काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान एवं लेग स्पिनर सन्दीप लामिछानेमाथिको बलात्कार सम्बन्धी मुद्दाको सुनुवाई आज हुँदैछ । उच्च अदालत पाटनमा परेको पुनरावेदनमा आज सुनुवाई हुन लागेको हो । यसअघि अदालतले हेर्न नभ्याइने भन्दै मुद्दाको पेशी आजलाई सारेको थियो । सन्दीप पक्षका वकीलहरुले मुद्दालाई प्राथमिकतामा राखेर हेर्नुपर्ने बताउँदै आएका छन् ।
Author: महेन्द्रनगर पोष्ट
काठमाडौँ : उपनिर्वाचनअन्तर्गत इलाम–२ मा बिहान ११ बजेदेखि मतगणना सुरु गरिने भएको छ । आज बिहान बसेको सर्वदलीय बैठकले बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकारी केशव घिमिरेले जानकारी दिए । सर्वदलीय बैठकमा सबै राजनीतिक दलका उम्मेदवारसहित सरोकारवालाहरू पनि उपस्थित थिए । इलाम नगरपालिका–२ स्थित गौतम बुद्ध सम्मेलन केन्द्रमा मतगणना हुने भएको हो । इलाम–२ उपनिर्वाचनमा कुल मत ६९ हजार ४२१ मत खसेको थियो । हृदयाघातका कारण सुवासचन्द्र नेम्वाङको निधनपश्चात् यस क्षेत्रमा उपनिर्वाचन भएको हो ।
गुल्मी : जिल्लाको सत्यवती गाउँपालिका-४ मा गएराति मलामी बोकेको जीप दुर्घटनामा एकजनाको मृत्यु भएको छ। १२ जना घाइते भएका छन्। दुर्घटनामा ७५ वर्षीय मनबहादुर फुम्जालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए। रुद्रवेणीबाट मलामी लिएर लिम्घातर्फ फर्किने क्रममा लु १ च ४३२० नम्बर को पिकअप जीप मौरीओडार स्थित शाहघाट लिम्घाको भित्री सडकमा दुर्घटनामा परेको हो । जीप ब्रेक फेल भई सडकबाट करिब ४० मिटर तल खसेको प्रहरी उपरीक्षक पोखरेलले बताए। घाइतेमध्ये चारजनालाई थप उपचारको लागि पाल्पा पठाइएको छ। अन्य घाइते ८ जनाको स्थानीय जोहाङ प्राथमिक स्वास्थ्य केन्द्र गुल्मीमा उपचार भइरहेको छ।
इलाम : इलामको निर्वाचन क्षेत्र नम्बर २ मा सम्पन्न उपनिर्वाचनको मतगणनाका लागि सर्वदलीय बैठक शुरु भएको छ। यसका लागि अहिले सर्वदलीय बैठक राखिएको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए। ‘सबै राजनीतिक दल उम्मेदवारसहित सरोकारवालालाई सर्वदलीय बैठकमा बोलाएका छौँ’, प्रमुख जिल्ला अधिकारी यादवले भने, ‘बैठक सकिएलत्तै हामी मतगणना सुरु गर्छौँ।’ मुख्य निर्वाचन अधिकृत केशव घिमिरेका अनुसार सबै मतदान केन्द्रबाट मतपेटिका इलामस्थित गौतम बुद्ध सभा हलमा ल्याइसकिएको छ। हलका दुई स्थानमा मत गणना हुने छ। मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ। मतगणना स्थलमा तारले घेरेर सीसीटीभी जडान गरिएको छ। सर्वदलीय बैठक पनि मतगणनास्थलमै आयोजना गरिएको प्रमुख जिल्ला अधिकारीले यादवले…
कास्की : बागलुङबाट पोखरा आउँदै गरेको बस शनिवार राति पोखरा महानगरपालिका–२५ हेमजाको भोटे क्याम्पमा दुर्घटना भएको छ। ग १ ख ९२९७ नम्बरको बस मध्यपहाडी राजमार्गमा सडकमा अनियन्त्रित भई दुर्घटना हुँदा १९ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त शर्माले जानकारी दिए। बसमा ३६ जना यात्रु सवार रहेको प्रहरीको भनाइ छ। घाइतेहरुको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। तनहुँबाट रिजर्भका लागि बागलुङ गएको बस पोखरा हुँदै तनहुँ फर्किने क्रममा साँझ ७ः३० बजेतिर दुर्घटनामा परेको थियो।
काठमाडौँ : हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रहेको छ। आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश, मधेस प्रदेश र कोशी प्रदेशका थोरै स्थानहरूमा हावा–हुरीको सम्भावना रहेको छ। आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही देशको…
काठमाडौं : नेपालले दोस्रो टी-२० खेलमा आज वेस्टइन्डिज ए सँग खेल्दैछ । खेल दिउँसो १२ : १५ मा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ । पहिलो खेलमा नेपालले वेस्टइन्डिजलाई ४ विकेटले हराएको थियो । २०५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो । कप्तान रोहित पौडेलले ५४ बलमा १० चौका र ६ छक्कासहित ११२ रन बनाएका थिए । पहिलो खेलको प्रदर्शनले टोलीको मनोबल उच्च छ । तर, रोहित बाहेक अन्य ब्याटरले राम्रो गर्न सकेका थिएनन् । सबै ब्याटरबाट नेपाल भूमिका अनुसार प्रदर्शन चाहन्छ । बलिङमा अभिनाश बोहराले लगातार योर्कर फाल्दै राम्रो प्रभाव छाडेका थिए । पहिलो…
काठमाडाैं : निर्वाचन आयोगले शनिबार सम्पन्न भएको उपनिर्वाचनअन्तर्गत बझाङ जिल्ला साइपाल गाउँपालिकाको ३ स्थानको मतपेटिका नेपाली सेनाको हेलिकप्टरबाट जिल्ला सदरमुकाम चैनपुरमासम्म ल्याउन लागिएको जनाएको छ । निर्वाचन आयोगले आवश्यक सबै साधनबाट आज बिहान १०ः०० बजेभित्र ढुवानी भइसक्ने गरी व्यवस्था मिलाएको जनाएको छ । मतपेटिका मतगणना स्थलमा ल्याइसकेपछि लगत्तै प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन (मतगणना) निर्देशिका, २०७९ र मतगणनासम्बन्धी आयोगबाट भएको निर्देशन बमोजिम मतगणना प्रारम्भ गरिने आयोगले जनाएको छ ।
कैलाली : सत्ता गठबन्धनभित्र किचलो र विवादकाबीच मुख्यमन्त्रीमा नियुक्त भएका नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीले विश्वासको मत पाउने सम्भावना क्षीण हुँदै गएको छ । सोडारीलाई मुख्यमन्त्रीमा समर्थन गर्दादेखि चिढिएको एमाले र नागरिक उन्मुक्ति पार्टीभित्रको आन्तरिक तिक्तकाका कारण एक महिनामै सोडारीको बहिर्गमन हुने सम्भावना बढेको हो । वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका सोडारीले तत्काल नै सरकार विस्तार गरेर विश्वासको मत लिने प्रक्रियामा जाने योजना बनाएका थिए । तर, एमालेले तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेपछि मुख्यमन्त्री सोडारीलाई पहिलो गाँसमै ढुङ्गा लागेको हो । एमालेले विश्वासको मत दिने वा नदिने भन्ने विषयमा भने कुनै निर्णय गरेको छैन ।…
काठमाडौँ : मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ आज तेस्रो लगानी सम्मेलन हुँदैछ । । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने सम्मेलनमा लगानीका निम्ति रु नौ खर्ब बराबरका एक सय ५१ परियोजना प्रस्तुत गरिँदै छन् । नेपाल लगानी बोर्डका अनुसार सम्मेलनमा ५५ भन्दा बढी देशका एक हजार छ सय लगानीकर्ताले भाग लिने छन् । लगानीका निम्ति प्रस्तुत गरिने परियोजनासम्बन्धी विस्तृत विवरणसहितका २३ वटा प्रदर्शनी कक्ष सम्मेलनस्थलमा राखिने छन्भने १९ वटा परियोजनाका लागि आशयपत्र आह्वान गरिने छ । भोलि सोमबार समापन हुने सम्मेलनको पहिलो दिन उद्घाटन सत्र र दुईवटा मुख्य सत्र हुनेछन्…