काठमाडौं: नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीद्वारा एकिन्द्र कुँवर सम्मानित भएका छन्। उनलाई हिजो राजधानीमा आयोजित एमाले पर्यटन विभागको कार्यक्रममा सम्मान गरिएको हो।
महाराजगञ्जस्थित अमेरिकी राजदूतावास नजिकैको रोयल दरबार रेष्ट्रोमा एमाले नेता भीम आचार्य प्रमुख रहेको पर्यटन विभागले पुस्तक विमोचन तथा सम्मान कार्यक्रम आयोजना गरेको थियो। सोही कार्यक्रममा कुँवरलाई ओलीले सम्मान गरेका हुन्।
ओलीले मस्टो आउटडोर्स प्रालिका संचालकसमेत रहेका कुँवरलाई नेपालको राफ्टिङ पर्यटनमा महत्वपूर्ण योगदान गरिरहेको भन्दै सम्मान गरेका हुन्। सम्मानपछि कुँवरले प्रतिक्रिया दिदै आफ्नो फेसबुकमा-भ्रममा नपर्नुहोला फेसबुकमा ओली प्रवृतीको रचनात्मक आलोचना गरेबापत होइन, नेपालको राफ्टिङ पर्यटनमा महत्वपूर्ण योगदान गरिरहेको मस्टो आउटडोर्स प्रालिको संचालकका हैसियतले अध्यक्ष कम्रेड ओलीबाट सम्मान पत्र ग्रहण गर्दै गरेको हो भनेर लेखेका छन्।
एमाले नेता भीमबहादुर रावल निकट मानिने कुँवर ओलीका कटु आलोचककारुपमा परिचित छन । लामो समय पत्रकारिता गरेका कुँवर कुनै बेला प्रेस चौतारी नेपालको केन्द्रिय सदस्य थिए ।