Author: महेन्द्रनगर पोष्ट

डोटी : डोटीको बडिकेदार गाउँपालिका– २ मा एक महिला मृत अवस्थामा फेला परेकी छन। सहजपुर–बोगटान सडक खण्डको चिन्नेमा एक महिला मृत अवस्थामा फेला परेकी हुन्। बडिकेदार गाउँपालिका–२ का वडाध्यक्ष प्रेमबहादुर घर्तिमगरले ५५ वर्षीया भागादेवी भाटको शव सडकबाट करिब एक सय मिटर तल जमिनमा घोप्टो परेको अवस्थामा भेटिएको बताए। उनी शनिवार (भाइटीकाको दिन) आफ्नो घरबाट माइती जाने क्रममा रहेको जनाइएको छ। उनी लामो समयदेखि उच्च रक्तचापले पीडित थिइन्। शरीरमा घाउ चोट पटक नदेखिएको र शव पोष्टमाटमका लागि धनगढी पठाइएको घर्तिमगरले बताए। यस्तै कैलालीमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्युु भएको छ। घोडाघोडी नगरपालिका–१० को पहमानपुरमा सुदूरपश्चिम प्रदेश ०१०११प ४६४३ नम्बरको मोटरसाइकलले ठक्कर दिदा…

Read More

बझाङ: अरिङ्गालको टोकाइबाट बझाङका दुई जनाको मृत्यु भएको छ। थलारा गाउँपालिका -२ डोरगाउका ३ बर्षीय सुरबिर खाती र उनकी दिदी  ५ वर्षीया सिया खातिको मृत्यु भएको हो। अरिङ्गालको टोकाइबाट अन्य तीनजना घाइते भएको थलारा गाउँपालिकाका प्रवक्ता रबिन्द्र खातीले बताए। उनका अनुसार घाइते हुनेमा मृतककी सात वर्षीया दिदी सुमी खाती, आमा डम्मरा खाती र ५८ बर्षकी हजुर आमा रहेका छन्। उनीहरुको रायल प्राथमिक स्वास्थ केन्द्र देउरामा उपचार भैरहेको छ। शनिवार दिउँसो घर नजिकै घाँस काट्ने क्रममा बिच्किएका अरिङ्गालले उनीहरुलाई टोकेको र उपचारको क्रममा बालबालिकाको मृत्यु भएको प्रवक्ता खातीले जानकारी दिए।

Read More

काठमाडौं: विश्वप्रसिद्ध एघारौं ज्योतिर्लिङ्ग केदारनाथ धामको ढोका बन्द गरिएको छ। पवित्र पर्व भैयादुजको अवसरमा आइतबार बिहान ८:३० बजे जाडोका लागि ढोका बन्द गरिएको छ। भारतीय सेनाको ब्यान्ड धुन र वैदिक मन्त्रका साथ धार्मिक परम्परा अनुसार मन्दिरको ढोका बन्द गरिएको थियो। यो अवसरमा १५ हजारभन्दा बढी भक्तजनहरुको उपस्थिति रहेको थियो। अब ६ महिनापछि मात्रै केदारनाथका ढोका खुल्नेछन्। बिकेटीसीका अध्यक्ष अजेन्द्र अजयको उपस्थितिमा आइतबार बिहान ५ बजेबाट ढोका बन्द गर्ने प्रक्रिया सुरु भएको थियो। बिकेटीसीका आचार्य, वेदपाठी र पुजारीले भगवान केदारनाथको स्वयम्भू शिवलिङ्गको समाधि पूजा गरेका थिए। स्वयम्भू शिवलिङ्गलाई खरानी, ​​स्थानीय फूल, बेलका पात आदिले समाधिको रूप दिइएको थियो। त्यसपछि बिहान ८ः३० बजे…

Read More

काठमाडौं: इन्टरपोलको महासभामा भाग लिन  प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर  आइतबार बिहान संयुक्त राज्य बेलायततर्फ प्रस्थान गरेका छन्। इन्टरपोल महासचिवालयको आयोजनामा संयुक्त राज्य बेलायतको ग्लास्गोमा कात्तिक १९ देखि २२ गतेसम्म संचालन हुने उक्त महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर बेलायततर्फ प्रस्थान गरेका हुन्। कुँवरसँग महासभामा सहभागी हुन सशस्त्र प्रहरी नायव महानिरीक्षक अन्जनी कुमार पोखरेल र इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक कोमल शाह समेत  प्रस्थान गरेका छन्। इन्टरपोलका सबै १९६ सदस्य राष्ट्रहरूका प्रतिनिधिहरू सहभागी हुने उक्त महासभामा इन्टरपोलका महत्वपूर्ण नीतिगत विषयहरूमा मतदानद्वारा निर्णय गरिने प्रावधान अनुसार नेपालले पनि मतदानहरूमा भाग लिनेछ। प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद…

Read More

धनगढी: कैलालीमा रड प्रहारबाट एक जना घाइते भएका छन्। गएराति ११ बजेर २५ मिनेट लम्कीचुहा नगरपालिका-२ गणेशपुरका ३० वर्षीय याेगेश ढकाल रड प्रहारबाट घाइते भएको प्रहरीले जनाएको छ। सामान्य वादविवादमा ढकाललाई स्थानीय लालबहादुर रावतले रड प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बाेहाराले बताए। रड प्रहारबाट घाइते भएका ढकालकाे लालरत्न अस्पतालमा उपचार भइरहेको छ।

Read More

सुरेश जोशी, बनबासा: भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले सीमानाकामा सहजताका लागि उत्तराखण्ड सरकार प्रतिबद्ध रहेको बताएका छन्। हिजो बनबासस्थित एक कार्यक्रममा सहभागी मुख्यमन्त्री धामीले महेन्द्रनगरपोष्टका सम्पादक टेकसिंह धामीसँग कुरा गर्दै सो कुरा बताएका हुन्। पछिल्लो समय नेपालको सुदूरपश्चिम जोडिएको भारतका सीमानाका र विशेषगरी बनबासामा भारतीय सुरक्षाकर्मी एवं एसएसबीले सास्ती दिने गरेको विषयमा महेन्द्रनगरपोष्टले धामीसँग जिज्ञासा राखेको थियो। सो सन्दर्भमा धामीले दुई देशका सीमा नाकामा सहजता प्रदान गर्नका लागि सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएको पनि बताए। यस्तै उनले तत्काल नै बनबासाका एसएसबी प्रमुखलाई पनि नेपालको सशस्त्र प्रहरीसँग समन्वय गरेर सीमा नाकाको आवागमनमा सहजता प्रदान गर्न निर्देशन दिए। त्यस्तै धामीले अर्को प्रसङ्गमा…

Read More

धनगढी: कैलालीको धनगढीस्थित बसपार्क पछाडी होटल संचालकको करेन्ट लागेर मृत्यु भएको छ। मोहन्याल गाउँपालिका–५ घर भई हाल धनगढी उपमहानगरपालिका–४ बसपार्क पछाडी जानकी होटल संचालन गरी बसिरहेको ३८ वर्षीय अरुण बुढामगरको शुक्रवार करेन्ट लागेर मृत्यु भएको हो। होटलको कोठा भित्र बिद्युतको लाईन मर्मत गर्ने क्रममा बुढामगर करेन्ट लागेर गम्भिर घाइते भएका थिए। उनलाई उपचारको लागि नवजिवन अस्पताल धनगढी लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Read More

काठमाडौं: नेपाल राष्ट्र बैंकले १ सयको नोट छाप्ने ठेक्का चिनियाँ कम्पनीलाई दिएपछि भारत चिढिएको छ। गत वैशाख २० गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्ले भारतीय अतिक्रमित भूभाग कालापानी क्षेत्र समेटिएको ‘चुच्चे नक्सा’सहितको तस्वीर राखेर नयाँ नोट छाप्ने निर्णय गरेको थियो। यससँगै नेपाल राष्ट्र बैंकले बोलपत्र आह्वान गर्दै चिनियाँ कम्पनी बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोशनलाई ३० करोड प्रति नोट छाप्ने ठेक्का दिएको छ। यही विषयलाई लिएर छिमेकी देश भारतले भने नेपालसँग असन्तुष्टी जनाएको छ। लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा दुई देशबीच ३५ वर्षदेखि विवाद चलिरहेको र अहिले नेपालले आफ्नो दाबी गरेर सयको नोटमा नयाँ नक्सा छाप्न लागेको भन्दै…

Read More

धनगढी: डोटीमा कार्यरत एक प्रहरी कर्मचारीको मृत्यु भएको छ। डोटीमा ड्युटीमै रहेका बेला बेहोस भएर अस्पताल ल्याइएका प्रहरी वरिष्ठ हवल्दार केशरसिंह धामीको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय डोटीका इन्सपेक्टर सुर्यप्रकाश भट्टका अनुसार हिजो राति ८:३० बजेको समयमा धामी बेहोस भएका थिए।दार्चुलाका घर भएर डोटीस्थित प्रहरी चौकी घाङलमा कार्यरत धामी अचानक बेहोस भएपछि उनलाई धनगढी ल्याइएको थियो। तर धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा आज बिहान उनको मृत्यु भएको जनाइएको छ। बिहान करिव २ बजेको समयमा उनलाई अस्पतालले मृत घोषित गरेको थियो। अहिलेसम्म उनको मृत्युको यथेष्ट कारण नखुलेको र पोस्टमार्टम गरेपछि थप थाहा हुने प्रहरीको भनाई छ।

Read More

धनगढी: सशस्त्र प्रहरी बनाईदिन्छु भन्दै ठगी गर्ने एक युवक पक्राउ परेका छन्। दार्चुलाका एक युवकलाई सशस्त्र प्रहरीमा जागिर लगाइदिन्छु भन्दै पटक पटक पैसा ठगी गरेर फरार रहेका युवकलाई प्रहरीले पक्राउ गरेको हो। सशस्त्र प्रहरी बनाई दिन्छु भन्दै ठगी गरेको आरोपमा कैलालीको गोदावरी नगरपालिका वडा नम्बर–६ बस्ने ३२ वर्षीय तुलाराम विकलाई बुधवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। विकले दार्चुलाका ईन्द्रसिंह धामीका छोरालाई सशस्त्र प्रहरी बनाईदिन्छु भनी विश्वास दिलाएर पटक पटक गरी ५ लाख ३५ हजार ७ सय रुपैयाँ ठगी गरी फरार रहेका थिए। बुधवार जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले ईलाका प्रहरी कार्यालय मालाखेती कैलालीको सहयोगमा अत्तरियाबाट…

Read More