Author: महेन्द्रनगर पोष्ट

धनगढी: सुक्खा पहिरोले बझाङको जयपृथ्वी राजमार्ग पुनः अवरूद्ध भएको छ। छबिसपाथिभेरा गाउँपालिका–१ जालेबगर नजिकै बालुवाटारमा शनिबार दिउँसो ढुंगासहितको पहिरो खसेको थियो। साँझ पहिरो पन्छाएर सडक खुलाए पनि राति ठूला ढुंगासहितको पहिरो खसेर राजमार्ग पुनः अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र सिंहले जानकारी दिए। सडक विभागको समन्वयमा पहिरो पन्छाउने प्रयास भए पनि ढुंगासहितको पहिरो झर्ने क्रम नरोकिएकाले समस्या भएको छ। राजमार्ग अवरुद्ध भएसँगै लामो तथा छोटो दूरीका सवारीसाधन सडकमै रोकिएका छन्। राजमार्गका ठाउँठाउँमा सुक्खा पहिरो खस्दा दुई सातादेखि पटकपटक अवरुद्ध भइरहेको सिंहले बताए।

Read More

काठमाडौं: नेपाल प्रहरीले विभिन्न पदका १२ जना कर्मचारीलाई ७ दिनभित्र हाजिर निर्देशन दिएको छ।प्रहरी प्रधान कार्यालयले आइतबार सूचना जारी गर्दै सम्पर्कमा नरहेका १२ जना कर्मचारीलाई सात दिनभित्र लिखित जवाफसहित हाजिर हुन निर्देशन दिएको हो। आफूखुसी कार्यालयमा गैर हाजिर रहेको र खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावली, २०७१ को नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत सम्पर्कमा नआएका कारण कार्यालयले उनीहरुलाई स्पष्टीकरण सोधेको बताइएको छ। कार्यालयले सन्तोषजनक स्पष्टिकरण जवाफसहित ७ दिनभित्र हाजिर हुन नआएमा आवश्यक कारबाहीको चेतावनी समेत दिएको छ।

Read More

धनगढीः कैलालीमा एक पुरुषको जुवा खालबाट भाग्ने क्रममा भीरबाट लडेर मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका–१२ का ४५ वर्षीय करन बिकको भीरबाट लडेर मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय मालाखेतीका निमित्त इन्चार्ज प्रहरी निरीक्षक दानसिंह भण्डारीका अनुसार जुवाखालबाट भाग्ने क्रममा बिकको भीरबाट लडेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। ‘घटना शुक्रबार राति १० देखि ११ बजेको हो,’ उनले भने, ‘स्थानीय १० जना प्रकाश साउँदको किराना पसलमा जुवा खेलिरहेका रहेछन्। सोही क्रममा प्रहरीको टोली देखेपछि सबै जना भागेका थिए।’ प्रहरी निरीक्षक भण्डारीका अनुसार प्रहरी देखेर भाग्ने क्रममा बिक लडेको कुरा अनुसन्धानबाट खुल्न आएको छ। ‘शनिबार उनी वडा नम्बर १२ कै कोल्मोडास्थित…

Read More

धनगढीः कैलालीको धनगढीमा १३ जना जुवाडे पक्राउ परेका छन्। उपमहानगरका दुई स्थानबाट १३ जनालाई पक्राउ गरिएको कैलाली प्रहरीले जनाएको छ। आइतबार बिहान धनगढी उपमहानगरपालिका–९ बङग्राकटानस्थित खेतबारीमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँका ३४ वर्षीय हरि बिष्टसहित सात जनालाई पक्राउ गरिएको छ। उनीहरुको साथबाट २८ हजार पाँच सय ६० रुपैयाँ बरामद गरिएको छ। यस्तै आइतबार बिहान तीन बजेको समयमा धनगढी उपमहानगरपालिका–७ बेलिबजारस्थित महेश चौधरीको घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरिएको छ। सोही ठाउँ बस्ने २९ वर्षीय हिक्मत थापासहित ६ जनालाई ६४ हजार दुई सय ३५ रुपैयाँसहित पक्राउ गरिएको हो।

Read More

कञ्चनपुरः कञ्चनपुरमा एक महिलाको पर्खालमा च्यापिएर घटनास्थलमै मृत्यु भएको हो। जिल्लाको भीमदत्त नगरपालिका–१९ बागफाँटाकी ७० वर्षीया केतुका रानाको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको घरको आँगनमा पर्खाल भत्कीएर च्याँपिदा मृत्यु भएको हो।

Read More

धनगढीः कैलालीको धनगढीमा लागूऔषधसहित तीन जना पक्राउ परेका छन्। धनगढी उपमहानगरका तीन स्थानबाट तीन जनालाई पक्राउ गरिएको हो। वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोली उपमहानगरपालिकाको वडा नम्बर १ शिवनगरबाट २१ वर्षीय अर्जुन बोगटीलाई पक्राउ गरेको छ। उनको साथबाट पाँच सय ५० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ। यस्तै वडा प्रहरी कार्यालय धनगढीले नै धनगढी उपमहानगरपालिका–५ बाट १८ वर्षीय एक किशोरलाई पक्राउ गरेको छ। उनको साथबाट पाँच् सय ४० मिलिग्राम खैरो हेरोइन र १५ ट्यावलेट ट्राबेन्डाटोल बरामद गरिएको छ। यस्तै, अस्थायी प्रहरी पोष्ट बसपार्कले बसपार्क क्षेत्रबाटै दीपायल सिलगढी नगरपालिका–५ बस्ने २४ वर्षीय प्रदिप धोवीलाई पक्राउ गरेको छ। उनको साथबाट ७०…

Read More

कञ्चनपुर: नेकपा एमालेले कञ्चनपुरले भीमदत्त नगरपालिका–६ को अध्यक्षमा प्रतिस्पर्धा गर्ने उम्मेदवार टुंगो लगाएको छ। उपचुनावमा नेकपा एमालेको तर्फबाट बहादुर चन्द प्रतिस्पर्धा गर्ने भएका छन्। नेकपा एमाले कञ्चनपुरको सचिवालय बैठकले उपचुनावमा चन्दलाई वडाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको अध्यक्ष लक्ष्मी बुढाले बताइन्। एमालेको वडा कमिटीले चन्द र राजेन्द्र आग्रीको नाम सिफारिस गरेको थियो। भीमदत्त नगर कमिटीले सिफारिस गर्दा आग्रीले चन्दलाई समर्थन गरेका थिए। त्यसपछि चन्दलाई सर्वसम्मत अध्यक्ष उम्मेवारको रुपमा प्रस्तुत गरिएको अध्यक्ष बुढाले बताइन्। एमालेका उम्मेवार चन्द शिक्षक पृष्ठभूमिबाट राजनीतिमा आएका हुन। भीमदत्त नगरपालिका–६ स्थित शान्ति निकेतन माध्यमिक विद्यालयमा ४ दशक बढि अध्यापन गराएका चन्द अहिले वडाध्यक्षको दौडमा उत्रिएका छन्।

Read More

धनगढीः कैलालीमा एकजना मृत अवस्थामा फेला परेका छन्। जिल्लाको गोदावरी नगरपालिका–१२ ओलानीस्थित कोल्मोडाको छोट्यास कुलोमा ४५ वर्षीय करन बिक मृत फेला परेका हुन्। उनी शनिवार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

Read More

डोटी: जिल्लास्थित कृषि ज्ञान केन्द्रले बडिकेदार गाउँपालिका र जोरायल गाउँपालिकामा ‘किबी क्षेत्र विस्तार’ कार्यक्रममार्फत किबीखेती विस्तार गर्न थालेको छ। दिपायल सिलगढी नगरपालिका तथा आदर्श र बोगटान फुड्सिल गाउँपालिकामा ‘हिउँदे फलफूल क्षेत्र विस्तार’ कार्यक्रममार्फत किबीखेती विस्तार थालिएको हो। किबीका बोटबाट २५ वर्षभन्दा लामो समयसम्म आम्दानी लिन सकिने भएकाले यहाँका किसानलाई यसतर्फ आकर्षित गर्न ‘किबी क्षेत्र’ र ‘हिउँदे फलफूल क्षेत्र’ विस्तार कार्यक्रम सञ्चालन गरिएको केन्द्रका प्रमुख गङ्गादत्त अवस्थीले जानकारी दिए। दिपायल सिलगढी नगरपालिका–६ का हेमबहादुर मल्लले नौ वर्ष पहिले नौ वटा किबीका बोट लगाएका थिए। तत्कालीन समयमा हालको कृषि ज्ञान केन्द्रको सहयोगमा किबीखेतीको सुरुआत गरेको उनले बताए। दुई रोपनी क्षेत्रफलमा नौ बोट…

Read More

धनगढीः कञ्चनपुरको लालझाडी गाउँपालिका–१ बिनवारीका ४५ वर्षीय रमेश बडायक र उनकी ४१ वर्षीया श्रीमती कमलाको हत्या प्रकरणको अनुसन्धान जारी छ। प्रहरीको उक्त प्रकरणको अनुसन्धान नतिजा नजिक पुगेको दाबी गरेको छ। घटनाको अनुसन्धानका लागि कञ्चनपुरका डीएसपी उमेश जोशी र प्रदेश प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुरसहितको टोली शुक्रबार बिहानदेखि खटिएको थियो। यस्तै प्रहरी निरीक्षक (इन्सपेक्टर)को नेतृत्वमा अर्को टोली पनि परिचालन गरिएको छ। नेपाल प्रहरी प्रदेश कार्यालय, महेन्द्रनगरका प्रमुख एसएसपी दिलिप देउवाका अनुसार  इन्सपेक्टर व्यापक शाहको नेतृत्वमा अर्को टोली पनि खटाइएको हो। घटनाको विषयमा बडायक दम्पतीका छोराको बयान पनि लिइएको उनले बताए। यस्तै अर्को कुकुर टोली पनि अनुसन्धानमा पुनः खटाइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलका…

Read More