Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : भगवान् पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा पशुपति क्षेत्र विकास कोषका कर्मचारी अनिल परियारसहित आठ जना रहेका कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । उनले भने, “पशुपतिनाथ मन्दिरमा चढाइएको भेटी चोरी गर्दै गर्दा (सिसि क्यामेरामा हेर्दा) कोषका कर्मचारी परियारसहित आठ जनालाई पक्राउ गरी छानबिनका लागि अहिले प्रहरी वृत्त गौशाला पठाइएको छ ।” परियार पशुपतिमा बाजा बजोउने कर्मचारी रहेको र पक्राउ परेका उनले कोषकै केही पदाधिकारीले भेटी चोरी गर्न लगाएको बयान दिएको प्रवक्ता अधिकारीले बताए ।

Read More

धनगढी : कैलालीमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । सोमबार दिउँसो हावाहुरी, असिना पानी र चट्याङ पर्दा घोडाघोडी नगरपालिका-९ की १५ वर्षिया बालिका ममता बिकको मृत्यु भएको हो । कालिका माध्यामिक विद्यालयको कक्षा ८ मा अध्ययरत ममता स्थानिय पसलबाट नुन लिएर घर जदैगर्दा चट्याङ लागेको थियो ।

Read More

काठमाडौं : दुई व्यक्तिको हत्यासँगै श्रृंखलाबद्ध चोरी, डकैतीमा संलग्न रहेको आरोप लागेका एक व्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । सखुवा प्रसौनाी गाउँपालिका–५, बलुवाका ७२ वर्षीय प्रेम गिरीलाई प्रहरीले आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, पर्साका एसपी कुमोध ढुंगेलले बताए । उनका अनुसार, गिरी २२ असोज २०६५ मा जिल्ला प्रशासन कार्यालयका पर्साका तत्कालीन शाखा अधिकृत मोहनप्रसाद मैनालीको गोली हानी भएको हत्यामा संलग्न थिए । त्यस्तै, १२ भदौ २०५७ मा मध्यराति पर्साको तत्कालीन विन्दवासिनी गाविस–४ बस्ने ३० वर्षीय देवेन्द्र यादवको घरमा भएको डकैतीमा पनि उनी संलग्न थिए । त्यसक्रममा उनीसहितको समूहले गोली हानेर देवेन्द्रप्रसाद यादवको हत्या गरेको थियो । १९ फागुन…

Read More

धनगढी: धनगढीकी लेडी डा. प्रसन्ना शाहको आत्महत्या दुरुत्साहन मुद्दामा जेल गएका डाक्टर जेलमुक्त भएका छन्। डाक्टर सन्दीप भट्टराई हिजो (आइतबार) जेलमुक्त भएका हुन्। कैलालीका जेलर दिपक पाण्डेले भट्टराई कैद भुक्तान सकेर हिजो रिहा भएको महेन्द्रनगरपोष्टलाई जानकारी दिए। उनका अनुसार उनले अदालतले तोकेको कैद भुक्तान गरेपछि छुटेका हुन्। भट्टराईलाई जिल्ला र उच्च अदालतको आदेशले कारागार चलान गरिएको थियो। गत वर्षको जेठ ४ गते धनगढीमा डा. प्रसन्ना मृत भेटिएको घटनामा उनका प्रेमी भनिएका भट्टराईलाई कारागार चलान गरिएकाे थियो। धनगढीको मायामेट्रो अस्पतालमा कार्यरत २६ वर्षीया डा. प्रसन्ना आफ्नै घरकाे काेठामा मृत भेटिएकी थिइन्। त्यसपछि प्रेमी भनिएका भट्टराई र अर्का एकजना पूर्व प्रेमीविरुद्ध आत्महत्या…

Read More

काठमाडौं: करिब ४ वर्षदेखि मलेसिया गएर परिवारबाट सम्पर्कविहीन रहेका बैतडीका शमशेर चन्द सम्पर्कमा आएका छन्। वैदेशिक रोजगारका लागि मलेसिया गएका चन्द परिवारको सम्पर्कमा आएका हुन्। हालै उनी सम्पर्कमा आएको उनकी दिदी पार्वती चन्दले जानकारी दिइन्। पार्वती कञ्चनपुरको दोधारा चाँदनी वडा नम्बर ६ मा बसोबास गर्छिन्। शमशेर चन्द बैतडीको दशरथ चन्द नगरपालिका ४ चने जर्कका हुन्।

Read More

धनगढी: कैलालीको धनगढीमा एक जनाको रुखबाट लडेर घाइते भएपछि उपचाररत अवस्थामा मृत्यु भएको छ। आज (सोमबार) धनगढी उपमहानगरपालिका-१४फुलवारी बस्ने ८७ वर्षीय धनबहादुर लिम्बुको मृत्यु भएको हो। प्रहरीका अनुसार घर नजिकै बाँस काट्ने क्रममा बाँसको झ्याङबाट लडेर गम्भिर घाईते भई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढीमा डाक्टरले चेकजाँच गर्दा उनको मृत्यु भएको हो। यस्तै उता, बाजुराको बडिमालिका नगरपालिका-६ बुढाकोर्ध बस्ने ४५ वर्षीया धौली बडुवाल आफ्नै घरभित्र मृत अवस्थामा फेला परेकी छ्न्। आज उनी मृत फेला परेकोमा यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बाजुराबाट आवश्यक अनुसन्धान भईरहेको छ बताइएको छ।

Read More

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका-१८ का वडाध्यक्ष भुवन रिजालविरुद्ध किटानी जाहेरी परेको छ । सोही वडाका पूर्व वडाध्यक्ष मुरारी अधिकारीले रिजालसहित ३ जनाविरुद्ध जाहेरी दिएका हुन । आफ्नो चरित्र हत्या गरेको भन्दै वडाध्यक्ष रिजाल, नेकपा एमाले कैलालीका जिल्ला सदस्य कृष्णकुमार पाण्डेय र सुरेश परियारविरुद्ध जाहेरी दिएका छन । उनिहरु विरुद्ध आइतबार जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी परेको छ । अधिकारीलाई फूलबारीको एक बस्ती अवैध तरिकाले बिक्री गरि १२ लाख कमिसन खाएको र वडा कार्यालयबाट सिफारिस बनाएको आरोप लाग्दै आएको छ ।

Read More

धनगढी: कैलालीको खानीडाँडामा पिकनिक गएका प्राध्यापकहरुको लफडा प्रहरीमा पुगेर मिलेको छ। जिल्लाको घोडाघोडी बहुमुखी क्याम्पसका प्राध्यापकहरुको शनिबार खानीडाँडा पिकनिकमा गएका बेला लफडा भएको थियो। सोही क्रममा एक जनाले आफूलाई कुटपिट भएको भन्दै सुखड प्रहरीमा हिजो ४ जनाविरुद्ध उजुरी गरेका थिए। तर उनीहरू आफैं मिलेर गएकाले मुद्दा दर्ता नभएको र उपचार गर्ने गराउने शर्तसहित मिलापत्र गरिएको इलाका प्रहरी कार्यालय सुखडका डीएसपी दिपेन्द्र पालले बताए। उनका अनुसार हिजो उनीहरू आफैं मिलेर गएका हुन्। अस्ति पिकनिकका लागि खानीडाँडा पुगेका प्राध्यापकहरूको बिचमा बिवाद भएपछि कुटाकुटको स्थितिसम्म पुगेको थियो। घोडाघोडी क्याम्पसका प्राध्यापक विकास गौतमले आफू खाईरहेको बेला तारानगरका लेखापाल कमल बडुवालले आक्रमण गरेको जनाएका थिए। घोडाघोडी…

Read More

धनगढी : एमाले नेता भीम रावलले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई गिरफ्तार गर्न माग गरेका छन् । उनले राज्यका सूचना बेच्नु देशद्रोह भएको बताउदै थापालाई तत्काल गिरफ्तार गरि कानुनी कारबाही अगाडि बढाउन माग गरेका हुन । संसदमा गृहमन्त्री रवि लामिछानेले लगाएको आरोप गम्भीर भएको बताउदै थापालाई गिरफ्तार नगरे उनी पनि देशद्रोहीका मतियार ठहरिने बताएका छन । यस्तो छ उनको प्रतिक्रिया !राज्यका सूचना बेच्नु देशद्रोह हो।यसरी सूचना नेपाली कांग्रेसका महामन्त्री, सांसद गगन थापाले बेचेको गम्भीर आरोप गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेले लगाएका छन्।यस्तो देशद्रोह गगन थापाले गरेको भनी गृहमन्त्रीले संसदमा नै घोषणा गरेकोले थापालाई गिरफ्तार गरी तत्काल कानूनी कार्वाई गरियोस्।…

Read More

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले गिरीबन्धु टी–स्टेटझैं जग्गाको हदबन्दी छुट र सट्टाभर्ना पाउनुपर्ने भन्दै निवेदन दिएका एक सय बढी कम्पनीको नाम सार्वजनिक गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत आज केपी ओली ट्रस्टसहित १०१ कम्पनीको नाम सार्वजनिक गरेका हुन् ।  गिरीबन्धुलाई जग्गा सट्टाभर्ना गर्न दिने भनेपछि अन्य १०१ कम्पनीले त्यसैगरी हजारौं बिगाहा जमिन बेच्न पाउनुपर्ने माग गर्दै निवेदन दिएको उनको दाबी छ । ती कम्पनीलाई हदबन्दीमा छुटको नीतिगत निर्णय गर्दा ५० खर्बसम्मको खेलोफड्को हुने उनको भनाइ छ ।  लेखेका छन्, ‘गिरीबन्धुलाई जग्गा सट्टाभर्ना गर्दै बेच्न दिने भनेपछि अरु एक सय बढी कम्पनीले गिरीबन्धु जसरी नै हदबन्दी छुट…

Read More