काठमाडौं-राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको महान् पर्व फागुपूर्णिमा (होली) को सुखद्अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिको कामना गरेकी छन्। फागुपूर्णिमाका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उनले होलीमा खेलिने विविध रङ जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिकरूपमा विविधतापूर्ण रहेको उल्लेख गरिन्। राष्ट्रपतिले यही विविधताबीचको एकता नै हामी नेपालीको पहिचान र सामथ्र्य बनेको तथा त्यसले सम्पूर्ण नेपालीबीच आपसी प्रेम, सद्भाव र सहिष्णुता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरिन्। वैदिक परम्परादेखि नै समाजमा असल र खराबबीच द्वन्द्व चल्दै आए तापनि सत्यको विजय नै अवश्यम्भावी हुने सार्वभौम सिद्धान्तलाई यस पर्वले…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं-फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली मनाइँदैछ। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ। सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम बन्द हुँदै गएको छ। फागु पर्वको अघिल्लो दिन पनि राजधानीका सडकमा फोहर पानी छ्यापेको देखिँदैन। विगत वर्ष जस्तै यस वर्ष पनि कोरोनाको प्रभाव विश्वव्यापीरुपमा बढ्दै गएकाले फागु पर्वमा पानी र रङ प्रयोग नगर्न प्रशासनले आह्वान गरेको छ साथै घर परिवारमै फागु पूर्णिमा…
काठमाडौं-सञ्चारविज्ञले ‘संशोधित राष्ट्रिय प्रसारण नियमावली, २०७८ ले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्न खोजेको बताएका छन् । नेपाल पत्रकार महासङ्घ, डिजिटल तथा अनलाइन विभागको आयोजना र अनलाइन टिभी पत्रकार सङ्घ, नेपालको सहकार्यमा ‘संशोधित राष्ट्रिय प्रसारण नियमावली, २०७८ माथिको छलफल कार्यक्रममा विज्ञ तथा सरोकारवालाले सरकारले कानून निर्माण गर्दा सरोकारवालासँगको सुझावसहित निर्माण गर्ने विगतको अभ्यासलाई बेवास्ता गर्दै नियमावली ल्याएको भन्दै आपत्ति जनाएका छन्। नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले सरकारले निर्माणका क्रममा रहेका कतिपय ऐनले हालको समस्यालाई सम्बोधन गर्ने भन्दै त्यसलाई छलेर सरकारले प्रेस स्वतन्त्रताविपरीत विवादित प्रसारणसम्बन्धी नियमावली ल्याएको बताए। सूचना तथा प्रसारण विभागका महानिर्देशक गोगनबहादुर हमालले सरकारले ल्याएको संशोधित राष्ट्रिय प्रसारण…
बैतडी-बैतडीको दशरथचन्द नगरपालिकामा जारी पाँचौँ संस्करणको मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि दनपा–४ खलङ्गाले जितेको छ। आज सम्पन्न फाइनल खेलमा दनपा–५ दशरथचन्दलाई ५ विकेटले स्तब्ध पार्दै खलङ्गाले उपाधि हात पारेको हो। खलङ्गा गत संस्करणको विजेता हो। उसले गत वर्ष पनि दशरथचन्दलाई नै ४ रनले हराउँदै उपाधि जितेको थियो। उपाधिसँगै खलङ्गाले रु ७५ हजार पुरस्कार प्राप्त ग¥यो। उपविजेता दशरथचन्दले रु ५० हजार प्राप्त ग¥यो। फाइनलमा दशरथचन्दले दिएको ८८ रनको सामान्य लक्ष्य खलङ्गाले १०.४ ओभरमा ५ विकेट गुमाएर पूरा ग¥यो। उसका लागि हरिश कार्कीले अविजित ५२ रनको पारी खेले। बलिङतर्फ दशरथचन्दका सुमन रावलले ३ विकेट लिए। त्यसअघि निङ्ग्लाशैनी खेल मैदान देहीमाडौैँमा पहिला ब्याटिङ…
काठमाडौं -युक्रेनमा युद्धका कारण प्रतिसेकेन्ड एक नाबालक शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र संघले जनाएको छ। राष्ट्रसंघको प्रारम्भिक आँकलनअनुसार रूसी आक्रमण शुरु भएदेखि अहिले पूर्वी युरोपेली यस देशबाट भागेका मानिसहरूको कुल संख्या ३० लाखभन्दा बढी पुगेको छ। ‘अहिले युक्रेनबाट छिमेकी देशमा मानिसको प्रवाह ३० लाखभन्दा बढी पुगेको हामीले प्रक्षेपण गरेका छौँ। यीमध्ये लगभग १ लाख ५७ हजार तेस्रो देशका नागरिक छन्,’ अन्तरराष्ट्रिय आप्रवासी संगठन (आइओएम) का प्रवक्ता पल डिलनले जेनेभामा भने। फेब्रुअरी २४ मा रूसी आक्रमण शुरु भएदेखि अहिलेसम्म लगभग १५ लाख बालबालिका युक्रेनबाट बाहिरिएका छन्। गत २० दिनको दौरानमा युक्रेनमा हरेक दिन ७० हजारभन्दा बढी केटाकेटी शरणार्थी भएका छन्। संयुक्त राष्ट्र बाल…
काठमाडौँ -अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगञ्ज महानगरपालिका–१४ का वडाध्यक्ष भरतप्रसाद कुर्मी र वडा सचिव राज कुमार सिंहसहित ६ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ। घर बाटो सिफारिस, चौहद्दी सिफारिस लगायतका अन्य सिफारिस बापतको राजस्व रकमको रसिद नकाटी, जथाभाबी दर्ता चलानी राखी चलानी किताबमा कुनै पनि राजस्व रकम चलानी नराखी राजश्व रकम हिनामिना गरेको आरोपमा कुर्मीसहित महानगरका वडा सचिव राज कुमार सिंह, तत्कालीन वडा सचिव अनामिका रौनियार, वडा सदस्य द्वय रफिक अन्सारी, सञ्जय कुमार पटेल र कार्यालय सहयोगी जितेन्द्र कुमार कुर्मीविरुद्ध अख्तियारले बुधवार मुद्दा दायर गरेको हो। उनीहरुविरुद्ध १ लाख २ हजार ५८५ रुपैयाँ मागदावी…
इनरुवा-नेपाल र भारतका सुरक्षा अधिकारीले दुई देशको सीमा क्षेत्रको आज निरीक्षण गरेका छन्। सुनसरीको तीन वटा स्थानीय तहसँग जोडिएर रहेको नेपाल र भारतको सीमा क्षेत्रको सुरक्षा अधिकारीले निरीक्षण गरेका हुन्। सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेको र निर्वाचन नजिकिँदै गएको बेलामा त्यसलाई मध्यनजर गर्दै भोक्राहानरसिंह, हरिनगर र बर्जु गाउँपालिकासँग जोडिएर रहेको नेपाल भारतको सीमा क्षेत्रको निरीक्षण गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यावदले जानकारी दिए। पूर्वतर्फको पहिलो पिलर नं १८२ देखि १९५ नम्बरसम्मको मूल तथा सहायक पिलरको निरीक्षण गरेको प्रजिअ यादवले जानकारी दिए। स्थानीय तहको निर्वाचन, सीमाबाट हुने चोरी तस्करी, सीमास्तभको अवस्था, होली पर्वको बेलामा हुने मदिराको तस्करीलगायतका विषयमा जानकारी…
काठमाडौँ-कमल थापा नेतृत्वको राप्रपा नेपालले निर्वाचन आयोगबाट चुनाव चिन्ह तीर पाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका नेता थापाले आगामी स्थानीय तहको निर्वाचनमा सहभागी हुनका लागि तीर चिन्ह रोजेका हुन्। राप्रपाले सनातन हिन्दु धर्म, संस्कृति महत्वपूर्ण रहेको तीर लिएको छ। राप्रपा पूर्वअध्यक्ष समेत रहेका थापाले फागुन ७ गते राप्रपा नेपालको घोषणा गरेका थिए।
कैलाली-धनगढीमा २ युवक पक्राउ परेका छन्। उनीहरु मोबाइल चोरी गरेको आरोपमा पक्राउ परेका हुन। उनिहरुको साथबाट चोरीएका मोबाइल तथा ल्यापटप पनि बरामद गरिएको प्रहरीले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चोरीको आरोपमा १९ वर्षीय रमेश पुरी र ज्ञानु चौधरीलाइ पक्राउ गरिएको हो।पुरीले चोरीपछि धनगढीकै भानुचोकमा रहेको जिके मोबाइल ग्यालरीका सञ्चालक ज्ञानुलाई उक्त मोबाइल बिक्री गरेको खुलेको छ। उनीहरुमाथि चोरी शिर्षकमा मुद्दा दर्ता भइ थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।बुद्दचोकस्थित साइकलमा घर गइरहेका राहुल चौधरीलाई पनि डराई धम्काई पुरीले नै मोबाइल लुटेर फरार भएका थिए।
काठमाडौं-प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सुरक्षा नीतिलाई थप सुदृढ बनाउन आवश्यक रहेको बताएका छन्। बुधबार राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको २१ औँ वार्षिककोत्सवको अवसरमा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्। उनले सुरक्षा नीति, प्रतिरक्षा नीतिलगायतका नीतिलाई सरकारले कार्यान्वयनमा लगेको दाबी समेत गरे। उनले सरकारले राष्ट्रिय सुरक्षा नीति र यस क्षेत्रको प्रभावकारिकाताका लागि एकीकृत कार्ययोजना तयार गरी सम्बन्धित मन्त्रालय तथा निकायहरुमा कार्यान्वयनका लागि पठाएको पनि बताए। प्रधानमन्त्री देउवाले राष्ट्रिय सुरक्षा नीतिलाई प्रभावकारी रुपमा कार्यान्वयन गरी राष्ट्रिय सुरक्षा नीति र प्रतिरक्षा नीतिलाई थप सुदृढ र सफल बनाउँदै जान आवश्यक रहेको तर्क गरे। प्रधानमन्त्री देउवाले भने, ‘संविधानले नेपालको समग्र राष्ट्रिय हित, सुरक्षा, प्रतिरक्षा सम्बन्धी नीति…