धनगढी: कैलालीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका–१९ फूलबारी बस्ने अन्दाजी २५ वर्षीया विमला कुँवरको करेन्ट लागेर मृत्यु भएको हो। कुँवरलाई मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेको हो। घाइते भएकी उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पुर्याएपछि डाक्टरले मृत घोषणा गरेका थिए। उक्त घटनामा विमलाका तीन वर्षीय छोरा प्रजल कुँवर घाइते भएका छन्। उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
Author: महेन्द्रनगर पोष्ट
धनगढी: कैलालीको गाेदावरी नगरपालिका-१ काे अत्तरियामा भेटिएको शवकाे पहिचान खुलेकाे छ। दुर्गा मन्दिरकाे पछाडि हत्या गरेकाे अवस्थामा बुधबार फेला परेकाे शव डडेल्धुराको अमरगढी नगरपालिका-७ का ३५ वर्षीय जगदीश कैनीको भएको खुलेकाे प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयकाअनुसार कैनीका दाजु रामले शवको सनाखत गरेका हुन्। उनकाे शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ। परीक्षणपछि परिवारकाे जिम्मा लगाइनेछ। घटनाको अनुसन्धानका लागि प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएकाे छ। प्रहरीले हत्या भएको भन्दै अनुसन्धान जारी राखेको जनाएको छ। स्रोतका अनुसार एकजना जनयुद्धका पूर्व लडाकुले आफ्नो पत्नीलाई गिद्दे नजर लगाउने गरेको भन्दै हत्या गरेको बयान दिएका छन्। तथापि उनले भनेअनुसार हत्यामा प्रयोग भएको सामग्री भने म्याच…
काठमाडौं: नेपाल प्रहरीका भूतपूर्व महानिरीक्षक प्रदीपसमशेर जंगबहादुर राणाको निधन भएको छ। जबराको गएराति ७८ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उनको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिदै छ।जबरा २०५७ को असोजदेखि २०५९ को पुससम्म नेपाल प्रहरीको महानिरीक्षक थिए। उनी नेपाल प्रहरीका १७ औँ महानिरीक्षक हुन्। केही समययता उनी गम्भीर बिरामी थिए।
धनगढी: सुदूरपश्चिम प्रदेश कराते महासंघको आयोजनामा धनगढी रंगशालामा सञ्चालन भएको ‘प्रथम सुदूरपश्चिम प्रदेश कराते प्रतियोगिता २०८१’ शनिबार सम्पन्न भएको छ। चैत्र २७ गतेदेखि सुरु भएको प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका करिब ७०० कराते खेलाडीहरू, ५० जना रेफ्री, प्रशिक्षक तथा व्यवस्थापकसहित ८०० भन्दा बढीको सहभागिता रहेको थियो। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै कैलाली जिल्लाले २५ स्वर्ण पदक सहित प्रथम स्थान हासिल गर्न सफल भयो। त्यस्तै कञ्चनपुरले १८ स्वर्ण पदकसहित दोस्रो स्थान प्राप्त गर्यो भने अछाम जिल्ला ३ स्वर्ण पदकसहित तेस्रो स्थानमा रह्यो। कार्यक्रमको उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले गरेका थिए। उद्घाटन समारोहमा प्रतिनिधिसभा सदस्य डिल्लीराज पन्त र नेपाल कराते महासंघका संस्थापक अध्यक्ष दावा…
काठमाडौं: सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले उपसचिव र अधिकृत सातौं तहका पदमा पदपूर्तिका लागि विज्ञापन खुलाएको छ। आयोगले खुला र बढुवा प्रतियोगितामार्फत् पदपूर्तिका लागि विज्ञापन खुलाउँदा पहिलोपटक थारू कोटा पनि छुट्याएको छ। आयोगले लेखा समूहको उपसचिव पदका लागि ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनद्वारा हुने बढुवाका लागि २ जना र कार्यक्षमताको मूल्यांकनद्वारा हुने बढुवाका लागि ३ जनाका लागि विज्ञापन खुलाएको छ। यसैगरी खुला तथा समावेशीमार्फत् गरिने पदपूर्तिका लागि ४ जनाका लागि विज्ञापन खुलेको छ। यसैगरी लेखा र शिक्षा सेवा तर्फका अधिकृत पदका लागि ज्येष्ठता र कार्यसम्पादनको मूल्यांकनद्वारा हुने बढुवाका लागि अप्राविधिकतर्फ ११ जना, कार्यक्षमताको मूल्यांकनद्वारा हुने बढुवाका लागि १४ जना र प्राविधिकतर्फ…
धनगढी: धनगढीमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले एक लाखभन्दा बढी नगदसहित १३ जनालाई पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका–३ स्थित भाटभटेनी सुपरमार्केट नजिकै रहेको सुप रेष्टुरेन्ट एण्ड लज मा जुवा खेलिरहेको सूचनाका आधारमा छापा मार्दै प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। कैलालीका प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) कविन्द्र सिंह बोहराका अनुसार पक्राउ पर्नेमा होटल सञ्चालक ४० वर्षीय खडक कुँवरसहित धनगढी–३ का ४५ वर्षीय दानबहादुर विष्ट, ४१ वर्षीय नवीन थापा, ३० वर्षीय मनोज चन्द, झलक रावल, धर्म रोकाया, मिनबहादुर चन्द र घोडाघोडी नगरपालिका–२ का ४१ वर्षीय दुर्गा अधिकारी रहेका छन्। त्यस्तै, बझाङको छविस पाथिभेरा गाउँपालिका–२ का ३८ वर्षीय उधव कठायत, सुर्य कठायत, धनसिंह…
काठमाडौं: मित्रराष्ट्र म्यानमारमा विनाशकारी भूकम्पमा परि परी घाइते भएकाहरूको स्वास्थ्य उपचारमा खटिएको नेपाली सेनाको चिकित्सकीय टोली आज चैत २९ गते स्वदेश फिर्ता भएको छ। १२ जना चिकित्सकीय टिम र ४ जना बन्दोबस्ती सहायता टिम सहित कुल १६ सदस्यीय टोली चैत २० गते नेपाली सेनाको हवाई साधनद्वारा त्यसतर्फ प्रस्थान गरेको थियो। नेपाल सरकारको निर्णय बमोजिम शल्यक्रिया विशेषज्ञ, हाड जोर्नी विशेषज्ञ, मेडिकल अधिकृत, नर्स तथा प्यारामेडिकहरू सहित खटिएको टोली म्यानमारको म्याण्डलेस्थित यामथिन सहरमा स्वास्थ्य शिविर स्थापना गरी घाइतेहरूको उपचारमा खटिएको थियो। उपचारको क्रममा उक्त टोलीले १३३ जनाको शल्यक्रिया, २४८ जनाको हाड जोर्नी सम्बन्धी उपचार र ९६५ जना बिरामीहरूलाई ओपीडी सेवा प्रदान गरेको…
धनगढी: डोटीमा चट्याङ लागेर एक जनाको मृत्युु भएको छ। अन्य सात जना घाइते भएका छन्। बुधबार राति जिल्लाको सायल गाउँपालिका-६ दल्लेखस्थित लहरी नागरीको घरमा चट्याङ परेको थियो। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विनोद शर्माका अनुसार नागरीकी ३३ वर्षीया श्रीमती कमला नागरीको मृत्यु भएको हो। यस्तै लहरी नागरीकी १० वर्षकी छोरी तारा नागरी,८ वर्षका छोरा अविशेक नागरी, ६ वर्षीय अबि नागरी, ३ महिनाका शंकर नागरी, ४० वर्षीया महिला तारा नागरी, ८० वर्षीया काली दमाई र ६ वर्षीय बालक खुशी नागरी घाइते भएका छन्। घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल डोटी ल्याउन लागिएको एसपी शर्माले बताए। उता बझाङमा चट्याङ लागेर एक जनाको…
धनगढी: अछाममा जन्मजात दृष्टिविहीन २१ वर्षीया महिला बलात्कृत भएकी छिन्। ती महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले रामारोशन गाउँपालिकाका ५१ वर्षीय चेतमान रोकायालाई पक्राउ गरेको छ। दृष्टिविहीन महिलालाई जबरजस्ती करणी गरेको उजुरी आउनेबित्तिकै रोकायालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। अछामका प्रहरी प्रमुख डीएसपी ईश्वरीप्रसाद भण्डारीले महिलाको स्वास्थ्य परीक्षण गर्दा २८ हप्ताको गर्भ देखिएको बताए। पक्राउ परेका रोकाया पनि दाहिने खुट्टाको अपांगता भएको र महिला दृष्टिविहीन भएकाले अपांगता भएकाहरुको विभिन्न कार्यक्रममा जाने क्रममा रोकायाले डर धम्की देखाएर बलात्कार गरेको हुन सक्ने प्रहरीले बताएको छ।
धनगढी: कैलालीको अत्तरियामा एक पुरुषको शव फेला परेको छ। ईलाका प्रहरी कार्यालय मालाखेती अगाडि रहेको दुर्गा मन्दिर परिसरमा पुरुषको शव फेला परेको हो। अर्धनग्न अवस्थामा फेला परेको शवमा चोटपटक पनि देखिएको ईलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगा बहादुर थापाले बताए। उनले शवको प्रकृति हेर्दा हत्या गरिएको जस्तो देखिएको बताए। शवको पहिचान हुन सकेको छैन।