काठमाडौं – धनुषा प्रहरीले अपहरणमा परेकी ४ वर्षीय बालिकाको सकुशल उद्धार गर्न सफल भएको छ । भने पाँच अपहरणकारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कमला नगरपालिका- ८ का अभिषेक दास छन् । अन्य चार जनाको पहिचान प्रहरीले गोप्य राखेको छ । धनुषाका प्रहरी प्रमुख डिएसपी जितेन्द्र बस्नेतले अपहरणमा संलग्न दाससहित पाँच जना पक्राउ परेको पुष्टि गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका -१६ पुलचोकबाट बिहिवार ध्रुव मण्डलकी चार वर्षीया छोरी सृष्टि मण्डल बेपत्ता भएकी थिइन् । आफ्न्तले सो क्षेत्रमा खोजे पनि फेला नपरेपछि प्रहरीलाई जानकारी गराएको थियो । खोजतलास गर्ने क्रममा विदेह नगरपालिका ८ बफैयबाट बालिकाको उद्धार गरेको प्रहरीले जनाएको छ…
Author: महेन्द्रनगर पोष्ट
वाशिंगटन – जी ७ राष्ट्रहरूले उत्तर कोरियाद्वारा बिहीबार (स्थानीय समय) मा गरिएको इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइल (ICBM) प्रक्षेपण सहित ब्यालिस्टिक क्षेप्यास्त्रको निरन्तर परीक्षणको निन्दा गरेको अमेरिकी विदेश मन्त्रालयको संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ। हामी, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, युनाइटेड किंगडम र संयुक्त राज्य अमेरिकाका जी ७ विदेशका मन्त्रीहरू र युरोपेली संघका उच्च प्रतिनिधिहरू लोकतान्त्रिक जन गणतन्त्रद्वारा ब्यालिस्टिक मिसाइलहरूको निरन्तर परीक्षणको कडा निन्दा गर्दछौं।’ विज्ञप्तिमा भनिएको छ। परराष्ट्र मन्त्रीहरूले उत्तर कोरियालाई सुरक्षा परिषद्का सम्बन्धित प्रस्तावहरूबाट उत्पन्न हुने सबै कानूनी दायित्वहरूको पूर्ण पालना गर्न आग्रह गरेका छन्। उनीहरूले संयुक्त राज्य अमेरिका, कोरिया गणतन्त्र र जापानलगायत सम्बन्धित सबै पक्षहरूले राखेका बारम्बार वार्ताका प्रस्तावहरूलाई…
काठमाडौं – चिनियाँ विदेश मन्त्री वाङ यीले काठमाडौंको शिवपुरी डाँडामा हाइकिङ गरेका छन् । शुक्रबार अपराह्न काठमाडौं आइपुगेका वाङ शनिबार बिहानै हाइकिङका लागि काठमाडौंको उत्तरपश्चिम कुनामा रहेको शिवपुरी डाँडातर्फ लागेका थिए। बत्तिसपुतलीस्थित होटल द्वारिका बाट बिहान साढे ७ बजे निस्किएका वाङ गौशाला, ज्ञानेश्वर, केशरमहल, लैनचौर, सोह्रखुट्टे, बालाजु नागार्जुन हुँदै गाडीमा तीनपिप्ले मुनि पुगेर डाँडातिर पैदल उक्लिएका थिए । नेपालको तीन दिने भ्रमणमा आएका उनले त्यहाँबाट होटल फर्केर समकक्षी नारायण खड्का र प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने तालिका छ । अघिल्लो पटक नेपाल आउँदा उनी नगरकोट हाइकिङ गरेका थिए।
काठमाडौं परराष्ट्रमन्त्री डा. नारायण खड्का बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)सम्मेलनमा सहभागी हुन श्रीलंका जाने भएका छन् । बिमस्टेकको चैत १६ गते हुने पाँचै शिखर सम्मेलनअघि हुने मन्त्रीस्तरीय बैठकमा सहभागी हुन उनी श्रीलंका जान लागेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री खड्का चैत १४ गते काठमाडौँबाट त्यसतर्फ प्रस्थान गर्नेछन् । चैत १५ गते कोलम्बोमा हुने बिमस्टेक मन्त्रीस्तरीय बैठकमा उनी सहभागी हुनेछन् । बिमस्टेकको साइडलाइनमा उनले अन्य देशका विदेशमन्त्रीसँग द्विपक्षीय वार्ता गर्ने परराष्ट्रले जनाएको छ । उनी चैत १७ गते स्वदेश फर्कनेछन् ।
काठमाडौं – प्रहरी हवल्दार बताउँदै सुनचाँदी लुटपाट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बर्दिबास-१ घर भएका ३४ वर्षीय मनोज ठाकुरलाई शुक्रबार इलाका प्रहरी कार्यालय बर्दिबासले पक्राउ गरेको हो । बर्दिबासस्थित सुनचाँदी पसलहरूले बनाउन अर्डर दिएको सुनचाँदी पाथिभरा ज्वेलर्स एण्ड सप्लायर्स झापा लैजाने क्रममा प्रहरी हुँ भन्दै झण्डै १३ केजी सुनचाँदी लुटपाट गरेको ठाकुरमाथि आरोप लागेको छ । ८ चैतमा पाथिभरा ज्वेलर्स एण्ड सप्लायर्सका कर्मचारी ओम कालिकोटेले हायस गाडीमा उक्त सुनचाँदी लैजाने क्रममा मोरङको बेलबारी नगरपालिका वडा न। ४ सिमसार क्षेत्रबाट प्रहरी हवल्दार भएको बताउँदै सुनचाँदी बोकेको झोला लिएर ठाकुर भागेका थिए । ‘प्रहरी हवल्दार हु तेरो साहुलाइ प्रहरी…
काठमाडौं – कपिलवस्तुको वाणगंगा नगरपालिकाको जितपुरमा सञ्चालित कपिलवस्तु महोत्सवमा पिङ भाँचिँदा १४ जना घाइते भएका छन्। शुक्रवार साँझ अवलोकनकर्ता खेलिरहेको डुंगा पिङ भाँचिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी प्रेमप्रसाद रेग्मीले जानकारी दिए। घाइतेमध्ये तीनजनाको गम्भीर रहेको उनले बताए। घाइतेमध्ये चारजना सामान्य उपचारपछि घर फर्केका र सातजनाको कपिलवस्तुमै उपचार भइरहेको छ। घटनाबारे थप छानबिन भइरहेको एसपी रेग्मीले बताए।
काठमाडाैँ- सञ्चारिका समूहको अध्यक्षमा विमला तुम्खेवा निर्वाचित भएकी छिन्। शुक्रबार सम्पन्न आठौं महाधिवेशनमा कमला पन्थीलाई पराजित गर्दै तुम्खेवा समूहको अध्यक्षमा विजयी भएकी हुन्। गएराति सार्वजनिक निर्वाचन परिणाम अनुसार समूहको उपाध्यक्षमा पवित्रा सुनार, महासचिवमा वसन्ती बास्तोला, सचिवमा दुर्गा कार्की र कोषाध्यक्षमा उर्वसी बस्न्यातलाई निर्वाचित भएकी छन्। सदस्यहरूमा पार्वता चौधरी, साजना तामाङ, सलोजा दाहाल, नुनुता राई, लोकसरी कुँवर, मञ्जिला ढकाल, राधा प्रधान र पवित्रा मुडभरी चयन भएका छन्।
काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशमा सुशासन स्थापना र विकास गर्ने पार्टी एमाले नै भएको दाबी गरेका छन् । उदयपुरको सदरमुकाम गाईघाटस्थित लोकतान्त्रिक चोकमा एमालेले आयोजना गरेको कार्यक्रममा उनले भने,’एमाले हिजो पनि देश र जनताको विकास तथा सुशासन स्थापना गर्न प्रतिबद्ध थियो र आज पनि अन्य पार्टीभन्दा बढी प्रतिबद्ध छ ।’ अहिले वर्तमान पाँच दलको संयुक्त सरकार उल्टो दिशातिर चलिरहेका कारण देश अस्थिरतातिर गइरहेको आरोपसमेत अध्यक्ष ओलीको थियो । एमालेले देशमा गरिबी हटाउन सडक, भौतिक संरचना निर्माणको काम, लोक कल्याणकारी कार्यका लागि देशका अन्य राजनीतिक दलहरुभन्दा दुईचार कदम अगाडि रहेको दाबी गर्दै उनले अन्य राजनीतिक दल देश…
काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल `प्रचण्ड’ आज गारेखा जाँदै छन् । बारपाक सुलिकोट गाउँपालिकाको भवन उद्घाटन गर्न उनी गोरखा जान लागेका हुन् । त्यसका लागि बिहान ११ बजे गोरखा जाने उनको सचिवालयले जनाएको छ । प्रचण्ड स्थानीय तह निर्वाचनको संघारमा पार्टीको पक्षमा जनमत तयार गर्न दौडधुपमा रहेका उनी बिहीबार र शुक्रबार उनी गृहजिल्ला चितवनमा थिए ।
काठमाडौं – नेपाल जनजाति महासंघको १० औं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । विहिबार नवलपरासीको कावासोतिमा भएको महाअधिवेशनबाट रामेछापका गेल्जे लामा शेर्पा अध्यक्ष पदमा अत्याधिक मत ल्याएर विजयी भएका छन् । लामाले ४४ मत प्राप्त गरेका थिए । उनको प्रतिस्पर्धी रहेका सोनाम लामा वालुङले जम्मा ८ मत पाएका थिए । महाअधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा वुद्ध घर्ती, खुल्ला उपाध्यक्षमा युवराज जिरेल, ध्यानि उराँव, क्षेत्र वहादुर थकाली, गम्भिर गुरुङ भोटे, महिला उपाध्यक्षमा लाक्पा शेर्पा र श्रुति कुमाल निर्वाचित भएका छन् । महासचिवमा दिवस राई, उप महासचिवमा रामकृष्ण लामा ब्लोन र कोषाध्यक्षमा विमल सारु मगर निर्वाचित भएका छन् ।