धनगढीः धनगढीको धार्मिक तथा पर्यटकीय स्थल बेहडाबाबा धाममा गंगादशहरा मेला आजबाट सुरु भएको छ। धार्मिक पर्यटकहरुको आस्थाको केन्द्रको रुपमा रहेको बेहडाबाबा मन्दिरमा आजदेखि गंगादशहरा मेला सुरु भएको हो।
स्थानीय स्तरबाटै आयोजना गरिएको मेला धनगढी उपमहानगरपालिका वडा नम्वर-१६ मा रहेको बेहडाबाबा मन्दिरमा सुरु भएको हो।
बेहडाबाबा धार्मिक क्षेत्रको उचित प्रचार प्रसार गर्नका लागि प्रत्येक वर्ष ज्येष्ठ शुक्ल नवमीदेखि चर्तुदर्शी सम्म मेलाको आयोजना हुँदै आएको छ। गंगादशहरा मेलामा भारतको उत्तर प्रदेशबाट सयौंको संख्यामा पर्यटकहरु दर्शनकालागी बेहडाबाबा पुग्ने गर्दछन् ।
बेहडाबाबा मेलाको उपलक्ष्यमा आज एक दिन धनगढी उपमहानगरपालिकाले विद्यालयमा विदा समेत दिएको छ।
Facebook Comments Box