Author: महेन्द्रनगर पोष्ट

धनगढी :  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि शुक्रबार बिहान कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए । सोही दिन अपराह्न ५ बजे प्रदेशसभाको बैठक आह्वान गरिएको छ ।  यही वैशाख ६ गते नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष पक्षधर सदस्य, स्वतन्त्र सदस्य तारा जोशीको समर्थनमा सोडारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११ सदस्यको प्रतिनिधित्व छ । बझाङमा भएको उपनिर्वाचनपछि एमालेको एक सदस्य थप…

Read More

काठमाडौं : नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको ट्वान्टी-२० शृंखलाको चौथो खेल बिहीबार हुँदैछ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजे शुरु हुनेछ। पाँच खेलको ट्वान्टी–२० शृंखलाका लागि नेपाल भ्रमणमा आएको वेष्ट इण्डिज २-१ ले अगाडि छ। दोस्रो खेलमा घरेलु टिमलाई १० रन र बुधबार भएको तेस्रो खेलमा ७६ रनले पराजित गरेको थियो। पहिलो खेलमा भने नेपालले चार विकेटको जित निकालेको थियो। यी दुईबीचको पाँचौँ तथा अन्तिम खेल शनिबार हुनेछ। आगामी जुनमा आयोजना हुने आईसीसी टी-२० विश्वकपको तयारीका क्रममा नेपाल र वेष्ट इण्डिजबीच मैत्रीपूर्ण खेल भइरहेको हो।

Read More

काठमाडौं : पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण अहिले देशको पहाडी भूभागमा आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भागमा मौसम मुख्यतया सफा छ। बिहीबार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली भई बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित सामान्य वर्षाको सम्भावना छ। कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। कोशी, मधेश र लुम्बिनी प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना छ।

Read More

काठमाडौं : राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस बिहीबार विविध कार्यक्रमका साथ मनाइँदैछ। मुलुकमा सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष मे २ तारिखका दिन राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइन्छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। समारोहमा सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा योगदान गरेका व्यक्ति तथा संघसंस्थामध्येबाट सर्वोत्कृष्टलाई पुरस्कार प्रदान गर्ने कार्यक्रम छ । सरकारले कृषि, पर्यटन, ऊर्जासँगै सूचना प्रविधिलाई पनि आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा स्वीकार गरी यसको विकास एवं प्रवर्धनका विविध कार्यक्रम कार्यान्वयन गर्दै आएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री…

Read More

धनगढी : कञ्चनपुरमा खैराे हेराेईनसहित एक जना पक्राउ परेका छन । जिल्लाको भीमदत्त नगरपालिका-११ बागफाटा बस्ने २० वर्षीय अरुन राना पक्राउ परेका हुन । प्रहरीले रानालाई बुधबार गड्डाचौकीबाट २.८२० मिलिग्राम र एक थान मोबाइलसहित पक्राउ गरेको हो । विशेष सुचनाको आधारमा लागुऔषध ब्युरो महेन्द्रनगरबाट खटिएको टोलिले शंकास्पद रुपमा भारतबाट नेपाल तर्फ पैदल हिडेर आईरहेको अवस्थामा रानालाई पक्राउ गरेको हो । रानालाई चेकजाँच गर्दा कालो स्पोर्टस जुत्ताको सोलमुनि दुई थान पुडिया प्लास्टिकमा लुकाइराखेको अवस्था लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ । थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय बुझाइएको छ ।

Read More

धनगढी : नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले विश्वासको मत लिन खोजे अवरोध सिर्जना गर्ने चेतावनी दिएको छ । असंवैधानिक ढंगले सोडारीलाई प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीमा नियुक्त गरेको भन्दै कांग्रेसले विरोध गर्ने चेतावनी दिएको हो । निवर्तमान मुख्यमन्त्री समेत रहेका कांग्रेस संसदीय दलका नेता कमल बहादुर शाहले भने, ‘उहाँको (सोडारी) नियुक्ति नै असंवैधानिक छ । जसको विरुद्धमा हामी न्यायालयमा पनि गइसकेको अवस्था हो । उहाँको नियुक्ति नै असंवैधानिक रहेकोले हामी संसदमा विरोध गर्छौं ।’त्यस्तै नेता शाहले मुख्यमन्त्री सोडारीलाई कांग्रेसले पनि सहयोग गर्छ भन्ने भ्रम सिर्जना भइरहेको भन्दै त्यस्तो भ्रममा नपर्न आग्रह गरे । उनले भने, ‘उनले विश्वासको…

Read More

डडेल्धुरा: डडेल्धुरामा श्रीमानको बन्चरो प्रहारबाट गम्भीर घाइते भएकी महिलाको मृत्यु भएको छ। मंगलबार (हिजो) जिल्लाको आलिताल गाउँपालिका–२ मटेला ४२ वर्षीय कर्णबहादुर देउवाले ३८ वर्षीया श्रीमती डम्मरीदेवी देउवालाई बन्चरो प्रहारबाट गम्भीर घाइते बनाएका थिए। धनगढीस्थि मायामेट्रो अस्पतालमा उनको उपचारका क्रममा निधन भएको वडाध्यक्ष प्रमोदबहादुर मल्लले पुष्टि गरे। उनका अनुसार अस्पतालले उनलाई बुधबार बिहान ११ बजे मृत घोषणा गरेको हो। अहिले उनको शब पोस्टमार्टमका लागि सेति प्रादेशिक अस्पतालमा राखिएको अध्यक्ष मल्लले बताए। मृतक डम्मरीका श्रीमानलाई मंगलबार नै नियन्त्रण लिइसकेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता प्रहरी निरीक्षक कुसुम नायकले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।अग्नि साक्षी राखेर सात फेरा लगाएर सँगै…

Read More

काठमाडौँ : देशभर वन डढेलोको अवस्था विकराल बन्दै गइरहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज ३९ जिल्लाका एक सय ६५ स्थानमा वन डढेलो लागिरहेको छ । वर्षा नभएमा अझै पनि वन डढेलो बढ्दै जाने भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । यता जल तथा मौसम विज्ञान विभागअन्तर्गत जल तथा मौसम पूर्वानुमान महाशाखाले भने तत्कालका लागि डढेलो नियन्त्रण हुने किसिमको वर्षा नहुने बताएको छ । महाशाखाका मौसमविद् गोविन्द झाले आगामी तीन दिनसम्म मुलुकको केही स्थानमा छिटफुट मात्रै वर्षाको सम्भावना भए पनि डढेलो नियन्त्रण हुने गरी पानी नपर्ने जानकारी दिए । ‘आगामी तीन दिनसम्म कोशी, गण्डकी, कर्णालीका केही…

Read More

डडेल्धुराः डडेल्धुरामा एक जनाले आफ्नै श्रीमतीको हत्या गरेका छन्। ३८ वर्षीया डम्बरीदेवी देउवाको बन्चरो प्रहार गरि हत्या गरेको अभियोगमा आलिताल गाउँपालिका–२ मटेलाका ४२ वर्षीय कर्णबहादुर देउवालाई प्रहरीले पक्राउ गरेको छ। कर्ण बहादुरले मंगलबार साँझ घरायसी विवादका कारण कुटपिट गर्दा डम्बरी गम्भीर घाइते भएकी थिइन्। त्यसपछि प्रहरी चौकी गाङ्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। घाइते डम्बरीको स्वास्थ्य चौकी गाङ्खेत हुँदै मायामेट्रो अस्पताल धनगढीमा थप उपचारको क्रममा बुधबार दिउँसो मृत्यु भएको हो। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

धनगढीः कैलालीको अत्तरियामा एक जना कार चालकको मृत्यु भएको छ। गोदावरी नगरपालिका–४ बनदेबी मन्दिर नजिक युके ०५ बि १७१० नम्बरको कार मंगलबार राति दुर्घटना हुँदा कार चालक गोदावरी नगरपालिका–३ मालिका टोलका ४५ वर्षीय दिपक सिजापतीको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनाको विषयमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

Read More