Author: महेन्द्रनगर पोष्ट

कैलाली: बझाङमा मतगणना जारी छ। अहिलेसम्मको गणनामा एमाले र काङ्ग्रेसबीच रोचक प्रतिस्पर्धा भइरहेको छ। तलकोटको सबै वडा गणना हुँदा सम्म एमालेले ह्वात्तै अग्रता बढाएको छ। एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले ३४१ मतले लिड गरिरहेका छन्। भण्डारीले ११ हजार १०२ प्राप्त गर्दा काङ्ग्रेसका अभिषेक सिंहले १० हजार ७६१ मत प्राप्त गरेका छन्। अब गणना गर्न साईपाल गाउँपालिका बाकी छ।

Read More

इलाम : उपनिर्वाचनको जारी मतगणनामा इलाम-२ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले झण्डै ४ हजार मतको अग्रता बनाएका छन्। पछिल्लो मत परिणामअनुसार नेम्वाङले ११ हजार ७८ मत पाएका छन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्काले ७ हजार ३ सय २४ मत प्राप्त ल्याउनुभएको छ। नेम्वाङ र खड्काबीचको मतान्तर ३ हजार ७ सय ५४ रहेको छ। त्यस्तै पहिचानवादी पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू ६ हजार ९ सय १ मतसहित तेस्रो स्थानमा रहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले १ हजार ५ सय १२ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ। पूर्वप्रधानमन्त्री झलनाथ खनालको पार्टी नेकपा एकीकृत समाजवादीका उम्मेदवार जितबहादुर राईले २…

Read More

काठमाडौँ : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्त अवैध दाबी गर्दै दायर रिटमा आज सुनुवाइ हुँदै छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारङ्गा सुवेदीको इजलासमा सुनुवाइका लागी पेशी निर्धारण गरिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ । सभामुखलाई समेत गनेर मुख्यमन्त्रीमा दाबी गरेपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले एमाले नेता खगराज भट्टलाई चैत १५ मा मुख्यमन्त्रीमा नियुक्ति गरेका थिए । निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सो नियुक्ति अवैध भएको जिकिर गर्दै रिट दायर गरेका हुन् । सोमबार मुख्यमन्त्री खगराज अधिकारी तर्फबाट कानुन व्यवसायीहरूले बहस गर्दै छन् । अधिकारीका तर्फबाट बहस सकिएपछि रिट निवेदकको तर्फबाट जवाफी बहस हुने वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले जानकारी…

Read More

सुर्खेत : कालिकोटमा स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उक्त स्काभेटरका सह–चालक शुभकालिका गाउँपालिका–१, बस्ने २४ वर्षीया दलबहादुर रिजाल रहेका छन् । यस्तै चालक कैलालीको चुरे गाउँपालिका–५, का २८ वर्षीया हिक्मत रोका मगर गम्भीर घाइते भएकको प्रहरीले जनाएको छ । प्रदेश ट्राफिक कार्यालयले दिएको जानकारी अनुसार स्काभेटर सोमबार (आज) बिहान शुभकालिका गाउँपालिका–१, छाति भन्ने ठाउँमा दुर्घटना भएको हो । छातिदेखि दहिखोलातर्फ जादै गरेको क.प्र. ०२–००१ क ०१२९ नम्बरको स्काईभेटर अनियन्त्रित भई सडकबाट ५ सय मिटर तल खसेको थियो । घाइते चालकलाई उपचारका लागि सुर्खेत पठाइएको छ ।

Read More

धनगढी: बझाङमा उपनिर्वाचनको मतगणना फेरि सुरु भएको छ। यस अगाडि नेपाली काँग्रेसले लफडा मुचुल्का हराएको भन्दै लफडा गर्दा मतगणना केहीबेर रोकिएको थियो। तर मुचुल्का भेटिएपछि फेरि मतगणना सुरु भएको बताइएको छ। अहिले तलकोट गाउँपालिका ४ को मतगणना हुँदै छ। अहिलेसम्मको गणनामा नेकपा एमालेका उम्मेदवार दमबहादुर भण्डारीले अग्रता बढाइरहेका छन्। यस अगाडि काँग्रेसका अभिषेकबहादुर सिंहले अग्रता लिएकोमा फेरि भण्डारी अगाडि गएका हुन्। तलकोटपछि साइपाल गाउँपालिकाको मतगणना गर्न बाँकी छ। यहाँ प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार प्रतिस्पर्धामा छन्। बझाङमा प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनमा निधन भएपछि उपनिर्वाचन गरिएको हो।

Read More

इलाम :  प्रतिनिधि सभा अन्तगरत इलाम–२ मा भएको उपनिर्वाचनमा नेकपा एमालेले सुहाङले १० हजार ४१९ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी डम्बरबहादुर खड्काले ७ हजार ६२ मत ल्याएका छन् । त्यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ५ हजार ७५३ मत ल्याउँदा रास्वपा उम्मेदवार मिलन लिम्बु १ हजार ४५१ मत सहित चौथो स्थानमा सीमित छन् ।

Read More

धनगढी: बझाङमा जारी मतगणना रोकिएको छ। चलिरहेको मतगणना तलकाेट गाउँपालिका ४ काे मुचुल्का हराएको भन्दै रोकिएको बताइएको छ। तलकाेट गाउँपालिकाकाे वडानम्बर ३ सम्म गणना गरि सक्दा वडानम्बर ४ काे मतपेटिका शिल गरेकाे मुचुल्का नभेटेको भन्दै काँग्रेसले गणनामा लफडा झिकेको हो। काङ्ग्रेसका ऐजेन्टलाई मुचुल्का नभेटेपछि शंका लागेको भन्दै गणना रोकिएको बुझिएको छ। यस अगाडि बझाङमा एमालेले ९ मतले अग्रता गरिरहेको थियो।

Read More

धनगढी: बझाङमा मतगणना जारी छ। अहिलेसम्मको नतिजामा एमाले र कांग्रेसबीच रोचक प्रतिस्पर्धा भइरहेको छ। कांग्रेसका उम्मेदवार अभिषेक सिंहलाई पछि पार्दै एमाले उम्मेदवार दमन भण्डारी अगाडी बढेका छन्। भण्डारीले ९ हजार ८८९ मत पाउँदा सिंहको ९ हजार ८८० मत पाएका छन्। अब तलकोटका ४ वडा र साइपाल गाउँपालिकाको मतगणना गर्न बाँकी छ। यहाँ प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार प्रतिस्पर्धामा छन्। बझाङमा प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनमा निधन भएपछि उपनिर्वाचन गरिएको हो।

Read More

बझाङ : बझाङ क्षेत्र १ अन्तरगत प्रदेश सभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ ।   २६ हजार ८०१ मतगणना गर्दा नेपाली कांग्रेसलाई उछिन्दै नेकपा एमालेले ९ मतले  अग्रता बनाएको छ ।एमालेका दमनबहादुर भण्डारीले  ९ हजार ८ सय ८९ मत ल्याएर शीर्ष स्थानमा छन् । नेपाली कांग्रेसका अभिषेक बहादुर सिंहले ९ हजार ८ सय ८० मत ल्याउँदै पछ्याइरहेका छन् । तेस्रो स्थानमा नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले ३ हजार ६५४ मत ल्याएका छन् । नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ४८५ मत ल्याएका छन् ।

Read More

इलाम : मुख्य निर्वाचन अधिकृतको कार्यालयले इलाम– २ को मतगणना तीन स्थानबाट गर्ने तयारी गरेको छ। आइतबारदेखि जारी मतगणना कार्यलाई चाँडो सम्पन्न गर्न तीन स्थानमा मतगणनाको तयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयको भनाइ छ। सोमबार बिहानसम्म दुई गाउँपालिकाको मात्र मतगणना सकिएको छ। अहिले माङ्सेबुङको गणना जारी छ। अझै तीन पालिकाको मतगणना बाँकी छ। तीन स्थानमा मतगणना गर्दा थप सहज हुने भएकाले गणना स्थल थप्ने तयारी गरिएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताए।

Read More