Author: महेन्द्रनगर पोष्ट

धनगढी: नेपाल प्रहरीका डीएसपी गङ्गाबहादुर थापा उत्कृष्ट प्रहरी घोषित भएका छन्। कैलालीस्थित इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुखसमेत रहेका थापा उत्कृष्ट प्रहरी घोषित भएका हुन्। ६९ औँ प्रहरी दिवसको अवसरमा बुधबार उनलाई उत्कृष्ट घोषित गर्दै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट पुरस्कृत भएका हुन्। उनलाई सुदूरपश्चिमका मुख्यमन्त्रीले पुरस्कृत गरेका थिए। उनी सम्मानित हुने सुदूरपश्चिमका एक्ला डीएसपी हुन्। कुशल कमाण्ड क्षमता भएका थापाले मालाखेती प्रहरीको नेतृत्व गरेपछि अपराध अनुसन्धान, ड्रग्स नियन्त्रण तथा होटलमा हुने यौनजन्य गतिविधिमा निर्मम भएर उल्लेखनीय काम गरेको बताइन्छ। सोही कार्यक्रममा थापासँगै १० जना अन्य प्रहरी कर्मचारी पनि सम्मानित भएका थिए।

Read More

धनगढी: नेकपा माओवादी केन्द्रले सुदूरपश्चिममा पार्टीका नेताहरुको कार्यविभाजन गरेको छ। पार्टी केन्द्रको निर्देशनअनुसार प्रदेश इन्चार्ज गिरीराजमणि पोखरेलले संघीय निर्वाचन क्षेत्र, प्रदेश निर्वाचन क्षेत्र, विभिन्न विभाग तथा जनवर्गीय संगठनका मोर्चाहरुमा नेताहरुको जिम्मेवारी बाँडफाँट गरेका हुन्। माओवादीले प्रदेशमा कार्यरत केन्द्रीय सदस्यको तीन सदस्यीय कार्यालय गठन गरेको छ। जसमा प्रदेश इन्चार्ज पोखरेल, स्थायी समिति सदस्य खगराज भट्ट र सुदूरपश्चिम प्रदेशका सहइन्चार्ज विना मगर सदस्य छन्। माओवादीले नौवटै जिल्लाका संघ र प्रदेश निर्वाचन क्षेत्र हेर्ने गरी नेताहरुको जिम्मेवारी तोकेको छ। कैलाली क्षेत्र नम्बर १ मा तिलक परियार, २ मा लालबहादुर सोडारी, ३ मा कृष्णकुमार चौधरी, ४ मा लक्षीराम आचार्य र क्षेत्र नम्बर ५ मा…

Read More

काठमाडौं: नेपाल प्रहरीका एसपी सञ्जयसिंह थापा सम्मानित भएका छन्। उनी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरबाट मंगलबार प्रहरी दिवसको अवसरमा सम्मानित भएका हुन्। थापा उनै विवादित एसपी हुन्, जो सुन तस्करी प्रकरणमा प्रहरीबाट भएको कमजोरीबारे छानबिन गर्न गठित उच्चस्तरीय आयोगको कारबाही सिफारिसमा परेका थिए। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा रहँदा गरेको अनुसन्धानका क्रममा त्रुटि गरेको भन्दै विभागीय कारबाहीका लागि उनलाई सिफारिस गरिएको थियो। कारबाही सिफारिसमा परेका बेला उनी जिल्ला प्रहरी कार्यालय, नुवाकोटमा प्रमुख थिए। पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगले गृहमन्त्रीलाई प्रतिवेदन बुझाएसँगै उनी नुवाकोट प्रहरी प्रमुखको जिम्मेवारीबाट हटाइएका थिए।

Read More

धनगढी: डडेल्धुराको अमरगढी नगरपालिका–७ खसरेखानमा भएको रात्रिबस दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। घटनास्थलमा आज बुधवार बिहान थप एक जनाको शव फेला परेसँगै मृतकको संख्या पाँच पुगेको हो। बैतडीको पुर्चौंडी नगरपालिका–१० की ६० वर्षीया गोवणी महराको शव घटनास्थलबाट निकालिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक उपेन्द्रबहादुर बलमे जानकारी दिए। उनका अनुसार खोज तथा उद्धारका क्रममा उनको शव आज बिहान मात्रै फेला परेको हो। दुर्घटनामा मृत्यु भएका अन्य चारजनाको पनि यसअघि नै सनाखत भइसकेको छ। पुर्चौंडी नगरपालिका–३ बस्ने ४५ वर्षीया जैमती बोहरा, सोही ठाउँकी २१ वर्षीया कमला बोहरा, उनका नाबालक छोरा र सोही ठाउँका २२ वर्षीय सहदेव…

Read More

धनगढीः डडेल्धुरामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। घटनास्थलमा आज बिहान थप एक जनाको शव फेला परेसंगै मृतकको संख्या पाँच पुगेको हो। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक उपेन्द्र बलमे बैतडीको पुर्चौडी नगरपालिका–१० की ६० वर्षीया गोवणी महराको पनि शव घटनास्थलबाट निकालिएको बताए । उनका अनुसार खोज तथा उद्धारका क्रममा उनको शव आज बिहान मात्रै फेला परेको हो। कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पुर्चौडीका लागि छुटेको पवनदुत यातायातको ना ८ ख १०७८ नम्बरको बस राति साढे १२ बजे डडेल्धुराको अमरगढी नगरपालिका–७ खसरेखानमा दुर्घटना भएको थियो । दुर्घटनामा मृत्यु भएका अन्य चार जनाको पनि यसअघि नै सनाखत…

Read More

बैतडी: डडेल्धुरामा भएको रात्रि बस दुर्घटनामा परी मृत्यु भएका चारै जना एकै परिवारका भएको खुलेको छ। मृत्यु हुनेमा पुर्चौंडी नगरपालिका–३, बैतडी ठेगाना भएका ४५ वर्षीया जयमति बोहरा, उनका नाबालक छोरा, २० वर्षीया कमला बोहरा र २२ वर्षीय सहदेव बोहरा रहेका छन्। बस सडकबाट करिब चार सय मिटर तल खसेको थियो। कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पुर्चौडी नगरपालिका–१, हाट जाँदै गरेको पवनदूत यातायातको ना ८ ख १०७८ नम्बरको बस मङ्गलबार राति ११ः४५ बजेतिर डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटना भएको थियो । दुर्घटनामा १२ जना घाइते भएका छन् भने दुई जना अझै बेपत्ता छन् । बसमा १८ जना सवार थिए। चालक निदाएकाले बस सडकबाट…

Read More

धनगढी: कैलालीमा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किदा एकजनाको मृत्यु  भएको छ। कैलालीको भजनी नगरपालिका–७ चर्रा स्थित हुलाकी सडकमा से १ त १७८६ नम्बरको ट्याक्टर र से ६ प १०६१ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक कैलारी गाउँपालिका–५ बस्ने २२ वर्षीय आशिमकुमार चौधरीको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार दुर्घटनामा गम्भिर घाइते भएका चौधरीलाई उपचारको लागि नवजीवन अस्पताल धनगढी लगिएको थियो। त्यहाँ चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको प्रहरीले जानकारी दिएको छ। मोटरसाइकलमा पछाडी सवार सोही ठाउँ बस्ने २२ वर्षीय डेबिट चौधरी घाइते भएका छन्। डेबिटको नवजीवन अस्पताल धनगढीमा उपचार भइरहेको छ। ट्याक्टर र ट्याकटर चालक भजनी नगरपालिका–७ का…

Read More

डडेल्धुरा: डडेल्धुरामा रात्रिबस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। कञ्चनपुरको महेन्द्रनगरदेखि बैतडीको पुर्चौंडी जाँदै गरेको पवनदूत यातायातको ना ८ ख १०७८ नम्बरको बस मंगलबार राति साढे ११ बजेतिर डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटना भएको हो। दुर्घटनामा परेर दुई महिला, एक पुरुष र एक शिशुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक तथा प्रवक्ता उपेन्द्रबहादुर बमले जानकारी दिए। मृत्यु हुनेमा बैतडीको पुर्चौंडी नगरपालिका–३ का ४५ वर्षीया जयमति बोहरा, सोही ठाउँकी अन्दाजी २६ वर्षीया कमला बोहरा, उनको दुईदिने शिशु र सोही ठाउँका २२ वर्षीय सहदेव बोहरा रहेको उनले बताए। दुर्घटनामा १२ जना घाइते भएका छन्। घाइते हुनेमा पुर्चौंडी नगरपालिका–७…

Read More

काठमाडौं: सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी श्यामकृष्ण अधिकारीले प्रहरीलाई गाली गर्ने गरेकोमा गुनासो गरेका छन्। मंगलबार ६९औं प्रहरी दिवसको अवसरमा आयोजित एक कार्यक्रममा उनले सो गुनासो पोखेका हुन्। उनले नेपाल प्रहरीलाई पछिल्लो समय गाली गर्ने प्रवृत्ति बढेको तर समस्यामा प्रहरी नै सारथि बनिरहेको बताएका छन्। उनले भने, ‘हुन त प्रहरीलाई गाली गर्छन्। तर, दुःख पर्दा पहिलो नम्बरमा नेपाल प्रहरीलाई सम्झन्छन्। नेपाली जनताको पहिलो रोजाई नेपाल प्रहरी बनेको छ।’ यस्तै उनले वि.स. २०१२ सालमा ५ सय प्रहरीबाट सुरु भएको नेपाल प्रहरी २०८१ सालसम्म पुग्दा ८० हजारको संख्यामा पुगेको पनि बताए। अहिले प्रहरी गाउँ गाउँमा पनि सेवा दिने कार्यमा जुटेको उनको भनाई…

Read More

काठमाडौं: ६९ औं प्रहरी दिवसको अवसरमा उत्कृष्ट प्रहरीहरू पुरस्कृत भएका छन्। मंगलबार प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले उत्कृष्ट प्रहरी अधिकारीलाई पुरस्कृत गरेको छ। यस वर्षको नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (पुलिस व्याटन) २०८१ मा प्रदेश प्रहरी कार्यालयहरूमध्ये उत्कृष्ट व्यवस्थापक विधातर्फ सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी नायव महानिरीक्षक रविन्द्र केसी र उत्कृष्ट सिर्जनशील कार्यतर्फ कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङले प्रशंसापत्र एवम् पुरस्कार प्राप्त गरे। त्यस्तै तालिम केन्द्रतर्फ नेपाल प्रहरी प्रदेश कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक ध्रुव राज राउत, प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक अवि नारायण काफ्ले संयुक्त रुपमा पुरस्कृत भएका छन्। नेपाल प्रहरी…

Read More