Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ । बागमती प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक अनु लामा लामो समयदेखि कार्यालयमा गैर हाजिर रहेको भन्दै गृह मन्त्रालयले स्पष्टीकरण सोधेको छ। गृह मन्त्रालयले आज सार्वजनिक सूचना जारी गर्दै सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन इन्सपेक्टर लामालाई निर्देशन दिएको हो। गृह मन्त्रालयका अनुसार उनी गएको असार २५ गतेदेखि कार्यालयमा उपस्थित भएकी छैनन्। त्यतिबेला दस दिनको बिदा लिएर बसेकी उनले त्यसपछि पुनः १० दिन थप बिदा स्वीकृति गराएकी थिइन्। २० दिनको बिदा सकेपछि गएको साउन १६ गते नै उनी कार्यालयमा हाजिर हुनुपर्ने थियो। तर, त्यसयता पनि कसैलाई जानकारी नगराई उनी गैरहाजिर रहेको मन्त्रालयले जारी गरेको सूचनमा उल्लेख छ। कार्यालयमा अनुपस्थित भएपछि…

Read More

काठमाडौँ- हङकङ इन्टरनेसनल सिक्सेस-२०२५ अन्तर्गत नेपालले आज पहिलो खेलमा अफगानिस्तानसँग प्रतिस्पर्धा गर्ने भएको छ। मङ कोकस्थित मिसन रोड ग्राउन्डमा हुने खेल नेपाली समयअनुसार बिहान पौने ९ बजे सुरु हुनेछ। शरद भेषावकरको कप्तानीमा नेपाली टोली मैदान उत्रनेछ। टोलीमा सन्दीप जोरा, लोकेश बम, बशिर अहमद, आदिल आलम, रशिद खान र रुपेश सिंह छन्। नेपाल समूह ‘ए’ मा रहेको छ जसमा अफगानिस्तान र दक्षिण अफ्रिका पनि छन्। त्यस्तै, समूह ‘बी’ मा अस्ट्रेलिया, इङ्ल्यान्ड र यूएई, समूह ‘सी’ मा भारत, कुवेत र पाकिस्तान र समूह ‘डी’ मा आयोजक हङकङसँगै बंगलादेश र श्रीलंका रहेका छन्। प्रतियोगिताअन्तर्गत आज शुक्रबार १० वटा खेल खेलिने छ। नेपालले भने…

Read More

काठमाडौँ- विश्वकप छनोट हुँदै आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको यूएई शृङ्खला सम्पन्न गरी नेपाली क्रिकेट टिम स्वदेश फर्किएको छ। शृङ्खलामा चारै खेलमा पराजित भएको नेपाल मध्यरातमा काठमाडौँ आइपुगेको हो। अब खेलाडीहरूले आगामी मंसिर १ गतेदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) को तयारीमा गर्नेछन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खेलकुदमन्त्री बब्लु गुप्ता, नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्कालगायतका पदाधिकारीले टोलीलाई स्वागत गरेका थिए। यूएई शृङ्खलामा नेपालले पहिलो खेलमा अमेरिकासँग १०६ रनले, दोस्रो खेलमा यूएईसँग ५ विकेटले, तेस्रो खेलमा अमेरिकासँग ४ विकेटले र चौथो खेलमा पुनः यूएईसँग ४ विकेटले पराजय भोगेको थियो। चारै खेल गुमाएपछि नेपालले अंकतालिकामा २० खेलपछि जम्मा १२…

Read More

काठमाडौँ । बलिउड अभिनेत्री तथा गायिका सुलक्षणा पण्डितको बिहीबार राति ८ बजे मुम्बईमा निधन भएको छ। उनी ७१ वर्षकी थिइन्। उनको मृत्युको कारण अझै खुल्न सकेको छैन। उनी केही समयदेखि बिरामी रहेको बताइएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार सुलक्षणा पण्डितले मुम्बईको नानावती अस्पतालमा अन्तिम सास फेरेकी हुन्।

Read More

मेलम्ची- मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण स्थानीयले बन्द गराएका छन्। हेलम्बु गाउँपालिका–१, अम्बाथानस्थित सुरुङबाट बिहीबारदेखि पानी पथान्तरण रोकिएको हो। मेलम्ची खानेपानी बाढीपीडित सङ्घर्ष समितिले खानेपानी आयोजनाको साइट कार्यालयमा ताला लगाइदिएका छन् भने माग पूरा नभएसम्म पानी पथान्तरणको गर्न नदिने अडान लिएका छन्। यसअघिका आन्दोलनमा भएको सहमति कार्यान्वयन नगरिएको भन्दै मेलम्ची बाढीपीडित सङ्घर्ष समिति, विभिन्न राजनीतिक दल, स्थानीययले माग पूरा नभएसम्म पानी पथान्तरण बन्द गराएको मेलम्ची खानेपानी बाढीपीडित सङ्घर्ष समितिका उपाध्यक्ष नवराज गुरागाईँ जानकारी दिए। मेलम्ची आयोजना प्रभावित र बाढीपीडितहरूले नदी नियन्त्रणका लागि तटबन्ध निर्माण, जोखिममा रहेका बस्तीको संरक्षण गर्नुपर्ने, मेलम्ची बाढीअघि बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिई मेलम्ची करिडोरमा बनाइएको…

Read More

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले एक थोपा रगत नबग्ने र एक जना पनि घाइते नहुने गरी निर्वाचन गराउन आफू प्रयासरत रहेको बताएकी छन्। द एसिएन नेटवर्क फर फ्रि इलेक्सन्स (आन्फ्रेल)को प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण र भयरहीत वातावरणमा स्वच्छ र निष्पक्ष चुनाव गराउन सरकार प्रतिबद्ध रहेको बताइन्। आन्फ्रेल थाइल्यान्डको ब्यांककमा सचिवालय रहेको अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुको सञ्जाल हो।सचिवालयका कार्यकारी निर्देशक ब्रिजा रोसालेसको नेतृत्वको टोली अहिले नेपालको निर्वाचन वातावरणको मूल्यांकन गर्न काठमाडौँ आइपुगेको छ। लामो समय न्यायाधीश र प्रधानन्यायाधीशका रुपमा काम गरेको व्यक्तिको नेतृत्वको सरकार भएकाले यसले स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउने भन्नेमा आफूहरु विश्वस्त रहेको प्रतिनिधिमण्डलका सदस्यहरुले बताए। ‘तपाईँको लामो समयदेखिको न्यायीक…

Read More

काठमाडौं । देशका केही स्थानमा आज वर्षा र हिमपात हुने भएको छ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहे पनि केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको हो । दुईवटा प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोसी र गण्डकी प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मूख्यतया सफा रहने विभागले बताएको छ ।

Read More

काठमाडौंः अनुमति नलिई विदेशी दूतावासका अधिकारी र नेता भेट्ने सशस्त्र प्रहरी अधिकारीमाथि छानविन सुरु भएको छ । उनीहरुमाथि अनुशासनको कारबाहीको तयारी छ । अनुशासनलाई बलियो बनाउन सशस्त्र प्रहरी बलले बाहिरी भेटघाटमा कडाई गर्दै छानविन थालेको हो । भेटघाट गर्नुपरेमा अनिवार्य स्वीकृती लिन भन्दै बिहिबार सशस्त्र प्रहरी बल नेपालका सम्पूर्ण कार्यालयहरुमा परिपत्र गरेको छ । सशस्त्र प्रहरी कर्मचारीहरुले सांगठनिक तथा व्यक्ति कामकाजको सिलसिलामा उच्च पदस्त व्यक्तित्वहरु, राजनैतिक दलहरुका नेतृत्व तथा पदाधिकारी लगायत अन्य विशिष्ट व्यक्तिसँग विभिन्न मन्त्रालय तथा अन्य स्थानहरुमा भेटघाट गर्न कडाई गरिएको छ । ‘सशस्त्र प्रहरी कर्मचारीहरुले कुुटनैतिक नियोग तथा विभिन्न राजनैतिक नेतृत्वसँग भेटघाटको क्रममा पालना गर्नुपर्ने आचरण सम्बन्धी…

Read More

काठमाडौं: मंसिर १ गतेदेखि सर्वाेच्च अदालतलाई पूर्ण रुपमा सञ्चालन गर्न निर्णय भएको छ । बिहीबार बसेको सर्वाेच्चको पूर्ण बैठकले सबै सेवाहरु पूवर्वत रुपमा प्रवाह गर्ने निर्णय गरेको हो । जेनजी आन्दोलनका कारण सर्वाेच्चको मुलभवन जलेर खण्डहर भएपछि सर्वाेच्चले आंशिक सेवा मात्र सञ्चालन गर्दै आएको छ । जलेका फाइलहरू पुर्नप्राप्ती गरी नियमित सेवा सञ्चालन गर्न लागेको हो । सर्वाेच्चले हाल रिट र बन्दीप्रत्क्षीकरणका निवेदनमा मात्र सुनुवाई गर्दै आएको छ।

Read More

काठमाडौं : बेलायतबाट फिर्ता भएका राजदूत चन्द्रकुमार घिमिरेले राजीनामा दिएका हुन्। नेपाल फर्किएलगत्तै उनले राजीनामा दिएका हुन्। घिमिरेसहित ११ राजदूतलाई ३० असोजमा बसेको मन्त्रिपरिषद्को बैठकले पदमुक्त गर्ने निर्णय गरेको थियो । जसमा गत आइतबार सर्वाेच्च अदालतले सो निर्णय कार्यान्वायन नगर्न अन्तरिम आदेश दिएके थियो ।त्यसपछि सरकारले उनीहरुलाई फिर्ता भएर मन्त्रालयमा बसेर काम गर्न पत्राचार गरेको थियो। सबैलाई २० कात्तिकभित्र फर्कन भनिएको थियो।

Read More