धनगढी: कैलालीमा खेल्ने भन्दै घरबाट एकसाथ निस्किएर बेपत्ता भएका चार जना बालक फेला परेका छन्। भजनी नगरपालिका–७ चर्राका १२ वर्षीय नितेश चौधरी, १० वर्षीय सुनिल चौधरी, ९ वर्षीय अस्मित चौधरी र ११ वर्षीय यज्ञ चौधरी बुधबार दिउँसो खेल्न भन्दै घरबाट साइकलमा निस्किएका थिए। दिउँसो २ बजे घरबाट गएका उनीहरु राति साढे ९ बजेसम्म घर नफर्किएपछि परिवारले प्रहरीलाई खबर गरेका थियो। इलाका प्रहरी कार्यालय भजनी, प्रहरी चौकी पृथ्वीपुरका १० जना प्रहरी र ३५ जना स्थानीयले रातभर उनीहरुको खोजी गरे। तर कतै पनि फेला नपरेपछि राति १ बजे खोजी कार्य स्थगीत गरिएको थियो। पुनः बिहीबार बिहानैदेखि उनीहरुको खोजी थालिएको थियो। बिहीबार भने…
Author: महेन्द्रनगर पोष्ट
धनगढी: डडेल्धुरामा एक दम्पती पक्राउ परेको छ। जिल्लाको नवदुर्गा गाउँपालिका रन्तपाला घर भएका २९ वर्षीय लक्ष्मण भट्ट र उनकी श्रीमती २५ वर्षीया श्रीमती कुन्ती भट्टलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। उनीहरु कैलालीको धनगढी उपमहानगरपालिकामा बस्दै आएका थिए। प्रहरीका अनुसार फैसला कार्यान्वयनको क्रममा उनीहरुलाई पक्राउ गरिएको हो। जिल्ला अदालत डडेल्धुराको फैसलाले घरेलु हिंसा मुद्दामा एक महिना कैद सजाय तोकेको थियो। फैसला भएदेखि फरार रहेका उनीहरुलाई डडेल्धुरा सदरमुकामबाट पक्राउ गरिएको हो। जिल्ला अदालत डडेल्धुराले दुवै जनालाई घरेलु हिंसा सम्बन्धी मुद्दामा एक महिना कैद सजाय तोकेकोमा उनीहरु फरार थिए। दुवै जनालाई आवश्यक कारवाहीका लागि अदालतमा पेश गरिने प्रहरीले…
काठमाडौं: भैँसीपाटी हनी ट्रयाप प्रकरणमा मुछिएकी नेपाल प्रहरीकी निलम्बित इन्स्पेक्टर बिनुकुमारी शाहीले आफ्नो मुद्दामा ५ लाख धरौटी तिरेर हिरासतमुक्त भएकी छन्। जिल्ला अदालत ललितपुरले उनलाई धरौटी तिराएर तारेखमा राखेपछि उनी काठमाडौंका क्लब र रेस्टुरेन्टमा पाटी गर्नमा व्यस्त छिन्। त्यस अगाडि प्रहरीको फरात सूचीमा रहेकी उनी अस्ति अदालतमा उपस्थित भएकोमा दोस्रो दिन थुनछेक बहसपछि धरौटी माग गरिएको थियो। हनी ट्रयापिङ गिरोहसँग मिलेर लाभ लिएको अभियोग लागेकी शाहीसँग अदालतले धरौटी माग गर्दै तारेखमा राखेको हो। न्यायाधीश रिताकुमारी बख्रेलको इजलासले शाहीलाई ५ लाख रुपैयाँ धरौटी लिएर तारेखमा राख्ने आदेश दिएका थिईन्। उसो त उनले प्रहरीदेखि अदालतसम्मै सेटिङ गरेको आरोप छ। उता गृहमन्त्री रमेश…
काठमाडौं: सशस्त्र प्रहरी बल, नेपालका चार जिल्लाका एसपीहरू तानिएका छन्। एसपीहरुलाई छानबिनका लागि हेडक्वाटर तानिएको हो। तराईका चार फरक जिल्लाका एसपीहरूलाई सशस्त्र हेडक्वाटर हल्चोक तानेर छानबिन सुरु गरिएको जनाइएको छ। सशस्त्र प्रहरी बलका प्रवक्ता एवं नायब महानिरीक्षक (डीआइजी) कुमार न्यौपानेका अनुसार छानबिनमा तानिनेहरूमा धनुषाका एसपी दर्शन गरी, मोरङका एसपी विश्व खड्का, बाराका एसपी सन्तोषबहादुर सिंह र बाँकेका एसपी विमल डाँगी छन्। उनीहरूमाथि केही बुझ्नुपर्ने भएकाले हेक्वाटर झिकाइएको डिआइजी न्यौपानेले बताए। उनीहरूमाथि केही आर्थिक अनियमितता तथा राजश्व गडबडी गरेको भन्ने आरोप लागेको बताइएको छ। डीआइजी न्यौपानेका अनुसार उनीहरूमाथि छानबिन भइरहेको भन्दै अहिले ती जिल्लाको एसपीको रूपमा कसैलाई पनि पठाइएको छैन। छानबिनपछि…
काठमाडौं: सत्तारुढ नेकपा (एमाले)ले पूर्वउपाध्यक्ष डा. भीम रावललाई पार्टीबाट निकालेको छ। एमालेको बुधबार बसेको सचिवालय बैठकले रावललाई पार्टीमा कुनै ठाउँ नरहने गरी संगठित सदस्यबाटै हटाएको हो। पार्टी हितविपरित सार्वजनिक अभिव्यक्ति दिँदै आएको आरोपमा स्पष्टिकरण सोधिएका उनले जवाफ नदिएपछि आज बसेको सचिवालय बैठकले पार्टी सदस्यबाटै निष्कासन गर्ने निर्णय गरेको हो। भाटभटेनीका सुपरमार्केटका मालिक मीनबहादुर गुरुङबाट जग्गा लिने निर्णयको विरोध गर्ने स्थायी समिति सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिना भने छ-छ महिनाका निम्ति निलम्बमा परेका छन्। आजको बैठकमा शुरुमा यी दुईलाई एक-एक तह घटुवा गर्ने प्रस्ताव थियो। तर, अन्तिममा निलम्बन गर्ने निर्णय गरिएको हो।
धनगढी: प्रहरीले कैलाली जिल्लाको टिकापुरबाट सुन र चाँदीका गरगहनासहित दुई व्यक्तिलाई पक्राउ गरेको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, प्रहरी टोलीले मंगलबार दिउँसो १२:३० बजे उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा बाजुराको बुढिगंगा नगरपालिका–१० का २५ वर्षीय सुजन शाही र कैलालीको लम्की–चुहा नगरपालिका–४ की ३४ वर्षीया रम्भा जैशी रहेका छन्। उनीहरू टिकापुर नगरपालिका–१ गणेशपुर शिविरस्थित धर्मा जैसीको घरभित्र शंकास्पद रूपमा बसिरहेको अवस्थामा फेला परेका थिए। उनीहरूको साथबाट चाँदीको सिक्का (५० ग्राम) – १ थान, हिरा जस्तो देखिने पत्थरयुक्त औंठी – २ थान, सुन जस्तो देखिने बेरुवा औंठी – १ थान, सुन जस्तो देखिने सिक्री – १ थान, पानको पात आकारको…
धनगढी: सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डीआईजी) गणेश चन्द पहाड भ्रमणमा निस्किएका छन्। अस्ति सुदूर पहाडतर्फ उक्लिएका उनी पहाडी जिल्लामा प्रहरी कार्यायको अनुगमन तथा निरीक्षणमा व्यस्त छन्। उनले अहिलेसम्म पहाडमा दार्चुला प्रहरी र बैतडी प्रहरीको निरीक्षण गरेका छन्। यहीँ पुस १ गते सुदूरपश्चिम प्रदशको कमाण्ड सम्हालेका डीआईजी चन्दले विभिन्न जिल्ला पुगेर निरीक्षण गरिरहेका हुन्। अस्ति महेन्द्रनगरमा अनुगमन गरेका उनले हिजो दार्चुला र आज बैतडीमा अनुगमन गरेका छन्। साथै उनले पहाडी जिल्लामा पुगेर निरीक्षण तथा आवश्यक निर्देशन पनि दिइरहेका छन्। प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार बैतडीमा उनले कार्यालय भवन, सम्पुर्ण शाखाहरु, ब्यारेक, मेस तथा हिरासत कक्षको निरीक्षण गरेका…
धनगढी: डडेल्धुरा आलितालका एक युवक कञ्चनपुरमा मृत फेला परेका छन्। आलिताल गाउँपालिका–५ गोलेथर बस्ने अन्दाजी २० वर्षीय कृष्ण खडायत कञ्चनपुरमा मृत फेला परेको कञ्चनपुर प्रहरीले जनाएको छ। खडायत घरबाट भारत जान्छु भन्दै श्रीमतीसँगै हिँडेका थिए। तर, सीमा नाकामा आवश्यक कागजात देखाउन नसकेपछि खडायत दम्पत्तिलाई फर्काइएको थियो। त्यसपछि खडायत परिवार कञ्चनपुरको पुनर्वास नगरपालिका–१० सिद्धदेवी टोलमा आफ्ना काकाको घरमा पुगेका थिए। परिवारले दिएको जानकारीअनुसार श्रीमान–श्रीमतीको सामान्य झगडा परेको थियो। त्यसपछि कृष्ण मृत फेला परेका हुन्। खडायतको शव पोस्टमार्टमको लागि धनगढीको सेती प्रादेशिक अस्पताल लगिएको छ।
धनगढी: कैलालीको टीकापुरबाट करिब एक हजार किलो महसहित पक्राउ परेका १६ जना भारतीयविरुद्ध मुद्दा दर्ता गरिएको छ। प्रयोगशालामा परीक्षण गर्दा उक्त मह दुषित रहेको पुष्टि भएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले उनीहरुविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो। १५ जनाविरुद्ध खाद्य स्वच्छता तथा गुणस्तर ऐनअनुसार र नाबालक भएकाले एकजनाविरुद्ध बालबालिकासम्बन्धी ऐनअनुसार मुद्दा दर्ता गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य अनुसन्धान अधिकारी एवम् सूचना अधिकारी सुमन लामीछानेले बताए। टीकापुर प्रहरीले टीकापुरको एक होटेलबाट उनीहरुलाई गत मंसिर १६ गते नौ सय ४७ किलो चाकासहितको महसहित पक्राउ गरेको थियो। मिसावटयुक्त मह बिक्री गरेर ठगी गरिरहेको गुनासोका आधारमा टीकापुर प्रहरीले…
काठमाण्डौं: कञ्चनपुरबाट रुस पुगेका दुई युवकको युक्रेनसंगको लडाईमा मृत्यु भएको छ। संगै गएका अर्का युवक घाईते छन्। सात लाख खर्चेर गतवर्ष तिहारपछि रुस पुगेका कञ्चनपुरको वेदकोट–९ सुन्दरपुरका ४५ वर्षीय बिराजन बिष्ट, उनका भाई निराजन बिष्ट र लोकेन्द्र बहादुर युक्रेनसंगको लडाईमा सामेल भएका थिए। ४५ वर्षीय बिराजनको मृत्यु भएको ८ महिनापछि लोकेन्द्रको मृत्यु भएको भएको हो। युक्रेनको तोकमोकमा बंकरभित्र ड्रोन आक्रमणमा परी दाई बिराजनको मृत्यु हुदा घाईते भएका भाई निराजन रुसमै उपचाररत छन्। बिराजनको गत बैशाख ५ गते मृत्यु भएको पुष्टि भएको थियो। सोमवार परराष्ट्र मन्त्रालयले रुसका तर्फ लडिरहेका लोकेन्द्र सहित थप १० जना नेपालीको मृत्यु भएको पुष्टि गरेको हो। लोकेन्द्र…