काठमाडौं : सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरिक्षक (डिएसपी) डा. नेत्रबहादुर कार्कीलाई गृह मन्त्रालयले ७ दिने सूचना जारी गरेको छ । लामो समयदेखि बिना जानकारी कार्यालयमा हाजिर नभएको जनाउँदै विभागीय कारबाहीका लागि गृहमन्त्रालयले सशस्त्र प्रहरी अस्पतालमा कार्यरत डिएसपी डा. कार्कीलाई स्पष्टीकरण पेश गर्न ७ दिने सूचना प्रकाशित गरेको हो ।
Author: महेन्द्रनगर पोष्ट
काठमाडौँ : काठमाडौँ महानगरआ मेयर बालेन शाहले महानगरको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउन नगरसभाका सदस्यलाई आग्रह गरेका छन् । आइतबार सामाजिक सञ्जालमा लेख्दै बालेनले ३ जना नेताले गर्दा १६० जना जनप्रतिनिधीको बोल्ने अधिकार हनन भएको उल्लेख गर्दै नगर सभामा सबै सदस्यलाई बोल्ने र निर्णय गर्ने समान अधिकार रहेको स्पष्ट गरेका छन् ।
काठमाडौँ : नेपालले जारी आसीसी टी- २० विश्वकप अन्तर्गत अन्तिम खेल भोलि बिहान बंगलादेशसँग खेल्दै छ । सेन्ट भिसेन्टस्थित आरनोस भाले स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ५: १५ बजेदेखि हुदै छ । नेपाल सुपर आठको दौड बाट भने बाहिरिएको छ । नेपालले पहिलो खेलमा नेदरल्याण्डससँग हार बेहोरेको थियो भने दोस्रो खेल श्रीलंकासँग बर्षाले रद्ध भएको थियो । त्यस्तै तेस्रो खेलमा दक्षिण अफ्रिकासँग एक रनले पराजित भएपछि नेपाल सुपरआठको दौडबाट बाहिरिएको थियो । तर बंगलादेशका लागि भने सुपर आठमा पुग्न यो खेल जित्नै पर्ने अवस्था रहेको छ । बंगलादेशको अहिले २ खेलमा ४ अंक रहेको छ र समुह…
धनगढीः धनगढीको धार्मिक तथा पर्यटकीय स्थल बेहडाबाबा धाममा गंगादशहरा मेला आजबाट सुरु भएको छ। धार्मिक पर्यटकहरुको आस्थाको केन्द्रको रुपमा रहेको बेहडाबाबा मन्दिरमा आजदेखि गंगादशहरा मेला सुरु भएको हो। स्थानीय स्तरबाटै आयोजना गरिएको मेला धनगढी उपमहानगरपालिका वडा नम्वर-१६ मा रहेको बेहडाबाबा मन्दिरमा सुरु भएको हो। बेहडाबाबा धार्मिक क्षेत्रको उचित प्रचार प्रसार गर्नका लागि प्रत्येक वर्ष ज्येष्ठ शुक्ल नवमीदेखि चर्तुदर्शी सम्म मेलाको आयोजना हुँदै आएको छ। गंगादशहरा मेलामा भारतको उत्तर प्रदेशबाट सयौंको संख्यामा पर्यटकहरु दर्शनकालागी बेहडाबाबा पुग्ने गर्दछन् । बेहडाबाबा मेलाको उपलक्ष्यमा आज एक दिन धनगढी उपमहानगरपालिकाले विद्यालयमा विदा समेत दिएको छ।
कञ्चनपुरः कञ्चनपुरमा विभिन्न स्थानबाट प्रहरीले अबैध सामान बरामद गरेको छ। जिल्लाका विभिन्न स्थानबाट प्रहरीले ८ लाख मूल्यको अबैध सामान बरामद गरिएको हो । इलाका प्रहरी कार्यालय दोधरा–चाँदनीबाट खटिएको प्रहरी टोलीले करिब ६ लाख ३९ हजार ५५०, इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले एक लाख ७१ हजार तीन सय, प्रहरी चौकी झिलमिलाले ८ हजार ४४० र अस्थायी प्रहरी बिट मझगाउँले ८ हजार दुई गरेर कुल ८ लाख २७ हजार ४९० मुल्यको अबैध सामान नियन्त्रणमा लिएको हो। फिल्टर ग्यारेजका सामान, तार, तेल, चिनी, विस्कुट, कोरा थान कपडा लगायतका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
काठमाडौं : गायिका तथा मोडेल पशुपति खनालको देउडा गीत ´पिरतीका फेराई फेरा`सार्वजनिक भएको छ। म्युजिक भिडियोमा पछिल्लो समय निकै चर्चामा रहेकि खनाल र सुशील बोहराको आवाजमा रहेको उक्त गीत पशुपति खनालले आफ्नै यूट्यूब च्यानल बाट बजारमा ल्याएकी हुन। पछिल्लो समयमा साङ्गितिक क्षेत्रमा स्रोता तथा दर्शकको मन जितेकि खनालले यसअघि दर्जनौ गीतमा अभिनय तथा स्वर दिईसकेकी छिन। सुशील बोहराको लयशब्द तथा पशुपति खनाल र सुशील बोहराको स्वर रहेको यस गीतमा सन्तोष भट्ट र कामना जोराको अभिनय रहेको छ । भिडियो :- https://youtu.be/SjmK9l462CI?si=zlNzWRYvdKQiNE93
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्यान्डको भ्रमण सकेर जर्मनीको भ्रमणका लागि राजधानी बर्लिन पुगेका छन् । उनलाई जर्मनस्थित नेपाली राजदूत रामकाजी खड्का, दूतावासका कर्मचारी र संघीय गणतन्त्र जर्मनीका राष्ट्रपति कार्यालयका अधिकारीहरूले स्वागत गरेका थिए । राष्ट्रपति पौडेलले संघीय गणतन्त्र जर्मनीका राष्ट्रपति फ्रैङ्क–वाल्टर स्टाईनमायेर निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमण गर्न वर्लीन पुगेका हुन् । उनले असार ३ गते जर्मनी समकक्षीसँग औपचारिक वार्ता गर्ने राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । जर्मनीमा राष्ट्रपति पौडेलले पोष्टडाम इस्टिच्युट फर क्लाइमेट इम्प्याक्ट रिसर्च इन्टिच्युट, जर्मन रिसर्च फर जीयो– साइन्स, टेलेग्राफफेनवर्ग क्याम्पसको अवलोकन गर्ने कार्यक्रम छ । साथै सेसिलीयानहोफ एन्ड स्यान्ससोसी प्यालेस गार्डेन र सेसिलीयानहोफ एन्ड स्यान्ससोसी प्यालेस…
काठमाडौं : प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठकमा आज विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षकहरूमाथि छलफल जारी रहनेछ । जसअन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय, अर्थ मन्त्रालयमाथि छलफल हुने कार्यसूची छ । आज बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ प्रस्तुत गर्न अनुमति माग्ने र उक्त विधेयक प्रस्तुत गर्ने कार्यसूची छ । सांसद रामहरि खतिवडाले विनियोजन विधेयक, २०८१ अन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय शीर्षकको खर्च कटौतीको प्रस्ताव गर्नेछन् । डा. अमरेशकुमार सिंहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा…
काठमाडौं : नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । इन्डियन आय कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले आइतबार बिहान १ बजेदेखि लागु हुने गरी पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो । मूल्य घटेपछि काठमाडौँ, पोखरा र दिपायल वरपर पेट्रोलको मूल्य प्रतिलिटर १६५ कायम भएको छ । त्यस्तै डिजेल र मट्टितेलमा काठमाडौँ, पोखरा र दिपायल वरपर प्रतिलिटर १५२, सुर्खेत र दाङ वरपर १५१ र चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगन्ज वरपर १४९ रुपैयाँ कायम भएको छ ।
धनगढी : नेपाल–भारत सीमा नजिकबाट हराएका दुई बालकको उद्धार गरिएको छ । भारतस्थित नेपाली दूतावासको कार्यालय, मानव वेचबिखन अनुसन्धान ब्यूरो, दोधारा चाँदनी नगरपालिका र वडा कार्यालय, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय दोधारासँगको समन्वयमा उनीहरूको उद्धार गरिएको हो। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-४ का दुई बालक जेठ ७ गते स्कुलबाट घर नफर्किएपछि खोजी थालिएको थियो। सहयात्री नेपाल संस्थाले विभिन्न निकायसँग समन्वय गरी बालकहरूलाई शुक्रबार नेपाल ल्याएर परिवारको जिम्मा लगाएको हो। उनीहरूलाई भारतको राजकीय बाल गृह, शाहजहांपुरले आश्रय दिएर राखेको थियो। उक्त सूचना पाएपछि भारत पुगेर बालकलाई फर्काइएको सहयात्री नेपालका अध्यक्ष ऋतिक शाहीले बताए।