काठमाडौं : नेपालले आईसीसी टी–२० विश्वकप २०२४ मा मंगलबार नेदरल्याण्ड्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार राति अमेरिकाको डालसमा ९ : १५ मा ग्राड प्रेरी क्रिकेट रंगशालामा सुरु हुनेछ । नेपाल नेदरल्याण्ड्सलाई हराउँदै शानदार सुरुवात गर्न चाहन्छ । विश्वकप हुँदा नेपालले आफ्नो उत्कृष्ट प्लेइङ–११ मैदान उतार्नेछ । कप्तान रोहित पौडेल र प्रशिक्षक मोन्टी देशाईलाई आफ्नो प्लेइङ ११ निर्धारण गर्न खासै कठिन हुनेछैन । किनभने पछिल्लो एक वर्षमा नेपालले आफ्नो उत्कृष्ट प्लेइङ ११ पत्ता लगाउन सम्भावित सबै परीक्षण गरेको छ । तयारी खेलमा क्यानडाविरुद्ध खेलबाट नेपालको टोलीमा एक परिवर्तन पक्का छ । घाइते दीपेन्द्रसिंह ऐरी क्यानडासँग खेल खेलेका थिएनन् । तर…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौँ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वाराणसी निर्वाचन क्षेत्रबाट ह्याट्रिक जित हात पारेका छन् । भारतीय राष्ट्रिय कांग्रेसका उम्मेदवार अजय रायलाई डेढ लाखभन्दा बढी मतले हराउँदै मोदी वाराणसीबाट तेस्रोपल्ट सांसद चुनिएका हुन् । मोदीले ६ लाख १२ हजार ९ सय ७० मत ल्याउँदा रायले ४ लाख ६० हजार ४ सय ५७ मत पाएका छन् । २०१४ मा मोदीले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई हराएका थिए । त्यस्तै २०१९ को चुनावमा उनले समाजवादी पार्टीकी शालिनी यादवलाई हराएका थिए ।
काठमाडौं: बैतडीका उद्धव लावडको उपचारमा आर्थिक समस्या आएको भन्दै सहयोगको अपिल गरिएको छ। जिल्लाको दशरथ चन्द नगरपालिकास्थिय देहिमान्डौ घर भएका लावडको उपचारमा समस्या आएको हो। उपचाररत लावडको उपचारका लागि आर्थिक समस्या भएको भन्दै आफन्तले सहयोगका लागि अपिल गरेका छन्। लावड करिब १४ वर्ष पहिले पहिरोमा परि घाईते भएका थिए। त्यसपछि उनको पेटबाट पाईप जोडेर पिशाव गराउने गरि उपचार गरिएको थियो। तर अहिले अपरेसन गर्नुपर्ने भएकाले आर्थिक समस्या आएको बताइएको छ। हाल उनी काठमाण्डौको मेडिकल कलेजमा उपचाररत छन्। सहयोगका लागि ९७४२१६६१६१ मा सम्पर्क गर्न वा ग्लोबल आइएमई बैंकको खातानम्बर ३१०७०१०१३८२८४ मा रकम जम्म गराउन सकिने छ।
काठमाडौं: कर्णाली प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी डीआइजी अर्जुन चन्द ठकुरीले सम्हालेका छन्। आज (मंगलबार) हाजिर भएका उनले प्रदेश प्रहरीको जिम्मेवारी ग्रहण गरेका हुन्। अस्ति बुधबारमात्रै गृह मन्त्रालयले केही डीआइजीहरुको सरुवा र पदस्थापन गर्दै ठकुरीलाई कर्णाली पठाएको थियो। कर्णाली प्रदेश प्रहरी कार्यालयमा कार्यरत डीआईजी लालमणी आचार्यलाई भने भरतपुरस्थित जुनियर प्रहरी शिक्षालयमा सरुवा गरिएको थियो। आचार्यको स्थानमा ठकुरी गएका हुन्। ठकुरीले कर्णाली पुगेर आफ्नो जिम्मेवारी सम्हाल्ने क्रममा नेपाल प्रहरी प्रदेश कार्यालय कर्णाली प्रदेश सुर्खेतका एसएसपी सन्जिव शर्मा दास र एसएसपी बीरबहादुर ओली, प्रहरी उपरीक्षकहरू, प्रहरी नायव उपरीक्षकहरू, प्रहरी निरीक्षकहरू लगायत जुनियर प्रहरी अधिकृत तथा जवानहरूले कार्यालयमा स्वागत गरेका थिए। यस्तै ठकुरीले जिम्मेवारी सम्हाल्दै…
धनगढी : कैलालीको अत्तरिया स्थित धर्मा होटलबाट यौन धन्दामा संलग्न तीन जना पक्राउ परेका छन । हिजो राति इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धानको खटिएको टोलीले धर्मा होटल सञ्चालकसहित दुई केटिहरुलाई पक्राउ गरेको हो । उनिहरुलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
धनगढी : बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको शिवनाथ गाँउपालिका–५ की ३४ वर्षीया बिन्दु चन्दको भिरबाट लडेर मृत्यु भएको गाँउपालिका प्रवक्ता केशवबहादुर चन्दले बताए। मंगलबार घाँस काट्ने क्रममा कोट भिरबाट खसेर उनको घटनास्थलमै मृत्यु भएको उनले बताएका हुन्। मृतक चन्द महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका हुन्। उनी उदयदेव आधारभुत स्वास्थ सेवा केन्द्रमा विगत १३ वर्षदेखि स्वंयमसेविकाको रुपमा कार्यरत थिइन।
बैतडीः बैतडीमा ‘माल’ थर परिवर्तनका लागि दुई सय जनाले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन्। माल थरकै कारण महिला र पुरुषलाई अप्ठ्यारो महसुस भएपछि परिवर्तन गर्नु परेको उनीहरुको भनाइ छ। डिलासैनी गाउँपालिका–६, गोकुलेश्वरका क्षेत्री समुदायका करिब दुई सय जना थर परिवर्तनका लागि प्रशासन कार्यालय पुगेको निवेदक रमेशसिंह मालले बताए। विद्यालय र क्याम्पसमा पढ्ने युवतीलाई थरका कारण समस्या हुन थालेको छ। साथीभाइले सहर बजारमा बसेर पढ्ने महिलालाई यो थरबाट बोलाउँदा हेपेको र जिस्क्याएको जस्तो लाग्न थालेपछि थर नै परिवर्तन गर्नुपरेको उनको भनाइ छ। प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले थर परिवर्तनका लागि दुई सय जनाको निवेदन आएको जानकारी दिँदै माल थर परिवर्तन…
कञ्चनपुरः कञ्चनपुरको उत्तरी चुरे तटीय क्षेत्रको एक गाउँमा प्रहरी चौकी स्थापना गरिएको छ। बेदकोट नगरपालिका–८ गैलनदीमा प्रहरी चौकी स्थापना गरिएको हो। बेदकोट नगरपालिका–८ का वडाध्यक्ष महेशराज जोशीले वडाको स्थानीय शान्ति सुरक्षाका लागि अस्थायी प्रहरी चौकी स्थापना गरिएको बताए। पछिल्लो समय बढ्दै गएको गैरकानुनी गतिविधि लागुऔषधको सेवन, ओसारपसारजस्ता कामकारबाही नियन्त्रण गर्न चौकी स्थापना गरिएको हो। सो अवसरमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख एसपी चक्रराज जोशीले गाउँमा शान्ति सुरक्षा अमनचयनका लागि अहिले अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको बताए। गाउँमै प्रहरी चौकी स्थापना भएपछि स्थानीय हर्षित भएका छन्। प्रहरी नहुँदा गाउँमा चोरी तस्करी, लागुऔषधको कारोबार, मदिरा बेचबिखनदेखिका गैरकानुनी गतिविधि नियन्त्रण हुने अपेक्षा…
काठमाडौं : भारतको लोकसभा निर्वाचनमा भाजपाको चर्चित भनाइ थियो जो रामको लाए है, उसको हम लाएंगे । अर्थात् जसले राम मन्दिर पुननिर्माण गरेर राम ल्याए, उसलाई हामी (जनता)ले जिताउँछौं । चुनावको मुखैमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले राम मन्दिरको प्राण प्रतिष्ठान गरेका थिए । यसले विपक्षी पार्टीहरूलाई निकै संकटमा परेको थियो । मुस्लिम शासकको पालामा १६ औं शताब्दीमा ध्वस्त पारिएको राम मन्दिरलाई सोही ठाउँमा पुनस्स्थापित गर्न भारतमा लाखौंको ज्यान गएको थियो । राम मन्दिरको एजेण्डा लिएरै भाजपाले चुनाव जितेको थियो । भारतको लोकसभामा सबैभन्दा धेरै ८० सीट बोकेको उत्तर प्रदेशलाई भाजपाले आफ्नो दुई तिहाई बहुमतको…
धनगढी : कञ्चनपुरमा तत्कालीन नेकपा माओवादीका लडाकु पूर्वजनमुक्ति सेना, सहिद, घाइते एवं बेपत्ता परिवारलाई बाख्रा वितरण गरिएको छ। जिल्लाको कृष्णपुर नगरपालिका–३ नम्बर वडाले पूर्वजनमुक्ति सेना, सहिद एवं बेपत्ता परिवारलाई बाख्रा वितरण गरेको हो। सोमबार कृष्णपुर नगरपालिका–३ ले पूर्वजन सेना, सहिद परिवार, घाइते र बेपत्ता भएका आफन्तका परिवारलाई बाख्रा वितरण गरेको हो। कृष्णपुर नगरपालिका–३ का वडाध्यक्ष खेमराज चौधरीले वर्तमान व्यवस्था ल्याउनमा पूर्वजनमुक्ति सेना, सहिद परिवार, घाइते र बेपत्ता योद्धाको महत्वपूर्ण भूमिका भएकाले सम्मानस्वरूप एक–एक उन्नत जातका बाख्रा प्रदान गरेर सम्मान गरिएको बताए। वडाध्यक्ष चौधरीका अनुसार पूर्वजनमुक्ति सेना नौ, सहिद परिवार ६ र बेपत्ता एक परिवारलाई बाख्रा र प्रमाणपत्रसहित सम्मान गरिएको छ।