Author: महेन्द्रनगर पोष्ट

धनगढी: कैलालीको गोदावरी नगरपालिका-४ बुढीतोलामा बस र मोटसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। मोटसाइकल चालक डडेल्धुराको आलिताल गाउँपालिका–१ का अन्दाजी ५५ वर्षीय पूर्णबहादुर ऐरको मृत्यु भएको हो। उनी सोही वडाका पूर्व वडाध्यक्षसमेत हुन्। उत्तरबाट दक्षिणतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०२००१ ख १२८७ नम्बरको बस र सुपप्र ०१०११ प ९४६७ नम्बरको विपरित दिशातर्फ आइरहेको मोटरसाइकल ठोक्किएका हुन्। उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ल्याइएकोमा ऐरको मृत्यु भएको हो। बस चालक भने फरार रहेको र उनको खोजी भइरहेको बताइएकाे छ। 

Read More

काठमाडौं: नेपाल प्रहरीका केही एसपीको काज सरुवा गरिएको छ। प्रहरी प्रधान कार्यालयले ४ एसपीको काज गरेको हो। जसमा जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख रहेका एसपी वासुदेव खतिवडालाई प्रहरी मुख्यालय बोलाइएको छ भने उनको स्थानमा प्रभु ढकालको काज सरुवा गरिएको छ। यस्तै, सिरहामा पनि ३ महिनाअघि सरुवा भएका एसपी सन्तोष आचार्यको स्थानमा एसपी रमेश पण्डितको काज सरुवा गरिएको छ। आचार्यलाई प्रहरी मुख्यालय फिर्ता बोलाइएको हो। यसअघि प्रहरी मुख्यालयले सिन्धुलीको एसपीमा गोविन्दराज काफ्लेको काज सरुवा गरेको थियो। त्यहाँ कार्यरत एसपी विनोद शर्मालाई प्रहरी प्रधान कार्यालयमा तानिएको थियो।

Read More

काठमाडौं : गोंगबुमा एक जना युवतीको शव फेला परेको छ । मोरङको लेटाङ नगरपालिका-२ घर भइ हाल बाँसबारी बस्दै आएकी ३१ वर्षीया कल्पना भण्डारीको शव भेटिएको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार, शुक्रबार गोंगबुस्थित एक होटलमा झुण्डिएको अवस्थामा शव भेटिएको भन्दै खबर आएपछि उद्धार गरेर त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको थियो । तर, चिकित्सकहरुले मृत्यु भइसकेको घोषणा गरेका थिए । प्रहरीका अनुसार, भण्डारी चन्द्रागिरि नगरपालिका-१५ का ३२ वर्षीय अनित कार्कीसँग होटलमा बसेकी थिइन् । प्रहरीसमक्ष कार्कीले दिएको बयानअनुसार, लामो समयसम्म ढोका नखोलेपछि कार्कीले होटलका अन्य व्यक्तिलाई बोलाएका थिए । त्यसक्रममा ढोका फुटाएर हेर्दा झुण्डिएको अवस्थामा फेला पारेपछि उनले पासो…

Read More

धनगढी: गृह मन्त्रालयका सचिवसहित नेपाल प्रहरीका आइजीपी वसन्त बहादुर कुँवर र नेपालको जासुस संस्था मानिने राष्ट्रिय अनुसन्धान विभागका आइजीपी हुतराज थापाको टोली सुदूरपश्चिम आउने भएको छ। आज बेलुका सो टोली सुदूरपश्चिमको धनगढी पुग्ने बताइएको छ। सुदूरपश्चिमका जिल्लाको भ्रमण तथा अनुगमनका लागि टोली आउन लागेको बताइन्छ। सशस्त्र प्रहरी बल नेपालका आइजीपी राजु अर्याल भने हिजै सुदूरपश्चिम पुगेका थिए। आइजीपी अर्याल हिजो धनगढी बसेकोमा आज उनले कञ्चनपुरको झलारीस्थित एपीएफ स्कुलको उद्घाटन गर्ने कार्यक्रम छ।

Read More

धनगढी : कैलालीको गोदावरी नगरपालिका ४ बुढीतोलामा बस र मोटसाइकल ठोक्किँदा मोटसाइकल चालक घाइते भएका छन । उत्तरबाट दक्षिणतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०२००१ ख १२८७ नम्बरको बस र सुपप्र ०१०११ प ९४६७ नम्बरको विपरीत दिशातर्फ आइरहेको मोटरसाइकल ठोक्किएका हुन । मोटसाइकल चालक डडेल्धुराको आलिताल गाउँपालिका १ का अन्दाजी ५५ वर्षीय पूर्णबहादुर ऐर घाइते भएका हुन् । उनलाई उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल ल्याइएको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगाबहादुर थापाले बताए । बस चालक भने फरार रहेको प्रहरीले जनाएको छ । उनको खोजी भइरहेको छ । बसलाइ प्रहरीको नियन्त्रणमा लिएको छ ।

Read More

धनगढीः कैलाली र कञ्चनपुरबाट एकैदिन १४ जना फरार दोषी पक्राउ परेका छन्। कैलालीबाट चेक अनादर मुद्दामा दोषी ठहर गौरीगंगा नगरपालिका–७ की ४२ वर्षीया सुस्मादेवी, वन मुद्दामा दोषी ठहर गोदावरी नगरपालिका–४ का ४२ वर्षीय प्रेम सिंह, सोही मुद्दामा गोदावरी नगरपालिका–४ का ६७ वर्षीय धोजराज भट्टराई, चोरी मुद्दामा १ लाख ७० हजार जरीवाना तोकिएका धनगढी उपमहानगरपालिका–६ का २८ वर्षीय रामभजन राना पक्राउ परेका हुन्। यस्तै गाली बेईज्जत मुद्दामा दोषी ठहर धनगढी उपमहानगरपालिका–६ का ६८ वर्षीय रामबहादुर बोगटी, चेक अनादर मुद्दामा गोदावरी नगरपालिका–९ का ३४ वर्षीय दिर्घ पार्की र चेक अनादर मुद्दामा टीकापुर नगरपालिका–१ का ५२ वर्षीय तपेन्द्रबहादुर शाह पक्राउ परेका छन्। जिल्ला अदालत…

Read More

धनगढीः कैलालीको धनगढीमा रुखबाट लडेर एक  महिलाको मृत्यु भएको छ। आफ्नै घर नजिकै रहेको रूखमा घाँस काट्ने क्रममा लडेर धनगढी उपमहानगरपालिका-९ बस्ने ६० वर्षीया राजुदेवी बोहराको मृत्यु भएको हो। रुखबाट लडेर गम्भिर घाईते भएकि बोहरालाई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी पुर्‍याउँदा डाक्टरले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी कबिन्द्रसिंह बोहराले बताए।  

Read More

कंचनपुर : नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ठूला राजनीतिक दलहरुबिच अस्थिरताबाट मुलुक जोगाउन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि सहमति, सहकार्य र संवाद आवश्यक रहने बताएका छन् । नेपाल प्रेस युनियन कञ्चनपुर शाखाले आज महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख सचेतक लेखकले अहिलेको सरकार समीकरणमा नेकपा (एमाले) भित्र पनि असन्तुष्टि रहेको उल्लेख गर्दै सत्ता समीकरणबारे आफैँमा विरोधाभास र आशङ्का रहेको धारणा राखे । ‘नेपाली कांग्रेस र एमालेभित्र ठूला दल मिलेर सरकार बनाउनुपर्छ भन्ने मत बलियो छ’, उनले भने, ‘जनता पनि ठूला दल मिलेर मुलुकलाई सही दिशामा लैजानुपर्छ भन्नेमा छन् ।’ कांग्रेस र एमालेबीचको सत्ता सहकार्य गर्ने विषयमा ठोस कुरो…

Read More

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संसदीय दलको बैठक बोलाएका छन् । एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले संसदीय दलको बैठक आज दिउँसो १ बजे संसद भवनको शंकर हलमा बस्ने जानकारी दिए । जनता समाजवादी पार्टी (जसपा) विभाजनपछि विकसित घटनाक्रमबारे छलफल गर्न नेपालले दलको बैठक बोलाएका हुन् ।

Read More

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान संविधान अझै पूर्ण नरहेको बताएका छन्। सोमबार काठमाडौंमा आयोजित बागमती प्रदेशको प्रदेश सरकारी कामकाजको भाषा ऐन, शुभारम्भ तथा भाषा दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले नयाँ संविधानमा पहिचान र अधिकार स्थापित गर्न मुख्य रुपमा संघर्ष गर्दै आए पनि अझै पूर्णता पाउन नसकेको बताए। उनले इमान्दार भएर संघर्ष गरिरहने हो भने संविधानमा स्थापित गर्न बाँकी अधिकार क्रमशः स्थापित हुँदै जाने विश्वास व्यक्त गरे। उनले सबै उत्पीडित वर्ग, जाति र समुदायले आफ्नो पनि असली प्रवृत्तिको पहिचान गरी पहिचान र अधिकारको राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यवद्धता जनाउन आग्रह पनि गरे। उनले नेपाली समाजको विशेषता र सामाजिक…

Read More