कैलाली-धनगढीमा २ युवक पक्राउ परेका छन्। उनीहरु मोबाइल चोरी गरेको आरोपमा पक्राउ परेका हुन। उनिहरुको साथबाट चोरीएका मोबाइल तथा ल्यापटप पनि बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चोरीको आरोपमा १९ वर्षीय रमेश पुरी र ज्ञानु चौधरीलाइ पक्राउ गरिएको हो।पुरीले चोरीपछि धनगढीकै भानुचोकमा रहेको जिके मोबाइल ग्यालरीका सञ्चालक ज्ञानुलाई उक्त मोबाइल बिक्री गरेको खुलेको छ।
उनीहरुमाथि चोरी शिर्षकमा मुद्दा दर्ता भइ थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।बुद्दचोकस्थित साइकलमा घर गइरहेका राहुल चौधरीलाई पनि डराई धम्काई पुरीले नै मोबाइल लुटेर फरार भएका थिए।
Facebook Comments Box