काठमाडौं: गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ। अख्तियारले केहीबेर अघि उनलाई नियन्त्रणमा लिएर टंगाल कार्यालय पुर्याएको बताइएको छ।
यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख अध्यागमन अधिकृत रहेका भट्टराई हिजो मात्र सरुवा भएर गृह मन्त्रालय पुगेका थिए। भिजिट भिसामा विदेश जानेहरुसँग सेटिङ मिलाएर भट्टराईले रकम असुली गरेको र मानव तस्करीसँग साँठगाँठ गरेको उजुरीपछि गृहमन्त्री रमेश लेखकले उनलाई मन्त्रालय तानेर पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालालाई विमानस्थलको जिम्मेवारी दिएका छन्।
उता अख्तियारको अर्को टोलीले विमानस्थलमा छापा हानेर कम्प्युटर र केही कागजात नियन्त्रणमा लिएको बताइएको छ। विस्तृत विवरण आउन बाँकी छ।
Facebook Comments Box