एजेन्सी – पाकिस्तानको सर्वोच्च अदालतले संसद विघटन गर्ने प्रधानमन्त्री इमरान खानको निर्णय बदर गरिदिएको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश अउमर अता बन्दियाले संविधानको धारा ५ अनुसार सभामुखले अविश्वासको प्रस्ताव खारेज गर्न पनि नमिल्ने फैसला सुनाएका छन् । ‘प्रस्तावलाई सभामुखले खारेज गर्ने विकल्प छैन ।’ प्रधानन्यायाधीशलाई उद्धृत गर्दै पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । विपक्षीद्वारा ल्याइएको अविश्वासको प्रस्तावलाई संसद्ले संविधानको धारा ५ का आधारमा खारेज गरेसँगै प्रधानमन्त्री खानले संसद् भंग गर्ने प्रस्ताव गरेका थिए । उक्त प्रस्तावलाई राष्ट्रपति आरिफ अल्भीले सदर गरेसँगै यसविरुद्ध सर्वोच्चमा रिट परेको थियो । सोही रिटमाथि सुनुवाई गर्दै पाकिस्तानी सर्वोच्च अदालतले यस्तो फैसला गरेको हो । यससँगै पाकिस्तानमा राजनीतिक…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं – महिला पुनर्स्थापना केन्द्र (ओरेक) ले बलात्कारका घटना बढेको जनाएको छ । एक महिनामा १२७ वटा महिला हिंसाका घटनामधये २१ प्रतिशत बलात्कारका घटना रहेको ओरेकको प्रतिवेदनमा उल्लेख छ । ओरेकका अनुसार फागुन महिना मा २७ वटा बलात्कारका घटना भएका हुन् । बलात्कारका घटनामा प्रमुख जिम्मेवार रहनेमा पीडितका छिमेकी ४८ प्रतिशत छन् भने आत्मीय मानेका साथी १५ प्रतिशत पाइएको छ । बलात्कार भएकामध्ये सबैभन्दा बढी अर्थात् ५६ प्रतिशत १६ वर्षभन्दा कम उमेरका बालिका तथा किशोरी छन् भने १७ देखि २५ वर्ष उमेर समूहका महिला २६ प्रतिशत छन् । त्यस्तै, तीन बलात्कार प्रयास भएको र तीन जनताको बलात्कारपछि हत्या भएको ओरेकले…
काठमाडौं – सत्ता गठबन्धनको बैठकले कांग्रेस नेता रामचन्द्र पौडेलेको संयोजकत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार विहान बसेको बैठकले निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।
काठमाडौँ- काठमाडौँ जिल्लामा सबैभन्दा ठूलो मतपत्र छपाइ हुने भएको छ । जनक शिक्षा सामग्री केन्द्र नमुना मतपत्र छापिरहेको निर्वाचन आयोगका अनुसार सबैभन्दा सानो मतपत्र डोल्पाका लागि छापिने भएको छ । ‘कुल २३ लहर समूहका ७७ प्रकारका १ करोड ९४ लाख थान मतपत्र छपाई हुने छन्,’ आयोगका प्रवक्ता शालिग्राम पौडेलले भने, ‘सबैभन्दा कम १६ लहरको मतपत्र डोल्पाको हुनेछ भने सबैभन्दा बढी ५६ लहरको मतपत्र काठमाडौँको हुनेछ ।’
बुटवल – जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराईले सत्ता गठबन्धनमा आवद्ध दलहरुबीच सम्मानजनक ढंगले सिट बाँडफाँट हुनुपर्ने बताएका छन् । सिट बाँडफाँटमा भेदभाव गरिए त्यो आफ्नो दललाई स्वीकार्य नहुने उनले बताए । २०७४ सालमा भएको स्थानीय निर्वाचनको नतीजाका आधारमा सिट बाँडफाँड अमान्य हुने उनको भनाई छ । रुपन्देहीको शुद्धोधनमा आयोजित पार्टी प्रवेश एवं आमसभालाई संबोधन गर्दै अध्यक्ष भट्टराईले यस्तो बताएका हुन् । “२०७४ सालमा प्राप्त गरेको सिट संख्यालाई आधार मानेर चुनावमा गठबन्धन हुन सक्दैन”–उनले भने । अघिल्लो स्थानीय तहको निर्वाचन भएको चारवर्षपछि मात्र आफ्नो पार्टी गठन भएकाले अघिल्लो निर्वाचनको सिट संख्यालाई आधार मानेर चुनावी गठबन्धन गर्न नहुने…
काठमाडौं – नेपाली बजारमा सुनको मूल्य बढेको छ । सोमबारको तुलनामा आज मंगलबार सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको हो । हिजो सोमबार प्रतितोला ९८ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज मंगलबार प्रतितोला ९८ हजार ८०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । हिजो प्रतितोला ६०० रुपैयाँले बढेको थियो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ३०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य भने घटेको छ । हिजो सोमबार प्रतितोला १ हजार ३५० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घटेर प्रतितोला १ हजार ३४० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।
बैतडी – बैतडीमा म्यादी प्रहरीको कोटा थप गरिएको छ । यसअघि जिल्लामा ८सय १५ जनाको लागि परिक्षा लिइएकोमा अन्तिममा आएर कोटा थप गरिएको हो । प्रहरी प्रधान कार्यालयबाटै अहिले १हजार ५१जना छनोट गर्न जानकारी आएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । यसअघि ८सय १५ जनाका लागि परिक्षा हुदाँ १हजार ५२जनाले लिखित सम्मका सबै परिक्षा पास गरी अन्तरवार्ता दिएका थिए । सोमबार कोटा थप भएको जानकारी आएसंगै लिखित परिक्षाबाट वैकल्पिकमा रहेका व्यक्तिहरुलाई समेत अन्तरवार्ताका लागि बोलाइएको छ । लिखितको योग्यता क्रममा रहेका १२४ जनाको मंगलबार अन्तरवार्ता लिइने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी निरिक्षक बोधराज ओझाले बताए । उनले भने,‘हामीले लिखित…
पोखरा – कास्कीको पोखरा महानगरपालिका–६ खहरेमा मंगलबार बिहान मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक डोल्पा त्रिपुरासुन्दरी नगरपालिका–१ का २० वर्षीय किशोर कठायत रहेका छन् । उनको उपचारको क्रममा पोखरा स्थित गण्डकी मेडिकल कलेजमा मंगलबार बिहान ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । कठायतले चलाएको बागमती प्रदेश ०२ ०२९ प ०९३७ नम्बरको मोटरसाईकल आज बिहान पौने ४ बजे अनियन्त्रित भएर पल्टिएको वडा प्रहरी कार्यालय बैदाम कास्कीले जनाएको छ ।
बाजुरा- बाजुरामा १३ वर्षिया बालिकालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा एक युवक पक्राउ परेका छन् । प्रहरीका अनुसार जिल्लाको बुढीनन्दा नगरपालिका–६ का २३ वर्षीय वसन्त पाण्डे पक्राउ परेका हुन् । आमा म्यादी प्रहरी हुन सदरमुकाम मार्तडी आएका बेला बालिकालाई जबरजस्ती करणी गर्न खोजेको भनी यही चैत १८ गते जिल्ला प्रहरी कार्यालय बाजुरामा निवेदन परेको थियो । इलाका प्रहरी कार्यालय कोल्टीबाट खटिएको टोलीले उनलाई पक्राउ गरी आइतबार जिल्ला प्रहरी कार्यालय पठाएको हो । पाण्डेमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
म्याग्दी- म्याग्दीको धवलागिरि गाउँपालिका–६ बुलगाउँमा पहिलोपटक बस पुग्दा स्थानीयवासीले हर्षबढाइँ गरेका छन् । धवलागिरि गाउँपालिका र गण्डकी प्रदेश सरकारको साझेदारीमा मराङको बेँसी–कुम्री–राम्चे–घामताप्ना हुँदै सोमबार पहिलोपटक बुलगाउँमा बस पुगेको हो । पहिलोपटक पुगेको बस, चालक श्रीप्रसाद पुन, सडक निर्माणमा प्रयोग भएको डोजरका चालक पुस्कर खड्कालाई अबिर, फूलमाला लगाएर स्वागत गरेका स्थानीयवासी ईश्वर सुवेदीले जानकारी दिनुभयो । यसैगरी नौमती बाजामा नाचगान गरेर खुसीयाली मनाएका थिए । धवलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले सडकको उद्घाटन गर्दै बुलमा सडक र विद्युत् पु¥याउने प्रतिबद्धता पूरा भएकामा खुसी व्यक्त गर्नुभयो । वडाध्यक्ष राजाराम सुवेदीले चालु आर्थिक वर्षमा गाउँपालिकाले विनियोजन गरेको रु १२ लाख ५० हजार र प्रदेश…