काठमाडौं : नेपाल प्रहरी र सशस्त्र प्रहरीमा पनि नेपाली सेनाजस्तै १६ वर्षमै पेन्सनसहित स्वेच्छिक अवकाश लिन पाइने व्यवस्थाका लागि गृहकार्य अगाडी बढेको छ ।
यसका लागि गृहमन्त्रालयको प्रशासन महाशाखाको टोलीले आवश्यक अध्ययन गरिरहेको छ । टोलीले आवश्यक अध्ययनसहित सरकारलाई सुझाव दिनेछ ।
नेपाली सेनामा सेनामा १६ वर्षमै पेन्सनसहित स्वेच्छिक अवकाश लिन पाइने व्यवस्था छ । तर २० वर्षको अवधि पुगेपछि मात्र पेन्सनको सुविधा पाउने प्रावधान सेनामा छ । प्रहरीमा पनि लामो समयदेखि सेनाजस्तै पेन्सको व्यवस्थाका लागि माग उठ्दै आएको छ ।
प्रहरी प्रधान कार्यालयले पनि विभिन्न समयमा यस्तो सुझाव सरकारलाई दिदै आएको छ । सरकारले नीति तथा कार्यक्रममा सेवानिवृत्त हुने अवधि पुनरावलोकन गर्ने प्रावधान राखेको थियो ।
न्यूनतम पेन्सन अवधिलाई २० वर्षबाट १६ मा झार्ने प्रक्रियाको अध्ययन भइरहेको गृहका अधिकारीहरु बताउँछन् ।
यसका लागि सबैजसो गृहमन्त्रीले सकारात्मक प्रतिवद्धता जनाएपनि कार्यान्वयन भने कसैले गराउन सकेका छैनन् ।