Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : प्रहरी प्रधान कार्यालयले प्रहरी सहायक हवल्दारहरुको बढुवा तथा पदस्थापन गरेको छ । प्रधान कार्यालयको मानवस्रोत विकास विभागका अनुसार प्रहरी जवानबाट प्रहरी सहायक हवल्दारमा बढुवा सिफारिस भएका २९३ जनालाई बढुवा तथा पदस्थापन गरेको हो ।बढुवा सूचीः Download

Read More

काठमाडौं : करिब ६ किलो सुन र ४८ लाख रूपैयाँ नगदसहित चिनियाँ नागरिक पक्राउ परेका छन्। गएराति काठमाडौंको कपनबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले चिनियाँ नागरिकलाई सुन र नगदसहित पक्राउ गरेको हो। बरामद गरिएको सुन अन्दाजी ६ किलो रहेको र नापजाँच बाँकी नै रहेको प्रहरीको उच्च स्रोतले जानकारी दिएको छ। सुनको नापजाँच बाँकी रहेकाले सिआइबीले सुन र पक्राउ परेका व्यक्तिबारे प्रहरीले केही खुलाएको छैन।

Read More

काठमाडौं : प्रहरी प्रधान कार्यालयले प्रहरी सहायक हवल्दारहरुको बढुवा तथा पदस्थापन गरेको छ । प्रधान कार्यालयको मानवस्रोत विकास विभागका अनुसार प्रहरी जवानबाट प्रहरी सहायक हवल्दारमा बढुवा सिफारिस भएका २९३ जनालाई बढुवा तथा पदस्थापन गरेको हो ।

Read More

तनहुँ : तनहुँमा जंगली च्याउ खाँदा पाँच जना बिरामी परेका छन् । आँबुखैरेनी गाउँपालिका-६ हिलेखर्कका ५४ वर्षीय डिलबहादुर गुरुङले नजिकै रहेको जंगलबाट ल्याएको च्याउ खाँदा पाँच जना बिरामी भएका हुन्। बिरामी हुनेमा गुरुङसहित ५७ वर्षीया मधु गुरुङ, ९२ वर्षीय रणबहादुर गुरुङ, ८५ वर्षीया द्रोणपती गुरुङ र ५८ वर्षीया पम्फी गुरुङ रहेका छन्। उनीहरूको नयाँ मेडिकल कलेज भरतपुर चितवन र आबुखैरेनी अस्पताल तनहुँमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

Read More

कञ्चनपुर : कञ्चनपुरमा एक बोर्डिङ स्कुलको भवनमा आगलागी भएको छ। लालझाडी गाउँपालिका-४ जाईमा रहेको भृकुटी बोर्डिङ स्कुलको भवनमा आइतबार आगलागी भएको हो। आगलागी हुँदा फर्निचर, पंखा, बोर्ड लगायतका सामान गरी अन्दाजी २ लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। आगलागी सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

Read More

काठमाडौं : ट्यांकर व्यवसायीहरूका विभिन्न संघ संस्थाको विरोधका कारण काठमाडौं उपत्यकामा पेट्रोल अभाव देखिएको छ। थानकोटबाट आउने पेट्रोल ट्यांकर व्यवसायीहरूले रोकेसँगै उपत्यकामा पेट्रोलको अभाव भएको हो। शनिबारदेखि नै ट्यांकर चालकले विभिन्न माग राख्दै आन्दोलन गरिरहेका छन्। यसै कारण पेट्रोलियम पदार्थ अभाव देखिएको हो। चालकहरूले पेट्रोलियम पदार्थ बोक्ने ट्यांकर नचलाएका कारण पेट्रोलियम पदार्थ पम्पहरूसम्म पुग्न सकेको छैन। नेपाल पेट्रोलियम ट्यांकर चालक संघले सातबुँदे माग राख्दै शनिबारदेखि आन्दोलन थालेको हो। संघले एक विज्ञप्ति जारी गर्दै शनिबार कालोपट्टि बाँधेर, आइतबार गाडीमा कालो झन्डा राखेर र सोमबार पूर्ण रूपमा काम छाडेर ट्यांकरको साँचो नै सवारीधनीलाई हस्तान्तरण गरेर विरोध गर्ने जनाएको छ। आफूहरूले लामो समयदेखि…

Read More

धनगढीः कैलालीको धनगढीमा मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका-१४ डी गाँउमा से ५ प ६१६० नम्बरको मोटरसाईकलको ठक्करबाट सोही ठाउँ बस्ने ७४ वर्षीय पैदल यात्री चित्रबहादुर सुनारको आइतवार मृत्यु भएको हो। मोटरसाईकलको ठक्करबाट गम्भिर घाईते भएका सुनारलाई उपचारको लागि निसर्ग अस्पताल धनगढी लगिएकोमा डाक्टरले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। मोटरसाईकल र मोटरसाइकल चालक कैलारी गाउँपालिका-८ का ५४ वर्षीय सुरेश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

Read More

धनगढीः कैलालीबाट चेक अनादर र वन मुद्दाका २ जना फरार दोषी पक्राउ परेका छन्। बिना इजाजत वन पैदावार ओसार पसार मुद्दामा ८ हजार ६५५ जरीवाना तोकिएको बर्दगोरिया गाउँपालिका–५ बस्ने ३६ वर्षीय महाबिर बिक र चेक अनादर मुद्दामा १ हजार जरीवाना तोकीएको कञ्चनपुरको पुनर्वास नगरपालिका–१ का ४१ वर्षीय सोमबहादुर तामाङ पक्राउ परेका छन्। जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले जरीवाना ठहर भई फरार रहेका दुुबै जनालाई आइतवार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ।

Read More

काठमाडौं: आइसिसी टी-२० विश्वकपमा नेपाल जितविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। सोमबार समूह ‘डी’ को अन्तिम खेलमा बंगलादेशसँग २१ रनले पराजित भएसँगै नेपाल जितविहीन भएको हो। बंगालदेशले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाउँदै ८५ रन मात्रै बनाउन सक्यो। नेपालका कुशल मल्लले सर्वाधिक २७ रन बनाए। दीपेन्द्रसिंह ऐरी २५ र आसिफ शेख १७ रनमा आउट हुँदा नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्। बंगलादेशका तनजीम हसन साकिबले सर्वाधिक चार विकेट लिए। मुस्तफिजुर रहमानले तीन, शाकिब अल हसनले दुई र तस्किन अहमदले एक विकेटट लिए। जितसँगै बंगलादेश चार खेलबाट ६ अंक जोड्दै सुपर ‘एट’मा पुगेको छ। नेदरल्यान्ड्ससँग…

Read More

काठमाडौँ : समूह चरणका तीन खेलमा पराजित हुँदै नेपालको आईसीसी टी-२० विश्वकपको यात्रा समाप्त भएको छ। १४ वर्षपछि विश्वकप खेलेको नेपाल अन्तिम खेलमा बंगलादेशसँग २१ रनले पराजित हुँदै विश्वकपको यात्राबाट बाहिरिएको हो। पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको नेपालको श्रीलंकासँगको दोस्रो खेल भने वर्षाका कारण रद्द भएको थियो। तेस्रो खेलमा नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको थियो। नेपालविरुद्ध जित हासिल गरेपछि बंगलादेश सुपर ८ मा पुगेको छ। नेपाल रहेको समूहबाट दक्षिण अफ्रिका शीर्ष र बंगलादेश दोस्रो स्थानमा रहँदै सुपर ८ मा पुगेका छन्। नेपालविरुद्धको जितसँगै बंगलादेशले सन् २००९ पछि सबैभन्दा कम योगफल तयार पारेर पनि जित निकाल्ने टोली…

Read More