धनगढी: प्रहरीले कैलाली जिल्लाको टिकापुरबाट सुन र चाँदीका गरगहनासहित दुई व्यक्तिलाई पक्राउ गरेको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, प्रहरी टोलीले मंगलबार दिउँसो १२:३० बजे उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा बाजुराको बुढिगंगा नगरपालिका–१० का २५ वर्षीय सुजन शाही र कैलालीको लम्की–चुहा नगरपालिका–४ की ३४ वर्षीया रम्भा जैशी रहेका छन्। उनीहरू टिकापुर नगरपालिका–१ गणेशपुर शिविरस्थित धर्मा जैसीको घरभित्र शंकास्पद रूपमा बसिरहेको अवस्थामा फेला परेका थिए। उनीहरूको साथबाट चाँदीको सिक्का (५० ग्राम) – १ थान, हिरा जस्तो देखिने पत्थरयुक्त औंठी – २ थान, सुन जस्तो देखिने बेरुवा औंठी – १ थान, सुन जस्तो देखिने सिक्री – १ थान, पानको पात आकारको…
Author: महेन्द्रनगर पोष्ट
धनगढी: सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डीआईजी) गणेश चन्द पहाड भ्रमणमा निस्किएका छन्। अस्ति सुदूर पहाडतर्फ उक्लिएका उनी पहाडी जिल्लामा प्रहरी कार्यायको अनुगमन तथा निरीक्षणमा व्यस्त छन्। उनले अहिलेसम्म पहाडमा दार्चुला प्रहरी र बैतडी प्रहरीको निरीक्षण गरेका छन्। यहीँ पुस १ गते सुदूरपश्चिम प्रदशको कमाण्ड सम्हालेका डीआईजी चन्दले विभिन्न जिल्ला पुगेर निरीक्षण गरिरहेका हुन्। अस्ति महेन्द्रनगरमा अनुगमन गरेका उनले हिजो दार्चुला र आज बैतडीमा अनुगमन गरेका छन्। साथै उनले पहाडी जिल्लामा पुगेर निरीक्षण तथा आवश्यक निर्देशन पनि दिइरहेका छन्। प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार बैतडीमा उनले कार्यालय भवन, सम्पुर्ण शाखाहरु, ब्यारेक, मेस तथा हिरासत कक्षको निरीक्षण गरेका…
धनगढी: डडेल्धुरा आलितालका एक युवक कञ्चनपुरमा मृत फेला परेका छन्। आलिताल गाउँपालिका–५ गोलेथर बस्ने अन्दाजी २० वर्षीय कृष्ण खडायत कञ्चनपुरमा मृत फेला परेको कञ्चनपुर प्रहरीले जनाएको छ। खडायत घरबाट भारत जान्छु भन्दै श्रीमतीसँगै हिँडेका थिए। तर, सीमा नाकामा आवश्यक कागजात देखाउन नसकेपछि खडायत दम्पत्तिलाई फर्काइएको थियो। त्यसपछि खडायत परिवार कञ्चनपुरको पुनर्वास नगरपालिका–१० सिद्धदेवी टोलमा आफ्ना काकाको घरमा पुगेका थिए। परिवारले दिएको जानकारीअनुसार श्रीमान–श्रीमतीको सामान्य झगडा परेको थियो। त्यसपछि कृष्ण मृत फेला परेका हुन्। खडायतको शव पोस्टमार्टमको लागि धनगढीको सेती प्रादेशिक अस्पताल लगिएको छ।
धनगढी: कैलालीको टीकापुरबाट करिब एक हजार किलो महसहित पक्राउ परेका १६ जना भारतीयविरुद्ध मुद्दा दर्ता गरिएको छ। प्रयोगशालामा परीक्षण गर्दा उक्त मह दुषित रहेको पुष्टि भएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले उनीहरुविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो। १५ जनाविरुद्ध खाद्य स्वच्छता तथा गुणस्तर ऐनअनुसार र नाबालक भएकाले एकजनाविरुद्ध बालबालिकासम्बन्धी ऐनअनुसार मुद्दा दर्ता गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य अनुसन्धान अधिकारी एवम् सूचना अधिकारी सुमन लामीछानेले बताए। टीकापुर प्रहरीले टीकापुरको एक होटेलबाट उनीहरुलाई गत मंसिर १६ गते नौ सय ४७ किलो चाकासहितको महसहित पक्राउ गरेको थियो। मिसावटयुक्त मह बिक्री गरेर ठगी गरिरहेको गुनासोका आधारमा टीकापुर प्रहरीले…
काठमाण्डौं: कञ्चनपुरबाट रुस पुगेका दुई युवकको युक्रेनसंगको लडाईमा मृत्यु भएको छ। संगै गएका अर्का युवक घाईते छन्। सात लाख खर्चेर गतवर्ष तिहारपछि रुस पुगेका कञ्चनपुरको वेदकोट–९ सुन्दरपुरका ४५ वर्षीय बिराजन बिष्ट, उनका भाई निराजन बिष्ट र लोकेन्द्र बहादुर युक्रेनसंगको लडाईमा सामेल भएका थिए। ४५ वर्षीय बिराजनको मृत्यु भएको ८ महिनापछि लोकेन्द्रको मृत्यु भएको भएको हो। युक्रेनको तोकमोकमा बंकरभित्र ड्रोन आक्रमणमा परी दाई बिराजनको मृत्यु हुदा घाईते भएका भाई निराजन रुसमै उपचाररत छन्। बिराजनको गत बैशाख ५ गते मृत्यु भएको पुष्टि भएको थियो। सोमवार परराष्ट्र मन्त्रालयले रुसका तर्फ लडिरहेका लोकेन्द्र सहित थप १० जना नेपालीको मृत्यु भएको पुष्टि गरेको हो। लोकेन्द्र…
धनगढी: कैलालीमा बोक्सी लागेको आरोपमा महिलामाथि निर्घात कुटपिट गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। भजनी नगरपालिका–१ गौनैयाकी २८ वर्षीया महिलालाई बोक्सी लागेको भन्दै निर्घात कुटपिट गरेको अभियोगमा गुरुवासहितका चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा भजनी नगरपालिका–१ का २८ वर्षीय मनोज चौधरी, ५१ वर्षीय बाबुराम चौधरी, ४५ वर्षीय लाहानु चौधरी र ३५ वर्षीय रुपा चौधरी रहेको कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर विष्टले जानकारी दिए। उनकाअनुसार २८ वर्षीया महिलामाथि बोक्सीको आरोपमा कुटपिट गरेको किटानी जाहेरी परेपछि चारै जनालाई इलाका प्रहरी कार्यालय भजनीले पक्राउ गरेको हो। किटानी जाहेरी दिइएका मध्ये दुई जना फरार रहेकाले उनीहरुको खोजी जारी छ। पक्राउ…
काठमाडौं: हनि ट्रयाप प्रकरणमा मुछिएकी नेपाल प्रहरीकी निलम्बित इन्स्पेक्टर बिनुकुमारी शाहीविरुद्धको मुद्दामा हिजो सोमबार थुनछेक आदेश आयो। तर स्रोतका अनुसार शाहीको परिवार आदेश आउनु अगाडि नै पैसाको झोला बोकेर अदालतमा पुगेको थियो। जबकी त्यसपछिमात्र ललितपुर जिल्ला अदालतले थुनछेक बहसपछि ५ लाख धरौटी माग गर्दै शाहीलाई तारेखमा राख्ने आदेश गरेको थियो। अस्ति आइतबारनात्रै फरार रहेकी शाही अदालतमा उपस्थित भएकी थिइन्। त्यसपछि उनलाई एक रात थुनामा राखिएकोमा दोस्रो दिन थुनछेक बहसपछि धरौटी माग गरिएको थियो। न्यायाधीश रिताकुमारी बख्रेलको इजलासले शाहीलाई ५ लाख रुपैयाँ धरौटी लिएर तारेखमा राख्ने आदेश दिएको हो। शाहीले अदालतलाई समेत प्रभावमा पार्न चलखेक गरेको आरोप लागेको बताइन्छ। भैंसेपाटी प्रभागकी…
दार्चुला: दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ। मंगलबार राति ९:२५ बजे दार्चुलाको अपी हिमाल क्षेत्रमा चार म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। यसअघि, गत शनिबार बाजुराको पाण्डवगुफा क्षेत्रमा ५.२ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यहाँ घरहरुमा क्षति पुगेको थियो।
काठमाडौं: नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवर आफ्नो अवकाशअघि जन्मथलो अर्घाखाँचीमा आधुनिक र सुविधा सम्पन्न आवासीय भवन निर्माणमा व्यस्त छन्। आगामी चैतमा अवकाश हुने तयारीमा रहेका कुँवरले उपलब्ध स्रोत र साधनको सदुपयोग गर्दै गाउँमा आकर्षक घर निर्माण गरिरहेका हुन्। गाउँका परम्परागत ढुंगा-माटोका घरहरूको बिचमा कुँवरको नयाँ घर निकै फरक देखिन्छ। घरको बाहिरी संरचना लगभग पूरा भए पनि आन्तरिक सजावट र रंगरोगनका काम भने बाँकी रहेको छ। गाउँको ठूलो बारीको पाटोमा ठड्याइएको यो घरले वरपरका पुराना घरहरूलाई छायामा पारेको छ। महानिरीक्षक कुँवरको यो कदमले नेपालका उच्च पदस्थ अधिकारीहरूबीच अवकाशअघि घर निर्माणको चलनलाई पुष्टि गरेको छ। यसअघि प्रधानसेनापति प्रभुराम शर्माले पनि काठमाडौंको…
काभ्रेपलाञ्चोक: गृह सचिव गोकर्णमणि दुवाडीले काभ्रेको पनौतीस्थित निर्माणाधीन राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निरीक्षण भ्रमण गरेका छन्। भ्रमणका क्रममा सचिव दुवाडीले प्रतिष्ठानको भवन तथा अन्य संरचनाहरूको निर्माण प्रगतिबारे जानकारी लिंदै निर्माण कार्यको गुणस्तर र समय व्यवस्थापनप्रति विशेष चासो व्यक्त गरे। निरीक्षणका क्रममा उनले परियोजनाको समयमै सम्पन्न गर्न निर्देशन दिएका छन्। उनले भने, “निर्माण कार्यको गुणस्तरमा कुनै सम्झौता हुनुहुँदैन। समयमै परियोजना सम्पन्न गर्न सबै निकायले सहकार्य गर्नुपर्छ।” प्रतिष्ठानको निर्माण कार्यले प्रहरीको क्षमता अभिवृद्धि गर्दै आधुनिक प्रशिक्षण सुविधा उपलब्ध गराउने लक्ष्य राखेको छ। यसले प्रहरी सेवामा दक्षता वृद्धि गर्न मद्दत पुग्ने विश्वास गरिएको छ। निर्माणस्थलमा उपस्थित इञ्जिनियर र परियोजना व्यवस्थापकहरूले निर्माणको प्रगतिबारे गृह…