Author: महेन्द्रनगर पोष्ट

चितवन : चितवनको रत्ननगर नगरपालिकामा मोटरसाइकल अनियन्त्रित भई घरमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ। गएराति पौने १२ बजे बजे रत्ननगर–४ वडा कार्यालय नजिक भित्री सडक खण्डमा ना २२ प ३४४४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई स्थानीय सुमन गदालको घरको भित्तामा ठोक्किन पुगेको थियो।मृत्यु हुनेमा रत्ननगर–३ का २२ वर्षीय जीवन चौधरी र सोहि ठाउँ १८ वर्षीय सुमित महतोको निधन भएको चितवन प्रहरीका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए। घरको भित्तामा ठोक्किँएर गम्भीर घाइते भएका मोटरसाइकल चालक जीवन र मोटरसाइकलको पछाडि सवार सुमितको गएराति पौने १ बजे भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको भण्डारीको भनाइ छ। मोटरसाइकल ठोक्किएर घरको भित्तामा समेत क्षति पुगेको…

Read More

धनगढी : भारतको ब्याङ्लोरमा सवारी दुर्घटनामा परी एक नेपाली नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरकाे भीमदत्त नगरपालिका-२ का ५२ वर्षीय गुणानन्द जोशी रहेका छन । रोजगारीको सिलसिलामा ब्याङ्लोर पुगेका जोशीको दुर्घटनामा मृत्यु भएको हो । उनको शव ब्याङ्लोरकै एक अस्पतालमा राखिएको छ ।

Read More

काठमाडौं : मन्त्रिपरिषदको बैठक आज बस्दैछ। बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो २ बजे बोलाएको छ। आजको बैठकमा सरकारले संघीय संसदको बजेट अधिवेशन आह्वानको सिफारिस गर्ने तयारी गरेको छ। गत चैत ३० मा हिउँदे अधिवेशन अन्त्य गरेको सरकारले बजेट अधिवेशन बोलाउनका लागि सिफारिस गर्न लागेको हो। हिउँदे अधिवेशन वैशाख २५ का लागि बोलाउने तयारी भएको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले जानकारी दिए। सरकारले जेठ १५ मा आगामी वर्षको बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था छ। त्यसअघि सरकारको नीति तथा कार्यक्रम सरकारले ल्याउने छ। हिउँदे अधिवेशनमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा मुछिएपछि छानबिन समिति बनाउनु पर्ने भन्दै संसद अवरोध गरिरहेको…

Read More

काठमाडौँ : इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै छ । आज सनराइजर्स हैदरावाद र राजस्थान रोयल्सबीच खेल हुदै छ । हैदरावादमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुने छ । जारी आइपिएलमा सनराइजर्सले ९ खेलमा ५ जित र ४ हार बेहोरेको छ । १० अंकसहित सनराइजर्स पाँचौं स्थानमा रहेको छ । त्यसैगरी राजस्थान रोयल्स भने ९ खेलमा ८ खेल जितेर अंक तालिकामा १६ अंकसहित शिर्ष स्थानमा रहेको छ ।

Read More

धनगढी :  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि शुक्रबार बिहान कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए । सोही दिन अपराह्न ५ बजे प्रदेशसभाको बैठक आह्वान गरिएको छ ।  यही वैशाख ६ गते नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष पक्षधर सदस्य, स्वतन्त्र सदस्य तारा जोशीको समर्थनमा सोडारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११ सदस्यको प्रतिनिधित्व छ । बझाङमा भएको उपनिर्वाचनपछि एमालेको एक सदस्य थप…

Read More

काठमाडौं : नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको ट्वान्टी-२० शृंखलाको चौथो खेल बिहीबार हुँदैछ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजे शुरु हुनेछ। पाँच खेलको ट्वान्टी–२० शृंखलाका लागि नेपाल भ्रमणमा आएको वेष्ट इण्डिज २-१ ले अगाडि छ। दोस्रो खेलमा घरेलु टिमलाई १० रन र बुधबार भएको तेस्रो खेलमा ७६ रनले पराजित गरेको थियो। पहिलो खेलमा भने नेपालले चार विकेटको जित निकालेको थियो। यी दुईबीचको पाँचौँ तथा अन्तिम खेल शनिबार हुनेछ। आगामी जुनमा आयोजना हुने आईसीसी टी-२० विश्वकपको तयारीका क्रममा नेपाल र वेष्ट इण्डिजबीच मैत्रीपूर्ण खेल भइरहेको हो।

Read More

काठमाडौं : पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण अहिले देशको पहाडी भूभागमा आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भागमा मौसम मुख्यतया सफा छ। बिहीबार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली भई बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित सामान्य वर्षाको सम्भावना छ। कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। कोशी, मधेश र लुम्बिनी प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना छ।

Read More

काठमाडौं : राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस बिहीबार विविध कार्यक्रमका साथ मनाइँदैछ। मुलुकमा सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष मे २ तारिखका दिन राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइन्छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। समारोहमा सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा योगदान गरेका व्यक्ति तथा संघसंस्थामध्येबाट सर्वोत्कृष्टलाई पुरस्कार प्रदान गर्ने कार्यक्रम छ । सरकारले कृषि, पर्यटन, ऊर्जासँगै सूचना प्रविधिलाई पनि आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा स्वीकार गरी यसको विकास एवं प्रवर्धनका विविध कार्यक्रम कार्यान्वयन गर्दै आएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री…

Read More

धनगढी : कञ्चनपुरमा खैराे हेराेईनसहित एक जना पक्राउ परेका छन । जिल्लाको भीमदत्त नगरपालिका-११ बागफाटा बस्ने २० वर्षीय अरुन राना पक्राउ परेका हुन । प्रहरीले रानालाई बुधबार गड्डाचौकीबाट २.८२० मिलिग्राम र एक थान मोबाइलसहित पक्राउ गरेको हो । विशेष सुचनाको आधारमा लागुऔषध ब्युरो महेन्द्रनगरबाट खटिएको टोलिले शंकास्पद रुपमा भारतबाट नेपाल तर्फ पैदल हिडेर आईरहेको अवस्थामा रानालाई पक्राउ गरेको हो । रानालाई चेकजाँच गर्दा कालो स्पोर्टस जुत्ताको सोलमुनि दुई थान पुडिया प्लास्टिकमा लुकाइराखेको अवस्था लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ । थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय बुझाइएको छ ।

Read More

धनगढी : नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले विश्वासको मत लिन खोजे अवरोध सिर्जना गर्ने चेतावनी दिएको छ । असंवैधानिक ढंगले सोडारीलाई प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीमा नियुक्त गरेको भन्दै कांग्रेसले विरोध गर्ने चेतावनी दिएको हो । निवर्तमान मुख्यमन्त्री समेत रहेका कांग्रेस संसदीय दलका नेता कमल बहादुर शाहले भने, ‘उहाँको (सोडारी) नियुक्ति नै असंवैधानिक छ । जसको विरुद्धमा हामी न्यायालयमा पनि गइसकेको अवस्था हो । उहाँको नियुक्ति नै असंवैधानिक रहेकोले हामी संसदमा विरोध गर्छौं ।’त्यस्तै नेता शाहले मुख्यमन्त्री सोडारीलाई कांग्रेसले पनि सहयोग गर्छ भन्ने भ्रम सिर्जना भइरहेको भन्दै त्यस्तो भ्रममा नपर्न आग्रह गरे । उनले भने, ‘उनले विश्वासको…

Read More