Author: महेन्द्रनगर पोष्ट

धनगढी: केही समय अगाडि दुई जना एसपी जिल्ला कमाण्ड गर्दागर्दै तानिए। यसरी तानिनेमा इलामका तत्कालीन एसपी वासुदेव खतिवडा र सिरहाका एसपी सन्तोष आचार्य रहेका छन्। खतिवडा सरुवा भएको तीन महिना नपुग्दै त्यहाँबाट तानिएका हुन्। सिरहाका एसपी आचार्य पनि केही महिनामै तानिएका हुन्। उनीहरू तानिएपछि जिल्ला प्रहरी कार्यालय इलामको प्रमुखमा प्रभु ढकालको काज सरुवा गरिएको छ। उनले त्यहाँ पुगेर कार्यभार सम्हालिसकेका छन्। यस्तै, सिरहामा एसपी रमेश पण्डितको काज सरुवा गरिएको छ। त्यसअघि प्रहरी मुख्यालयले सिन्धुलीको एसपीमा गोविन्दराज काफ्लेको पनि काज सरुवा गरेको थियो। त्यहाँ कार्यरत एसपी विनोद शर्मालाई प्रहरी प्रधान कार्यालयमा तानिएको थियो। उनीमाथि आर्थिक अनुशासन कायम नराखेको आरोप थियो। बेलाबेला बिनाकारण…

Read More

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल र नेपालका लागि रोमानियाकी राजदूत डेनिएला मारियाना सेजोनोभ टेने बीच भेटवार्ता भएको छ। भेटमा रोमानिया र नेपालबीच श्रमलगायत आपसी हितका विषयमा छलफल भएको थियो। छलफलका क्रममा श्रममन्त्री अर्यालले रोमानिया र नेपाल सरकारबीच श्रमसम्बन्धी समझदारी समेत भइसकेको र भिसाका लागि भारत जानु पर्दा नेपालीहरुलाई आर्थिक व्ययभार बढ्ने बताए। नेपालबाट नै रोमानियाको भिसा प्रदान गर्ने व्यवस्था मिलाइदिन उनले राजदूतसँग आग्रह गरे। त्यस्तै, श्रम सचिव घनश्याम उपाध्यायले नेपाली सवारी चालक अनुमतिपत्रलाई रोमानिया सरकारले समेत मान्यता दिन अनुरोध गर्दै रोमानियामा माग हुने रोजगारका क्षेत्रहरु अनुकूल हुने गरी नेपाली श्रमिकको सीप विकासका लागि सहकार्य गर्न…

Read More

विराटनगर : प्रहरीले भारत लैजाँदै गरेको २५० किलो गाँजासहित एक जना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–१७ आईसीपी रोडबाट मंगलबार राति साढ ११ बजेतिर काँचो केरा लोड गरिएको प्रदेश १–०२–०२ च ६३३१ नम्बरको पिकअप भ्यानबाट गाँजा बरामद भएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख, एसपी नवराज कार्कीले बोरामा प्याक गरेर पिकअपको पछाडि ढालामा राखिएको अवस्थामा गाँजा बरामद भएको जानकारी दिए । प्रहरीले पिकअपलाई नियन्त्रणमा लिएर चालक धनकुटाको शहीदभूमि गाउँपालिका–३ का १८ वर्षीय दिवस राईलाई पक्राउ गरेको छ ।

Read More

काठमाडौँ : दोलखामा मलामी बोकेको गाडी दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।  मेलुङ गाउँपालिकाको भटमासेमा बुधबार बिहान बागमती प्रदेश ०१०२६ च ९८१३ नम्बरको बोलेरो गाडी दुर्घटना भएको हो । घटनास्थलमा अहिले स्थानीय र प्रहरीले उद्धार कार्य जारी राखेका छन् । यसबारे थप विवरण आउन बाँकी छ । 

Read More

काठमाडौं : नेकपा एमालेका नेता भीम रावलले अब आफू एमालेमै बसिरहने सम्भावना कम रहेको बताएका छन् । मंगलबार एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै उनले पार्टी छाड्ने आफ्नो मन नभए पनि नेतृत्वको व्यवहारले पार्टीमै बसिरहने वातावरण नरहेको बताएका हुन् । उनले अझै पनि आफ्नो पहिलो प्राथमिकता एमाले नै भएको बताउँदै आफूलाई पार्टीमै बसिरहने वातावरण नरहेको टिप्पणी गरे । उनले सो अन्तर्वार्तामा पार्टी अध्यक्ष केपी शर्मा ओलीको कडा आलोचना पनि गरेका छन् । अहिले आफूलाई पार्टीका औपचारिक कार्यक्रमहरूमा पनि निषेध गरिएको उनको आरोप छ ।

Read More

काठमाडौ : निर्वाचन सम्पन्न भएको दुई वर्षपछि तनहुँको व्यास नगरपालिकाको पुनः मतगणना हुने भएको छ । उच्च अदालत पोखराले पुनः मतगणनाको आदेश दिएको हो । उक्त निर्वाचनमा जोशी नेपाली कांग्रेसका उम्मेदवार वैकुण्ठनाथ न्यौपानेसँग पराजित भएका थिए । त्यसपछि उनले अदालतमा रिट दायर गरेका थिए । अदालतले निवेदकको दाबी पुग्ने भन्दै पक्षमा अन्तिम फैसला गरेको छ । मतगणनामा धाँधली भएको दाबीसहित जोशीले २०७९ साल १२ जेठमा हालेको रिटमा मुख्य निर्वाचन अधिकृतको कार्यालय तनहुँ, जिल्ला निर्वाचन कार्यालय तनहुँ, निर्वाचन आयोग र निर्वाचित नगर प्रमुख वैकुण्ठ न्यौपानेलाई विपक्षी बनाएका थिए ।  निवेदक जोशीले कतिपय मतदान केन्द्रमा घोषणा गरिएको भन्दा बढी मतगणना भएको र…

Read More

धनगढीः कैलालीमा मोटरसाईकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ। मोटरसाईकलले पैदलयात्री कैलालीको गौरीगंगा नगरपालिका १ का लालबहादुर बोहराको छोरा अन्दाजी ९ वर्षीय युबराज बोहरालाई ठक्कर दिँदा मृत्यु भएको हो। गौरीगंगा नगरपालिका १ गोप्का स्थित बाँकको नेपालगंज ७ का २६ वर्षीय शैलेन्द्र श्रेष्टले चलाएको बा.प्र.०२–०२८ प ४४६० नम्बरको मोटरसाईकलले मंगलवार दिउँसो उनलाइ ठक्कर दिएको हो । गम्भिर घाईते भएका बालकको उपचारको क्रममा माया मेट्रो अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले बताएको हो। मोटरसाईकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।

Read More

काठमाडौँ : क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबरजस्ती करणीसम्बन्धी मुद्दामा आज पनि सुनुवाइ हुने भएको छ । उच्च अदालत पाटनमा  जारी बहस नसकिएपछि मंगलबार  हेर्दाहेर्दैमा राखिएको थियो । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बहस भइरहेको छ । न्यायाधीशद्वयले यो मुद्दामा हिजो बहस सक्नुपर्ने भन्दै वरिष्ठ अधिवक्ताहरूलाई समेत बहसमा समय निर्धारण गर्दै कडाइ गरे पनि बहस पूरा हुन सकेन । बहस नसिकएपछि हेर्दाहेर्दै आजका लागि पेशी राखिएको हो। जिल्ला अदालत काठमाडौँले लामिछानेलाई बलात्कारमा दोषी ठहर गर्दै ८ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो । उक्त फैसलामा चित्त नबुझाउँदै सरकार र लामिछाने दुवै उच्च अदालत पाटन आएका थिए ।

Read More

दाङ : पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु भएको छ । बबई नदीमा पौडी खेल्ने क्रममा बबई गाउँपालिका–७ ओदाले घाटमा डुबेर दाजुभाइको मृत्यु भएको हो । भारतबाट फूपूको घरमा आएका १८ वर्षीय दीपक परियार र १६ वर्षीय दिपेश परियारको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक अजयजङ्ग थापाले बताए । दीपकको उपचारका क्रममा प्रादेशिक अस्पताल तुलसीपुरमा र दिपेशको घटनास्थलमै मृत्यु भएको हो । मृतकका परिवार कामको सिलसिलामा भारत बस्ने गरेका थिए ।

Read More

काठमाडौं । नेपाल प्रहरीका ६४ जना प्रहरी नायव निरीक्षकलाई वरिष्ठ नायव निरीक्षक पदमा बढुवा गर्न सिफारिस गरिएको छ । मंगलबार बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार जनपद प्रहरी समूहतर्फका सईलाई बरिष्ठ सईमा बढुवा सिफारिस गरिएको हो। प्रहरी प्रधान कार्यालयका अनुसार बढुवा सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) अनुसार प्रकाशित गरिएको छ । बढुवा सुचिको पहिलो नम्बरमा डम्बर बहादुर थापा छन् । cn_695Download

Read More