Author: महेन्द्रनगर पोष्ट

धनगढी: डोटीमा चट्याङ लागेर एक जनाको मृत्युु भएको छ। अन्य सात जना घाइते भएका छन्। बुधबार राति जिल्लाको सायल गाउँपालिका-६ दल्लेखस्थित लहरी नागरीको घरमा चट्याङ परेको थियो। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विनोद शर्माका अनुसार नागरीकी ३३ वर्षीया श्रीमती कमला नागरीको मृत्यु भएको हो। यस्तै लहरी नागरीकी १० वर्षकी छोरी तारा नागरी,८ वर्षका छोरा अविशेक नागरी, ६ वर्षीय अबि नागरी, ३ महिनाका शंकर नागरी, ४० वर्षीया महिला तारा नागरी, ८० वर्षीया काली दमाई र ६ वर्षीय बालक खुशी नागरी घाइते भएका छन्। घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल डोटी ल्याउन लागिएको एसपी शर्माले बताए। उता बझाङमा चट्याङ लागेर एक जनाको…

Read More

धनगढी: अछाममा जन्मजात दृष्टिविहीन २१ वर्षीया महिला बलात्कृत भएकी छिन्। ती महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले रामारोशन गाउँपालिकाका ५१ वर्षीय चेतमान रोकायालाई पक्राउ गरेको छ। दृष्टिविहीन महिलालाई जबरजस्ती करणी गरेको उजुरी आउनेबित्तिकै रोकायालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। अछामका प्रहरी प्रमुख डीएसपी ईश्वरीप्रसाद भण्डारीले महिलाको स्वास्थ्य परीक्षण गर्दा २८ हप्ताको गर्भ देखिएको बताए। पक्राउ परेका रोकाया पनि दाहिने खुट्टाको अपांगता भएको र महिला दृष्टिविहीन भएकाले अपांगता भएकाहरुको विभिन्न कार्यक्रममा जाने क्रममा रोकायाले डर धम्की देखाएर बलात्कार गरेको हुन सक्ने प्रहरीले बताएको छ।

Read More

धनगढी: कैलालीको अत्तरियामा एक पुरुषको शव फेला परेको छ। ईलाका प्रहरी कार्यालय मालाखेती अगाडि रहेको दुर्गा मन्दिर परिसरमा पुरुषको शव फेला परेको हो। अर्धनग्न अवस्थामा फेला परेको शवमा चोटपटक पनि देखिएको ईलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगा बहादुर थापाले बताए। उनले शवको प्रकृति हेर्दा हत्या गरिएको जस्तो देखिएको बताए। शवको पहिचान हुन सकेको छैन।

Read More

धनगढी: प्रतिपक्षी दलहरूले सदन चल्न नदिएपछि सुदूरपश्चिमका प्रदेशसभाकाे पाँचौ अधिवेशन अन्त्य गरिएको छ। साेमबार बसेकाे प्रदेश मन्त्रीपरिषद्काे बैठकले अधिवेशन अन्त्य गर्ने निर्णय गर्दै प्रमुख प्रमुखलाई सिफारिस गरेकाे थियो। प्रदेश प्रमुख नजिर मियाँले साेमबार राति १२ बजेदेखि लागू हुनेगरी संविधानको धारा १८३ को उपधारा (२) बमोजिम अधिवेशन अन्त्य गरेकाे प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए। २७ साउन २०८१ मा प्रदेश प्रमुखले सभाकाे पाँचौ अधिवेशन आह्वान गरेका थिए। सुदूरपश्चिममा प्रतिपक्षी दल माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्र प्रदेशसभा सदस्यहरुले निरन्तर रुपमा प्रदेशसभा बैठकमा विरोध गर्दा बैठक चल्न सकेको थिएन। उनीहरूले प्रदेश सरकारले फजुल खर्च बढाएको, अनावश्यक नियुक्ति गरेको आरोप…

Read More

धनगढी: २९ चैतमा नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले सभा गर्ने भएको छ। सभामा नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवाली, महासचिव शंकर पोखरेल र सचिव तथा प्रदेश इन्चार्ज लेखराज भट्टलगायत नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।  प्रदेश कमिटी सचिवालयको छैटौँ बैठकले सभाको तयारी तीव्र बनाउने निर्णय गर्दै र सम्बोधन गर्ने नेताहरूको बारेमा जानकारी गराइएको थियो। नेकपा एमाले सुदूरपश्चिमका सचिव रणबहादुर चन्दले विशेष सभा आयोजना हुने र त्यसको तयारी तीब्र पारिएको जानकारी दिए। लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास, संविधानको रक्षा, र पछिल्लो समय देखिएका अराजकताविरुद्ध सभा आयोजना गर्न लागिएको हो। पार्टीले यस सभालाई सुदूरपश्चिममा शक्ति प्रदर्शनसहित जनचेतना अभिवृद्धिका रुपमा लिएको छ। सभामा हजारौं…

Read More

धनगढी: धनगढीमा रहेको एक होटलबाट चार जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित एनएस होटलबाट लागुऔषधसहित चार जना पक्राउ परेका हुन्।पक्राउ पर्नेहरूमा कञ्चनपुरको बेदकोट नगरपालिका–८ का २० वर्षीय सुरेश बिष्ट, भीमदत्त नगरपालिका–१० का २३ वर्षीय लोकेन्द्र चन्द, डोटीको दीपायल सिलगढी नगरपालिका–८ का १९ वर्षीय रिजन कठायत र कैलालीको धनगढी उपमहानगरपालिका–३ मिलनचोक बस्ने १८ वर्षीया आशिका सिजापती रहेका छन्।जिल्ला प्रहरी कार्यालय कैलालीका सहप्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीको अपराध अनुसन्धान समूह र अस्थायी प्रहरी पोष्ट चटकपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।चैत २५ गते रातिको समयमा होटलमा लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा…

Read More

धनगढी: कैलालीमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका– २ कृष्णनगरका २४ वर्षीय युवकलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो।  जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार बलात्कार गरेको अभियोग लागेका युवक पीडित बालिकाका काका नाता पर्छन्। बालिकालाई जबरजस्तीकरणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट बिशालनगरबाट खटिएको प्रहरी टोलीले युवकलाई पक्राउ गरेको प्रहरी निरीक्षक जोशीले बताए।  जोशीका अनुसार घटना १७ चैतको भए पनि ढिलो गरी प्रहरीमा उजुरी परेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको इन्सपेक्टर जोशीले बताए।

Read More

धनगढी: डोटीमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको बडीकेदार गाउँपालिका–३ देउथानमा मिनी ट्रक दुर्घटना हुँदा मिनी ट्रकमा सवार बडीकेदार गाउँपालिका–३ देवलका २७ वर्षीय सन्तोष गुरुङको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विनोद शर्माका अनुसार सोही ट्रकमा सवार जनजागरण सामुदायिक वनका अध्यक्ष लोकबहादुर पल्लीमगर घाइते भएका छन्। घाइतेको मूलीचौर स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।  जिल्ला प्रहरी कार्यालयका अनुसार काठ बोकेको बा.प्र. ०३००१ ख २५३ नम्बरको मिनी ट्रक दुर्घटना अनियन्त्रित भएर सडक किनारामा पल्टिँएको थियो। गुरुङको ट्रकमा रहेको काठले च्यापिएर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।  फरार रहेका ट्रक चालक गोपाल बडेलाको खोजी भइरहेको प्रहरीले…

Read More

धनगढी: कैलालीको धनगढी उप-महानगरपालिका–२ कालिका टोलबाट प्रहरीले ५ ग्राम लागुऔषध (खैरो हेरोइन) सहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीको अपराध अनुसन्धान समूह र त्रिनगर प्रहरी चौकीबाट खटिएको संयुक्त टोलीले करिब २३ वर्षीय करन महरालाई शंका लागी जाँच गर्दा उनको साथबाट उक्त परिमाणको लागुऔषध फेला पारेको हो। पक्राउ परेका महरालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं: नेकपा (माओवादी केन्द्र) ले प्रदेशमा सह इन्चार्जको पद नराख्ने निर्णय गरेको छ। चैत १८ र १९ मा पार्टी केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो। जसअनुसार सुदूरपश्चिमको हकमा खगराज भट्ट र विना मगर प्रदेश सह इन्चार्जको जिम्मेवारीबाट हटेर प्रदेश समन्वय कार्यालय सदस्यको जिम्मेवारीमा झरेका छन्। बैठकले प्रदेश सह इन्चार्ज रहेका नेतालाई प्रदेश समन्वय कार्यालयको सदस्य निरन्तर कायम राख्ने र प्रदेश समन्वय कार्यालयले नै ठोस कार्य जिम्मेवारीको विभाजन गर्ने निर्णय गरेको पार्टीका पदाधिकारी, स्थायी कमिटी सदस्य, केन्द्रीय सदस्य तथा प्रदेश कमिटीलाई परिपत्र गरिएको छ। साथै प्रदेश समन्वय कार्यालय बिस्तार गर्नुपर्ने देखिएमा प्रदेश समन्वय कार्यालयको सिफारिसमा केन्द्रीय कार्यालयले निर्णय…

Read More