धनगढी: बझाङमा उपनिर्वाचनको मतगणना फेरि सुरु भएको छ। यस अगाडि नेपाली काँग्रेसले लफडा मुचुल्का हराएको भन्दै लफडा गर्दा मतगणना केहीबेर रोकिएको थियो।
तर मुचुल्का भेटिएपछि फेरि मतगणना सुरु भएको बताइएको छ। अहिले तलकोट गाउँपालिका ४ को मतगणना हुँदै छ। अहिलेसम्मको गणनामा नेकपा एमालेका उम्मेदवार दमबहादुर भण्डारीले अग्रता बढाइरहेका छन्। यस अगाडि काँग्रेसका अभिषेकबहादुर सिंहले अग्रता लिएकोमा फेरि भण्डारी अगाडि गएका हुन्।
तलकोटपछि साइपाल गाउँपालिकाको मतगणना गर्न बाँकी छ।
यहाँ प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार प्रतिस्पर्धामा छन्।
बझाङमा प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनमा निधन भएपछि उपनिर्वाचन गरिएको हो।
Facebook Comments Box