Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेपाली सेना भित्र गणतन्त्र नआएको टिप्पणी गरेका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा रक्षा मन्त्रालय अन्तर्गतको विनियोजन विधेयकमाथि छलफलमा भाग लिदै नेपाली सेना भित्र लोकतान्त्रिकरण गर्नु पर्ने बताउदै सेनामा गणतन्त्र नआएको जस्तो आफुलाई लागेको टिप्पणी गरेका हुन् । उनले ‘नेपाली सेनाको अझै आधुनिकीकरण,पेशागत हिसाबले सक्षम बनाउनुपर्ने बताए। सेनाभित्र लोकतान्त्रिकरण गर्नुपर्ने भन्दै उनले त्यहाँभित्र गणतन्त्र नआएको भन्ने लाग्ने गरेको बताए । त्यसको बारे रक्षा मन्त्रालयले पोलिसी पर्ने र सेनालाई आधुनिकीकरण गर्नुपर्ने आवश्यकता भएपनि ,परम्परागत रुपमा चल्न दिननहुने उनको भनाई छ । नेपाली सेनाको बजेट परम्परागत भएको बताउदै कर्मचारीले बनाएको बजेटमा राजनीतिक नेतृत्वले हस्तक्षेप गर्न…

Read More

काठमाडौँ : नेकपा एमालेका नेता एवं पूर्व उपाध्यक्ष डा. भीम रावलले एमाले छोड्ने वा अन्य पार्टी प्रवेश गर्ने कुनै सोच नभएको बताएका छन् । एकीकृत समाजवादी प्रवेश गर्ने हल्ला गलत प्रचारका लागि भइरहेको भन्दै नेकपा (एकीकृत समाजवादी) वा अन्य पार्टी प्रवेश गर्ने कुनै सोच नभएको बताएका हुन् । कामको सिलसिलामा गृह जिल्ला अछाम पुगेका रावलले एकीकृत समाजवादी प्रवेश गर्ने हल्ला निराधार भएको बताए ।   उनले भने ‘एकीकृत समाजवादीमा प्रवेश गर्ने तयारी भएको भए उत्पाद भाइरल हुन्थ्यो होला । केही घोषणा वा वक्तव्य आउँथ्यो होला । म अहिले अछाममा छु । एमालेको कार्यकर्ता भेला र कार्यक्रममा सहभागी भइरहेको छु । पार्टी…

Read More

जनकपुरधाम : जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन् । महाधिवेशनअन्तर्गत आज भएको उम्मेदवारी दर्तामा अध्यक्ष पदमा यादवको मात्र उम्मेदवारी परेपछि उनी निर्बिरोध अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्ष पदमा उपेन्द्र यादव जीको एकल उम्मेदवारी परेको र औपचारिक घोषणा हुन बाँकी रहेको छ । यादवको नेतृत्वमा १८ वर्षअगाडि मधेशी जनअधिकार फोरम नेपाल गठन भएको थियो । त्यति बेलादेखि नै उनी निरन्तर अध्यक्ष रहेका छन् । अध्यक्षबाहेकका पदमा भने निर्वाचन हुने भएको छ ।

Read More

काठमाडौंः गैरकानूनी तवरले अमेरिका पठाउने गिरोहका मुख्य नाइकेलाई प्रहरीले पक्राउ गरेको छ। हिजो मुख्य नाइकेलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कञ्चनपुरको गड्डाचौकीबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–११ घर भएर पेप्सीकोला बस्ने नारायण कुमार खड्का छन्। खड्काले युरोप र अमेरिका पठाउने लोभ देखाएर ४ करोड ३३ लाख ६८ हजार ११२ रुपैँया ठगेका थिए। खड्काविरुद्ध दुर्गाबहादुर वली, कमला डाँगीलगायतले कार्यालयमा जाहेरी दिएका थिए। खड्काको बैंक खातामा ४ करोड ३३ लाख ६८ हजार रुपैयाँ आर्थिक कारोबार गरेको भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले बताए। खड्काविरुद्ध विभिन्न प्रहरी युनिटहरुमा ८ वटा बैंकिङ्ग कसुरको मुद्दापनि दर्ता भएको भेटिएको छ।…

Read More

काठमाडौंः नेपाली सेनाका पूर्वरथी नेपालभूषण चन्द प्रहरी छानविनमा तानिएका छन्। चन्द सञ्चालक रहेको एक कम्पनीको सुन तस्करी गर्ने चिनियाँ गिरोहसँग सम्पर्क देखिएपछि चन्द पनि छानविनमा तानिएका हुन्। उच्च प्रहरी स्रोतका अनुसार सजिलो पे नामक कम्पनीमा चन्दको लगानी रहेको छ। उनी कम्पनीको सञ्चालक समिति सदस्य समेत हुन्। सोही आधारमा चन्द पनि छानविनमा तानिएका हुन्। हालसम्मको अनुसन्धानमा उनको प्रत्यक्ष संलग्नता नदेखिए पनि सुन तस्करी जस्तो धन्दामा संलग्नहरूलाई सघाएको देखिएपछि चन्द समस्यामा परेका हुन्। यसअघि सीआईबीले ‘पेवल नेपाल र सजिलो पे’ का गरी ६ कर्मचारीलाई पक्राउ गरेको थियो। झण्डै ६१ किलो सुन तस्करीको दोस्रो चरणको अनुसन्धानमा डिजिटल भुक्तानी कम्पनी सजिलो पेसहित पे वेल…

Read More

धनगढीः नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षमा सुदूरपश्चिमका समयमै विद्युत् महसुल नबुझाउने तीन हजार ७ सयभन्दा बढी ग्राहकको लाइन काटेको छ। सुदूरपश्चिममा यो वर्ष उठ्न बाँकी ६ करोड ३५ लाख बक्यौता रकम मध्ये लाइन काटेर प्राधिकरणले साढे चार करोड महसुल असुल गरेको प्रादेशिक कार्यालय अत्तरियाका निर्देशक जङ्गबहादुर चन्दले बताए। नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षमा सुदूरपश्चिमका तीन हजार ७ सय १२ जना ग्राहको विद्युत् लाइन काटेको छ। विद्युत् महसुल तिर्न अटेरी गर्दा बाध्य भएर लाइन काट्नु परेको उनको भनाई छ । सुदूरपश्चिमका नौ जिल्लाका ग्राहकबाट ६ करोड ३४ लाख ९४ हजार महसुल बक्यौता देखिएपछि लाइन काटिएको हो। नेपाल विद्युत् प्राधिकरणले लाइन काटेका…

Read More

एजेन्सीः लेफ्टिनेन्ट जनरल उपेन्द्र द्विवेदी भारतीय सेनाको नयाँ प्रमुख हुने भएका छन्। भारत सरकारले मनोज पाण्डेको ठाउँमा द्विवेदीलाई नियुक्त गर्न लागेको हो। हाल उनी उपप्रधानसेनापति पदमा कार्यरत छन्। प्रधानसेनापति मनोज पाण्डे जुन ३० तारिखमा अवकाश लिँदैछन्। वरिष्ठताका आधारमा द्विवेदीलाई यो पदमा चयन गरिएको हो। गत महिना सरकारले मनोज पाण्डेको कार्यकाल एक महिना थप गरेको थियो। उनले मे ३१ मा नै अवकाश लिने तय थियो तर त्यसको ६ दिनअघि नै उनको कार्यकाल थपिएको थियो।

Read More

धनगढी : सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा भएको श्रमाधान रोजगार मेलामा २६ सय बढिले रोजगारी मागेका छन् । २७ र २८ जेठमा सम्पन्न मेलामा दुई हजार ४ सय ६ पदका लागी आवेदन माग गरिएको थियो । आयोजककाअनुसार उक्त पदमा रोजगारीका लागि दुई हजार ६ सय ६९ जनाले आवेदन पेश गरेका छन् । मेला मूल आयोजक समितिले आवेदन दिने मध्ये रोजगारीका लागि ८५ जनाको नाम विभिन्न निकायलाई सिफारिस गरिएको जनाएको छ । ‘तत्काललाई ८५ जनालाई रोजगारीका लागी सिफारिस गरेका छौँ,’ श्रम, रोजगार तथा सामाजिक शुरक्षा मन्त्रालयका उप–सचिव बसन्त बोहराले भने ‘अरु प्रक्रियामा हुनुहुन्छ, उहाँहरुको दक्षता कुन क्षेत्रमा छ भनेर अध्ययन भइरहेको छ…

Read More

काठमाडौं : नेपाली कांग्रेसकी सांसद सीताकुमारी रानाले कर्णाली नदीमाथिको झोलुंगे पुलको लट्ठा चुडिंदा फसेर मृत्यु भएका खच्चडको मालिकलाई उचित क्षतिपूर्तिको माग गरेकी छन् । प्रतिनिधि सभाको बैठकमा उठाउँदै सांसद रानाले क्षतिपूर्तिको माग गरेकी हुन् । पुलको लठ्ठा चुडिंदाको दृश्यले सबैको मन रोएको उल्लेख गर्दै उनले खच्चडको मालिकलाई सरकारले उचित क्षतिपूर्तिको व्यवस्था तुरुन्तै गर्नु पर्ने बताइन । यही जेठ २७ गते पुलको लठ्ठा चुडिंदा फसेका १३ वटा खच्चडमध्ये ११ वटाको जीवितै उद्धार भएको थियो भने दुईटाको मृत्यु भएको थियो ।

Read More

काठमाडौँ : अस्ट्रेलिया जारी टी-२० विश्वकपको सुपर ८ मा पुगेको छ । समुह बी अन्तर्गतको बुधबार बिहान सम्पन्न खेलमा अस्ट्रेलियाले नामिबियालाई पराजति गरेसँगै विश्वकपको सुपर ८ मा पुगेको हो । नामिबियाले दिएको केवल ७३ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ५.४ ओभरमा एक विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यस अघि नामिबिया ले पहिला ब्याटिंग गर्दै १७ ओभरमा अल आउट भएर केवल ७२ रन बनाएको थियो । नामिबियाका लागि कप्तान गेर्हार्ड इरासमसले सर्बाधिक ३६ रन बनाए भने माइकल भान लिनगेनले १० रन बनाएका थिए । नामिबियाको ब्याटिंग धरासायी बनाउने क्रममा अस्ट्रेलियाका बलर एडम जाम्पाले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिएका थिए…

Read More