काठमाडौं: नेपाली सेनाको अधिकृत भएको झुटो परिचय दिएर ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामेछाप मन्थली नगरपालिका–३ का ३० वर्षीय राजु कार्की रहेका छन्। कार्कीले आफू नेपाली सेनाको अधिकृत भएको झुटो विश्वास दिलाई पीडितसँग सुनका गहना धितो राखेर ३ लाख रुपैयाँ लिएको र त्यसपछि फरार भएको आरोप छ। घटनाको अनुसन्धानका क्रममा ललितपुरस्थित प्रहरी अनुसन्धान टोलीले कार्कीलाई पक्राउ गरेको हो। पक्राउ परेपछि उनलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर, जावलाखेल, ललितपुर पठाइएको छ। प्रहरीले घटनाको अनुसन्धानलाई तीव्र बनाउँदै पीडितको धन फिर्ता गर्न पहल गरिरहेको जनाएको छ। साथै, ठगीविरुद्ध सचेत रहन सर्वसाधारणलाई अपिल पनि गरेको छ।
Author: महेन्द्रनगर पोष्ट
धनगढी: नेकपा एमालेबाट निस्कासनमा परेका डा. भीमबहादुर रावलले ठूला राजनीतिक दलहरूलाई गन्तव्यहीन, आदर्शहीन, र सिद्धान्तहीन भएको आरोप लगाउँदै वैकल्पिक देशभक्त राजनीतिक शक्तिको निर्माणमा लाग्ने घोषणा गरेका छन्। ‘मातृभूमि जागरण अभियान नेपाल’को नेतृत्व गर्दै देश दौडाहामा रहेका रावलले वर्तमान राजनीतिक दलहरू भागबण्डा र गुटबन्दीमा लिप्त भएको आरोप लगाए। आज सुदूरपश्चिमको धनगढी पुगेर उनले भने, ‘प्रधानमन्त्री बन्यो, भागबण्डा गरेर खाने। विश्वविद्यालय, आयोग सबैमा भागबण्डा छ। भागबण्डाभित्र पनि गुटबन्दी छ। के यो राज्य व्यक्तिगत स्वार्थका लागि हो?’ रावलले राष्ट्र र राष्ट्रियता जोगाउन इमानदार देशभक्तहरू एकजुट हुनुपर्नेमा जोड दिए। ‘देश र जनताका लागि इमानदार देशभक्तहरू हामी एक ठाउँमा आउँछौं भन्नेमा मेरो विश्वास छ,’ उनले…
धनगढी: २०६८ सालमा डडेल्धुरामा सामुदायिक वनमा भएको हरिया रुखको अवैध कटानी र भ्रष्टाचारको प्रकरण ११ वर्षपछि पुनः चर्चामा आएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग र वन मन्त्रालयको टोलीले छानबिन सुरु गरेको यो मुद्दा अहिले ७० करोड रुपैयाँ धरौटी फिर्ता विवादसँग जोडिएको छ। २०६८ साल पुसमा सामुदायिक वनमा अवैध कटानीको उजुरीपछि अख्तियारले तत्कालीन सहसचिव कृष्ण ढुंगानाको नेतृत्वमा पाँच सदस्यीय टोली खटाएको थियो। सो टोलीले ३४ सामुदायिक वनको स्थलगत निरीक्षण गरी वन कर्मचारी र पदाधिकारीहरूको मिलेमतोमा हरिया साल, सल्ला, र खयरका रुख काटिएको पुष्टि गरेको थियो। वन मन्त्रालयका सहसचिव कृष्णचन्द्र पौडेलको नेतृत्वमा अर्को टोलीले पनि दर्जनभन्दा बढी सामुदायिक वनको छानबिन गरेको थियो।…
धनगढी: सुदूरपश्चिम प्रदेशसभाको बैठक चार महिनापछि बोलाइएको छ। माघ ६ गतेका लागि प्रदेशसभाको बैठक बोलाइएको हो। प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीका अनुसार माघ ६ गते बिहान ११ बजेका लागि बैठक बोलाइएको छ। गत असोज ५ गते प्रदेश सरकारको चालू आर्थिक वर्ष २०८१/०८२ को बजेट पारित भएपछि प्रदेशसभाको बैठक बस्न सकेको थिएन। यस्तै बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा केही विधेयक र विषयगत समितिका सदस्यहरूको जिम्मेवारी हेरफेरबारे छलफल भएको छ।
धनगढी: कैलाली जिल्लाको भजनी नगरपालिका-३ ठेकिपुरबाट चितुवाको छाला र १२ दाँतसहित बिहारे चौधरी पक्राउ परेका छन्। सुदूरपश्चिम प्रहरीले चौधरीलाई कालो प्लास्टिकको झोलाभित्र लुकाइ राखिएको अवस्थामा चितुवाको छाला र दाँतसहित नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार बरामद गरिएको छाला ४ फिट ४ इन्च लम्बाइ र १ फिट १० इन्च चौडाइको छ। चौधरीमाथि वन्यजन्तु अपराधको अभियोगमा अनुसन्धान भइरहेको छ। नेपालमा वन्यजन्तुका अंगको अवैध व्यापार गैरकानुनी मानिन्छ, जसमा कठोर कानूनी कारबाहीको व्यवस्था गरिएको छ।
धनगढी: कैलालीमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन्। शुक्रबार गोदावरी नगरपालिका-५ गेटा मेडिकल कलेज नजिकबाट सोही वडा बस्ने ३३ वर्षका ओकेन्द्र चौधरी १ ग्राम ३४० मिलिग्राम लागुऔषध (खैरो हेरोइन) जस्तो देखिने पदार्थसहित पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले चौधरीलाई नाकको दाहिने पट्टिको प्वालभित्र लुकाएर राखेको अवस्थामा खैरो हिरोइन फेला पारी पक्राउ गरेको जनाएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले बताएको छ।
धनगढी: धनगढीस्थित राष्ट्र बैंक नजिकै रहेको लोटस क्याफेले आफ्नो छैटौं वार्षिकोत्सवको अवसरमा दृष्टि फाउन्डेसनलाई खाद्यान्न सहयोग गरेको छ। शुक्रबार क्याफेका सञ्चालक टंक कठायतले धनगढी-१३ मा रहेको दृष्टि फाउन्डेसनमा पुगेर १६ हजार रुपैयाँ बराबरको खाद्यान्न हस्तान्तरण गरे। उनले क्याफेले हरेक वर्ष वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत फाउन्डेसनलाई सहयोग गर्दै आएको जानकारी दिए। छैटौं वार्षिकोत्सवको अवसरमा ग्राहकहरूलाई विशेष छुटको व्यवस्था गरिएको छ। अर्का सञ्चालक खेमनाथ योगीका अनुसार, ग्राहकहरूलाई खानाका सबै परिकारमा २० प्रतिशत छुट प्रदान गरिएको छ भने लाइभ म्युजिक कार्यक्रमको समेत आयोजना गरिएको छ। लोटस क्याफेले वार्षिकोत्सवलाई सामाजिक सेवासँग जोडेर समाजप्रति सकारात्मक सन्देश प्रवाह गर्दै आएको छ।
धनगढी: नेकपा एमालेबाट निष्कासनपछि पूर्व उपप्रधानमन्त्री डा. भीमबहादुर रावलले आफ्नो गृह प्रदेश सुदूरपश्चिममा नयाँ राजनीतिक अभियानको सुरुवात गरेका छन्। धनगढी विमानस्थलमा आज बिहान पुगेका रावललाई उनका समर्थकहरूले भव्य स्वागत गरेका छन्। उनले “मातृभूमि जागरण अभियान” घोषणा गर्दै राष्ट्रप्रति माया गर्ने सबैलाई आफ्नो अभियानमा सहभागी हुन आह्वान गरेका छन्। समर्थकहरूले राष्ट्रिय झण्डासहित “डा. भीम रावल जिन्दावाद” र “मातृभूमि अभियान जिन्दावाद” जस्ता नाराबाजी गरेका थिए। रावलले छोटो सम्बोधन गर्दै आफ्नो अभियान व्यक्तिगत नभई सामाजिक रूपान्तरणका लागि रहेको बताए। उनको आगमनसँगै सुदूरपश्चिममा नयाँ राजनीतिक बहस सुरु भएको छ। लामो समयसम्म वामपन्थी आन्दोलनमा सक्रिय रहेका रावल यस पटक पुराना राजनीतिक चिन्ह र विचारबाट टाढा…
काठमाडौं: नेपाल प्रहरीले डिआइजी दिनेशकुमार आचार्यलाई केन्द्रीय प्रवक्ताको जिम्मेवारी दिएको छ। लागू औषध नियन्त्रण ब्यूरोको प्रमुख रहेका आचार्य हालै डिआइजीमा बढुवा भई प्रहरी महानिरीक्षकको सचिवालयमा आएका थिए। पुस १८ गते डिआइजीमा बढुवा भएका आचार्यलाई सचिवालयमा आएसँगै प्रवक्ताको जिम्मेवारी दिइएको हो। उनले अब प्रहरीका तर्फबाट सञ्चार माध्यममा जानकारी दिने जिम्मेवारी सम्हाल्नेछन्। यसअघि एसएसपी विश्व अधिकारीले केन्द्रीय प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आएका थिए। आचार्यको नेतृत्वमा नेपाल प्रहरीले सञ्चार र जनसम्पर्कलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
अछाम: डोटी भूकम्पबाट प्रभावितको घर पुनर्निर्माण अछामबाट सुरु हुने भएको छ। अछामका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले मङ्गलसेन नगरपालिका-५ का भूकम्पपीडित खण्टी कामीको घर पुनर्निर्माणका लागि सम्झौता भएसँगै काम सुरु भएको जानकारी दिए। विपद् प्रभावित निजी आवास प्रवलीकरण, पुनर्निर्माण तथा पुनःस्थापना अनुदान कार्यविधि, २०८१ बमोजिम कामीको घर पुनर्निर्माणका लागि मङ्गलसेन नगरपालिका-५ का अध्यक्ष झङ्करप्रसाद भाट र लाभग्राहीबीच बिहीबार सम्झौतामा हस्ताक्षर भएको हो । कामीको घर पुनर्निर्माणका लागि रु चार लाख खर्च हुने र उक्त रकम स्थानीय तहबाट भुक्तान हुने जनाइएको छ। प्रजिअ लम्सालका अनुसार भूकम्पबाट पूर्णरुपमा क्षति भएका घर पुनर्निर्माणका लागि रु चार लाख, आंशिक क्षतिको हकमा रु एक लाख…