कञ्चनपुर: नेकपा एमालेले कञ्चनपुरले भीमदत्त नगरपालिका–६ को अध्यक्षमा प्रतिस्पर्धा गर्ने उम्मेदवार टुंगो लगाएको छ। उपचुनावमा नेकपा एमालेको तर्फबाट बहादुर चन्द प्रतिस्पर्धा गर्ने भएका छन्।
नेकपा एमाले कञ्चनपुरको सचिवालय बैठकले उपचुनावमा चन्दलाई वडाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको अध्यक्ष लक्ष्मी बुढाले बताइन्।
एमालेको वडा कमिटीले चन्द र राजेन्द्र आग्रीको नाम सिफारिस गरेको थियो। भीमदत्त नगर कमिटीले सिफारिस गर्दा आग्रीले चन्दलाई समर्थन गरेका थिए। त्यसपछि चन्दलाई सर्वसम्मत अध्यक्ष उम्मेवारको रुपमा प्रस्तुत गरिएको अध्यक्ष बुढाले बताइन्।
एमालेका उम्मेवार चन्द शिक्षक पृष्ठभूमिबाट राजनीतिमा आएका हुन। भीमदत्त नगरपालिका–६ स्थित शान्ति निकेतन माध्यमिक विद्यालयमा ४ दशक बढि अध्यापन गराएका चन्द अहिले वडाध्यक्षको दौडमा उत्रिएका छन्।
Facebook Comments Box