रमण बढेको छ। अहिले सबैभन्दा धेरै संक्रमित दक्षिण कोरियामा थपिइरहेका छन्। वर्ल्डोमिटरका अनुसार बिहीबार त्यहाँ…
काठमाडौं – होलीको अवसरमा नेपाल टेलिकमले एक अफर सार्वजनिक गरेको छ । बुधबार विज्ञप्तिमार्फत अनलिमिटेड डाटासहितको ‘फागु अफर’ उपलब्ध गराएको टेलिकमले जनाएको छ । यो अफर चैत ३ गतेदेखि चैत १७ गतेसम्म उपलब्ध हुने टेलिकमले जानकारी दिएको छ । यो अफर अन्तर्गत रु. ६९ मा एक एमबिपिएस अनलिमिटेड डाटा २४ घण्टा, रु. ९८ मा ६ जीबी डाटा ३ दिन र रु. २९४ मा २० जीबी डाटा १० दिनका लागि उपलब्ध हुनेछ । ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिने टेलिकमले जनाएको छ ।
काठमाडौँ – अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई गरेको टिप्पणीलाई लिएर रुस क्रुद्ध बनेको छ । युक्रेनमाथि रुसी हमलालाई लिएर राष्ट्रपति जो बाइडनले पुटिनलाई ‘युद्ध अपराधी’ भनेपछि रुस बाइडेनसँग क्रुद्ध भएको हो । बाइडेनको सो टिप्पणी अक्षम्य र अस्वीकार्य बयानबाजी भएको रुसी समाचार संस्था तासले जनाएको छ । पुटिनका प्रवक्ता दिमित्रि पेस्कोभको भनाई उदृत गर्दै तासले लेखेको छ, ‘हामी राष्ट्रप्रमुखको यस्तो अभिव्यक्ति अस्वीकार्य अनि अक्षम्य मान्छौ। ’ राष्ट्रपति बाइडनको टिप्पणीले दुई देशबीच कूटनीतिक तनाव बढ्न सक्ने अनुमान गरिएको छ । बाइडेनले आवेशमा आएर पुटिनलाई व्यक्तिगत ढंगले गालीग्लौजमा उत्रिएको विश्लेषण हुन थालेको छ ।
काठमाडाैँ – निर्वाचन आयोगले वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि ७३ वटा साना राजनीतिक दललाई पनि आफ्नै चुनाव चिन्ह दिने तयारी गरेको छ। बुधबार बसेको आयोगको बैठकले जिल्लामा सक्रिय रहेको आधारमा साना दललाई उनीहरूकै चुनाव चिन्ह दिनेबारे निर्णय गरेको छ। तर साना दलहरूले चैत ६ भित्र जिल्लाहरूमा पार्टीका संरचनालगायत विवरण खुल्ने कागजात आयोगमा पेश गरिसक्नुपर्नेछ। ०७९ वैशाख ३० मा स्थानीय चुनाव हुँदैछ। स्थानीय चुनावमा भाग लिनका लागि ७३ साना दल आयोगमा दर्ता भएका छन्। तर राष्ट्रिय मान्यताप्राप्त नगरेका साना दललाई स्वतन्त्र उम्मेदवारकै हैसियतको चुनाव चिन्ह दिने भएपछि विरोध हुँदै आएको थियो।
खोटाङ-जिल्लाको राखाबाङ्देलमा प्रहरीको अस्थायी पोस्ट स्थापना भएको छ । ऐँसेलुखर्क गाउँपालिका–१ स्थित राखाबाङ्देल भौगोलिक दृष्टिले विकट छ । सुरक्षा निकायबाट टाढा पर्ने सो क्षेत्रको सुरक्षार्थ त्यहाँ अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको हो । उक्त पोस्टको प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहाल र ऐँसेलुखर्क गाउँपालिकाका अध्यक्ष विश्वनाथ निरौलाले संयुक्त रूपमा उद्घाटन गरेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश लम्सालका अनुसार सो पोस्टमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा ६ जनाको प्रहरी टोली रहनेछ । पातलो बस्ती र सुरक्षाका दृष्टिले संवेदनशील मानिएको सो स्थानमा अस्थायी प्रहरी पोस्ट स्थापना भएको उनले बताए । प्रहरी चौकी स्थापना गर्न पटक–पटक माग गर्दै आएका स्थानीयले चौकी…
काठमाडौं- नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्दैछ । बैठक आज दिउँसो १२ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भएको हो । पार्टी उपमहासचिव गंगालाल तुलाधरले बैठकमा स्थानीय तह निर्वाचनबारे छलफल हुने बताएका छन् । बैठकले स्थानीय तहको उम्मेदवार टुंगो लगाउने निकाय र हस्ताक्षर गर्ने अधिकारीको टुंगो लगाउनेछ । निर्वाचनमा गठबन्धन गर्ने सम्बन्धी विषयमा पनि छलफल हुने भएको छ ।
काठमाडौं-रौतहटमा गाडीको ठक्करबाट दुई जनाको मृत्यु भएको छ भने दुई प्रहरी घाइते भएका छन्। रौतहटको वृन्दान्दावन नगरपालिका–६ हर्षाहमा चन्द्रनिगाहपुरबाट गरुडातर्फ जाँदै गरेको बा १७ च ६१६३ नम्बरको महेन्द्रा पिकअपको ठक्करबाट बृन्दाबनका ३७ वर्षीय जीतेन्द्र पटेल र २७ वर्षीय हरि कुमार ठाकुरको मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ। प्रहरी चेकिङमा गाडी अनियन्त्रित भई सोही स्थानको पान पसल र मोटरसाइकलमा समेत ठक्कर दिएको प्रहरीले जनाएको छ। गाडीको ठक्करबाट प्रहरी चौकी हर्षाहमा कार्यरत प्रहरी सहायक निरीक्षक उपेन्द्र प्रसाद यादव र प्रहरी जवान मुर्तुजा अन्सारी घाइते भएका छन्।
कञ्चनपुर-स्थानीय तहको निर्वाचनलाई लक्षित गरी यहाँ ३४० मतदान केन्द्र निर्धारण गरिएका छन् । मतदाताको चापलाई मध्यनजर गर्दै विगतको तुलनामा १० मतदान केन्द्र थप गरिएका हुन् । यसअघि ३३० मतदान केन्द्र रहेका थिए । जिल्ला निर्वाचन कार्यालयका प्रमुख उदयराज जोशीका अनुसार एक हजार मतदाता बराबर एकका दरले मतदान केन्द्र निर्धारण गरिएको छ । मतदानस्थल भने विगतकै १३२ लाई नै निरन्तरता दिइएको छ । “निर्वाचनमा खटिने कर्मचारीको विवरण सङ्कलनको कार्य सुरु गरेका छौँ”, कार्यालय प्रमुख जोशीले भने, कर्मचारीको विवरण सङ्कलनपश्चात् आवश्यक तालिम दिई मतदान केन्द्रमा खटाइने छ ।” एक मतदान केन्द्रमा चार जनाका दरले कर्मचारी खटाइने उनले बताए। तीन सय ४० मतदान…