Author: महेन्द्रनगर पोष्ट

धनगढी: सुदूरपश्चिम प्रदेश प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिल्लीराज बिष्टले केही दिन यता कञ्चनपुर जिल्लामा प्रहरीको गतिविधि लगायतको अनुगमन थालेका छन्। एसएसपी बिष्टले अस्ति २१ गतेका दिनदेखि अनुगमन एवं निरीक्षण थालेका हुन्। बिष्टले अस्ति जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको आन्तरिक तथा बाह्य निरीक्षण गरी कार्यरत प्रहरी कर्मचारीहरु तथा मातहत प्रहरी इकाईका युनिट इन्चार्जहरुलाई शान्ती सुरक्षा, अपराध अनुसन्धान, अवैध चोरी निकासी पैठारी नियन्त्रण, लागू औषध ओसार पसार नियन्त्रण, वन पैदावार कटान ओसार पसार, खानी तथा नदि जन्य पदार्थहरुको उत्खनन् ओसार पसार नियन्त्रण लगायतका बिषयहरुमा निर्देशन दिएका थिए। यस्तै उनले सिमावर्ती अपराध र तस्करी नियन्त्रणमा शुन्य सहनसिलताको नीति अपनाई उपलब्धीमुलक ढंगले कार्य गर्न…

Read More

काठमाडौं : नेपाली सेनाका महासेनानी दिरेन्द्र कुमार मल्ललाई सैनिक प्रहरीले हिरासतमा लिएको छ । अमेरिकाको न्यूयोर्कस्थित राष्ट्रसंघका लागि नेपाली नियोगमा सैनिक सल्लाहकार रहेका मल्ललाई सेनाले सैनिक हिरासतमा राखेको हो । चार महिनाअघि सैनिक सल्लाहकारको रुपमा न्यूयोर्क पुगेका मल्ललाई गत आइतबार सैनिक हिरासतमा राखिएको सैनिक स्रोतले जानकारी दियो । प्रधानसेनापति प्रभुराम शर्माको निर्देशनमा उनलाई न्यूयोर्कबाट फिर्ता बोलाएर सैनिक हिरासतमा राखिएको छ । महासेनानी मल्लको नागरिकता र शैक्षिक योग्यतामा कैफियत देखिएपछि फिर्ता बोलाएर अनुसन्धान सुरु गरिएको सेनाका एक उपरथीले बताए । मल्ल ३१ बेसिकका सैनिक अधिकृत हुन् । उनी प्रक्राउ परेको बारे सेनाले अहिलेसम्म कुनै आधिकारीक जानकारी दिएको छैन ।

Read More

काठमाडौं : सर्वोच्च शिखर सगरमाथा सफल आरोही  सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेललाई नेपाल पूर्व सशस्त्र प्रहरी सङ्घले आज काठमाडौँमा सम्मान गरेको छ । उनले यही जेठ ७ गते बिहान १०ः२० बजेको समयमा सगरमाथाको चुचुरोमा नेपाल र सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराएका थिए ।  सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले पहिलो पटक सङ्गठनका तर्फबाट  सगरमाथा आरोही पौडेलले हिमाली भेग तथा ‘हाई अल्टिच्युड’का भू–भागमासमेत सशस्त्र प्रहरी बल नेपालका सम्पूर्ण कर्मचारीलाई सीमा सुरक्षार्थ थप अभिप्रेरित गरेको  बताए । उनले नेपालको सीमा सुरक्षा गर्ने कार्यदेश बोकेको सशस्त्र प्रहरी बल नेपालले उच्च जोखिम एवं जस्तोसुकै परिस्थितिमा पनि हामीले आफूलाई जित्न सक्यौँ भने असम्भव भन्ने केही पनि…

Read More

धनगढी : कञ्चनपुरमा बदलेको आक्रमणबाट एक महिला घाइते भएकी छन्। घाइते हुनेमा जिल्लाको बेदकोट नगरपालिका–७ कि ५३ वर्षीया महिला कल्सा बिष्ट रहेकी छन्। उनलाइ बुधवार बनमा घाँस काट्ने क्रममा बद्लले आक्रमण गरेको हो। घाइते बिष्टको अहिले नवजीवन अस्पताल धनगढीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

Read More

धनगढीः कञ्चनपुरमा कारगारका कैदी र एक प्रहरी र कर्मचारी होटलमा मदिरा सेवन गरिरहेको अवस्थामा फेला परेका छन्। कैदी ज्ञानबहादुर चन्द, कैदीका नाइके भुवन थापा, प्रहरी हवल्दार रामसिंह धामी र कारागारका खरिदार जीवन पन्त मदिरा सेवन गरिरहेको अवस्थामा फेला परेका हुन्। आज (बिहीबार) उनीहरू होटलमा भेटिएका थिए। अहिले सो विषयमा छानबिन थालिएको छ। कञ्चनपुरका डीएसपी उमेश जोशीले अहिले नाइके बाहिर निस्केर मदिरा सेवनको विषय अनुसन्धान भैरहेको बताए। उनका अनुसार अहिले प्रहरीले कारागारसंग समन्वय गरेर अनुसन्धान थालेको छ। यस्तै एसपी चक्रराज जोशीले प्रहरी कर्मचारीलाई भने छानबिन गरेर कारबाही गर्ने जनाए।

Read More

काठमाडौं : झापाको बीएण्डसी मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिन सर्वोच्च अदालतले निर्देशनात्मक आदेश दिएको छ । न्यायाधीश डा.कुमार चुडाल र सारंगा सुवेदीको संयुक्त इजलासले काठमाडौं विश्वविद्यालय काभ्रेपलाञ्चोक र चिकित्सा शिक्षा आयोग, भक्तपुरका नाममा परमादेश जारी गरेको हो । गत चैत १२ गते भएको फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै यस्तो आदेश दिएको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए । सर्वोच्चले १३ वर्षअघि सरकारबाट तोकिएको मापदण्डको पालना पनि गराउन आदेश दिएको छ । २०६८ चैत २४ गते सरकारले मेडिकल कलेजको मापदण्ड र शर्त तोकेको थियो । यस्तै २०७३ मंसिरमा नेपाल मेडिकल काउन्सिलले गरेको स्थलगत निरिक्षण, काठमाडौं विश्वविद्यालयको निरिक्षण टोलीले तोकेको…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले बिचौलियामार्फत योजना पारेको प्रमाण पेस गरे बिचौलियालाई कारबाही गर्न तयार रहेको बताएका छन् ।  प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि प्रदेश सभा सदस्यहरूले उठाएको सवालको जवाफ दिँदै मुख्यमन्त्री सोडारीले यस्तो बताएका हुन् । उनले भने, ‘कहिकतै बिचौलियाले योजना पारिहालेको प्रमाणसहित ल्याइराख्नुस् त्यसलाई त्यही ढंगको कारबाहीको लागि हामी तयार छौँ ।’ बजेट निर्माणको क्रममा योजना पार्न बिचौलियाहरू सक्रिय भएको भन्दै प्रतिपक्ष दल र सत्तारुढ दल एमालेले टीकाटिप्पणी गरेपछि मुख्यमन्त्री सोडारीले सो कुरा स्पष्ट पारेका हुन् । यसैबिच मुख्यमन्त्री सोडारीले नीति तथा कार्यक्रममा छुटेका विषयवस्तुलाई आफूले बजेटमा गम्भीरताका साथ समावेश गर्ने प्रतिबद्धता समेत…

Read More

काठमाडौंः प्रहरी निरीक्षक विदुर शिवाकोटीलाई ५ दिन हिरासतमा जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ। जबरजस्ती करणी गरेको आरोपमा बुधबार साँझ नागार्जुन नगरपालिकाबाट पक्राउ परेका इन्स्पेक्टर शिवाकोटीलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको हो। जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार प्रहरी वृत्त, स्वयम्भुमा पीडित १२ वर्षीया किशोरीको तर्फबाट बिहीबार जाहेरी दर्ता भएको छ। सोही जाहेरीका आधारमा प्रहरीले थप अनुसन्धान गर्न अदालतबाट शिवाकोटीलाई ५ दिन हिरासतमा राख्न अनुमति पाएको हो। इन्स्पेक्टर शिवाकोटी उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत छन्। प्रहरीका अनुसार, तराई मूलकी बालिका ६ वर्षदेखि शिवाकोटीको घरमा बस्दै आएकी थिइन्। ४५ वर्षीय इन्स्पेक्टर शिवाकोटी ती बालिकालाई तीन वर्षदेखि पटकपटक जबरजस्ती करणी…

Read More

काठमाडौंः राष्ट्रिय वाणिज्य बैंकले नेपाल प्रहरी अस्पताललाई एम्बुलेन्स र शव वाहन प्रदान गरेको छ। प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरलाई उक्त एम्बुलेन्स र शव वाहनको साँचो हस्तान्तरण गरेका हुन्। सो अवसरमा आईजीपी कुँवरले बैंकप्रति आभार व्यक्त गर्दै नागरिक सेवामा समर्पित प्रहरी अस्पताललाई यस सहयोगले थप सहजता पुग्ने बताए। उनले कुनै पनि घटना र दुर्घटना हुँदा तत्काल उद्धार गरी अस्पताल पुर्याउनुपर्ने भएकोले सवारीसाधन निकै महत्त्वपूर्ण र उपयोगी हुने पनि बताए। प्राप्त एम्बुलेन्स र शव वाहनबाट अस्पतालको गुणस्तर र प्रभावकारितामा वृद्धि भई समग्र प्रहरी कर्मचारी, आश्रित परिवार र सर्वसाधारण समेत…

Read More

धनगढी: अछामको साँफेबगर नगरपालिकामा सिसिटिभी क्यामेरा खरिद गरि जडान नगरिएको भन्दै बजार व्यवस्थापन समितिले नगरपालिकामा बुझाएको ज्ञापन पत्रको विषय विवादमा परेको छ। साँफेबगर एयरपोर्ट बजार व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर कुँवर नेतृत्वले नगरपालिकामा बुझाएको ज्ञापन पत्रको बिषय विवादमा परेको हो। स्रोतका अनुसार नगरपालिकाले नियमानुसार सिसिटिभी क्यामेरा खरिद गरेको बिषयलाइ विषयान्तर गरेर बजार व्यवस्थापन समितिका अध्यक्ष कुँवरले अतिरञ्जित गरेको बताइएको छ। नगरपालिकाले कुँवरले बजार व्यवस्थापन तथा सुधारका नाममा माग गरेको बजेट नगरपालिकाले भुक्तानी नगरेपछि नगरपालिका र नगरपालिकासंग सम्वन्धित व्यक्तिहरुलाई बदनामित गर्न सिसिटिभी क्यामेरा खरिद गरि जडान नगरिएको बिषयलाइ अतिरञ्जित गरेको जनाएको हो। आफूले माग गरेको करिव २० लाख रकम नगरपालिकाले बिनियोजित नगरेपछि …

Read More